सुधारिदै हेलम्बु सडक, सडक सहज बनाईने अध्यक्ष निमाको उदघोष

साउन २३, किउल (सिन्धुपाल्चोक) । गत असार १ गते मेलम्ची खोलामा आएको बाढीले निरन्तर कटान गरेपछि मेलम्ची देखि हेलम्बु पुग्ने सडक सवारी साधन आवातजावतमा अनिश्चित बनेको थियो ।

तर दोस्रो कार्यकालका लागि निर्वाचित गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाको विशेष पहलमा थालिएको अभियानले सार्थकता पाएको त्याहाँका स्थानीय बताउँछन् । ‘अध्यक्ष शेर्पाकै पहलमा निर्माण कार्यले निरन्तरता पछि सडक अवरोध भएको छैन’, पूर्व जनप्रतिनिधि समेत रहेका स्थानीय राजकुमार लामिछाने बताउँछन् ।

उनका अनुसार गत असार १ गतेपछि आएको बाढीले भत्काएको सडक पटक पटक बनाएर यातायात सञ्चालन गरिएको छ । यस अघि सडक सञ्जाल नहुँदा मेलम्चीदेखि माथिल्लो भेगका नागरिकले सास्ती भोग्न परेको थियो । गत साल सडक नहुँदा पुल निमार्णको काममा समेत बाधा पुगेको भएतापनि पुल निर्माण भएपछि सहज भएको हेलम्बु गाउँपालिकाका अध्यक्ष शेर्पाको भनाई छ । धेरै दिनको प्रयास पछि (गहुर) गोहोरे खोलामा काम गर्ने सक्ने अबस्थामा पुगेको उनले बताए । अब उक्त सडक बचाउने तिर आफू लागेको शेर्पाले सिन्धुजवालासंग भने ।
उनका अनुसार आगामी दशैँ अगवै मुख्य सडक तथा सायक सडकहरु निर्माण गरेर सहजरुपमा यातायात आवातजावत हुने उनको ठोकुवा छ ।
स्मरण रहोस निरन्तरको वर्षाका कारण अहिले पनि मेलम्ची खोलामा बाढी आउँदा हेलम्बुदेखि सिपाघाटसम्मका नदी किनारका बस्ती जोखिममा परेका छन् ।

बाढीले वितण्डा मच्चाएको हेलम्बु मेलम्चीमा अहिले पनि जोखिम कायमै रहेको छ । अध्यक्ष शेर्पाले नदी किनारको बस्तीमा बसोबास गर्नेलाई सुरक्षित स्थानमा बस्न र सतर्कता अपनाउन आग्रह गरिएको बताए । गत सालको बाढीले हेलम्बु गाउँपालिकाको खेतीयोग्य सयौँ रोपनी बाढीले कटान गरेको थियो ।

जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार गत साल हेलम्बु–मेलम्ची लगाएत जिल्लामा २७२ पक्की घर, १८५ कच्ची घर, ६६ गोठ टहरा, अन्य ५२, पक्की सात झोलुङगे पुल १५ क्षति भएको थियो ।