हेल्प संस्था मनकारी, उपचारका लागि ग¥यो एक लाख सहयोग
साउन २३, मेलम्ची (सिन्धुपाल्चोक) । संघसंस्थाहरु प्रचारमुखी मात्रै हुन्छन भन्ने आरोपलाई एक गैरसरकारी संस्थाले खण्डित गरेको छ । मनकारी भावना रहको हेल्प नामक एक गैसरकारी संस्थाले आर्थिक अभावमा पिल्सिएका एक विरामीको लागि एकलाख सहयोग गरेको छ । संस्थाद्वारा मेलम्ची नगरपालिका –९ गुफाका सुशील थापा मगरको उपचारका लागि एक लाख सहयोग गरिएको हो । लुकिमिया रोगसंग संघर्षरत १५ बर्षिय थापा मगरलाई वडा कार्यलयको सिफारिसमा सामाजिक संस्था हेल्पले जुटाएको रकम बुधवार मेलम्ची नगर प्रमुख आइतामान तामाङको उपस्थितिमा सुशिलको बुवा चन्द्र बहादुरलाई उपचारको लागि सहयोग स्वरुप हस्तान्तरण गरिएको हेल्पका अध्यक्ष जिमी लामाले जानकारी दिए ।
‘उहाँको अवस्थाको बारेमा जानकारी पाए पछि वडा कार्यलयको सिफारिसमा हेल्पको साथीहरु मिली रकम जुटाएका हौं’, लामाले भने ।
आर्थिक अवस्था निकै कमजोर रहेको र थप उपचार गर्न करिब ६–७ लाख खर्च हुन सक्ने अनुमान गरिएकोले सहयोगी मनहरुले विरामीको बुवा चन्द्र मगरलाई ९८४०५७७८३७ मा सम्पर्क गरी सहयोग गर्न समेत उनले अनुरोध गरे ।