जताततै पहिरोको सन्त्रास, सदरमुकाम आसपका ५५ घर उच्च जोखिमा

साउन २५, चौतारा .(सिन्धुपाल्चोक) । पछिल्लोपटक आएको भारी वर्षाका कारण सिन्धुपाल्चोकमा जताततै पहिरोको सन्त्रास फैलिएको छ ।
सोमबार राती परेको भारी वर्षाले पहिरो जाँदा चौतारा सदरमुकाम आसपास चौतारा साँगाचोकगढी नगरपालिका बढी प्रभावित बनेको छ । त्याहाँ ५५ घर पहिरोको उच्च जोखिम रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकको जानकारी दिएको छ ।

चौतारा साँगाचोकगढी नगरपालिका–१३ ठूलोसिरुवारी जंगलछापमा पहिरोले दुई घर नामनिसानै मेटिने गरी पुरिएपछि उद्वारमा खटिएको नेपाली सेना तथा सशस्त्र प्रहरी लगाएत स्थानीय ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले दिएको जानकारी अनुसार पहिरोले मानवीय क्षति नभएपनि नगरपालिकाको १०, १२ र १३ नम्बर वडामा बढी भौतिक क्षति हुन पुगको हो । प्रहरीले संकलन गरेको तथ्याङ्क अनुसार साँगाचोकगढी नगरपालिका १० हर्रे डाडाँमा १९ वटा घरहरु जोखिममा रहेका छन् । त्यस्तै १२ नम्बरको लब्सेमा ६ वटा घर जोखिममा रहेका छन् । जसमध्ये एउटा गोठमा रहेका १० वटा बाख्रा मरेका छन् ।

त्यसैगरी १३ नम्बर जंगलछापमा दुईवटा घर पुरिएको छ भने जम्मा ६ वटा घरमा क्षति पुगेको छ । ठूलोसिरुवारीका १९ वटा घरहरु जोखिममा छन् । त्यसैगरी १० नम्बरको तल्लो काँडेमा ११ वटा घर जोखिममा छन् । त्यसमा दुईवटा बाख्रा मरेको छ ।

मंगलबार चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर कृष्णप्रसाद सापकोटा लगाएतको टोलीले मंगलबार पहिरोबाट क्षति भएका बस्तीहरुको स्थालगत निरिक्षण गरेका थिए । जोखिममा परेका बस्तीहरुको दृघकालिन पुनरबास तथा उच्च जोखिममा रहेका बस्तीहरुको स्थान्तरणका लागि नगरपालिकाले योजना बनाईरहेको मेयर सापकोटाले जानकारी दिए ।

मंगलबार जापनिज संस्था जाईकाका प्रतिनिधि संगको भेटमा नगरप्रमुख सापकोटाले सहयोग गरिदिन समेत उनले आग्रह गरे । विपदबाट घरबार विहिन भएकाहरुलाई आफूले सहयोग गर्ने तर अन्यन्त्र घर भएकालाई घर नबाउने जाईकाका प्रतिनिधि राजमुकुट भुषालले जानकारी दिए । क्षतिको एकिन विवरण प्राप्त भएपछि नगरपालिका र जाईका बीचमा सम्झौताको आधारमा काम अगाडि बढाईने नगरपालिकाले जानकारी दिएको छ ।
यसैबीच मंगलबार नेपाली सेना, सशस्त्र प्रहरीले जंगलछाप लगाएत पहिरोले क्षति पु¥याएका बस्तीको उद्वारमा खटिएका थिए ।