
सिन्धुपाल्चोक उद्योगवाणिज्य संघको पहलमा कफि विदेशमा निर्यात

साउन २३, खाडीचौर (सिन्धुपाल्चोक) । सिन्धुपाल्चोक उद्योगवाणिज्य संघको पहलमा कफि विदेशमा निर्यात हुने भएको छ ।
कफि उत्पादनका लागि प्रख्यात मानिएको सुनकोसी गाउँपालिकाबाट कफि विदेशमा निर्यात गर्न सुरुवात गरिएको सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष होमबहादुर बस्नेत (राजकुमार) ले जनाकारी दिए । उनका अनुसार सो भेगको कफि कफि प्रशोधन गरि ब्राण्डिङ गरेर सिन्धु अर्गानिक कफीको रुपमा जापान, दक्षिण कोरिया, अमेरीका तथा अस्ट्रेलिया निर्यात हुनेछ ।
कफि प्रमाणिकरण भएर मात्र विदेश निर्यात हुने गरेको कफि सहकारी संघ सिन्धुपाल्चोककी अध्यक्ष मन्दु थापाले बताईन् । उनका अनुसार एक बोटबाट सरदर २० किलो कफी फल्ने गर्छ । १ बोटमा ६० किलो सम्म फलाएको अनुभव किसानको छ । किराको प्रकोपले उत्पादनमा भने बेलाबेलामा कृषकले क्षती ब्यहोर्दै आएका छन् । कफि संगै ३ तहको खेती पनि संगै हुदा मनग्य फाईदा कृषकलाई छ ।
यहाँका कृषकले कफिलाई रातो सुन पनि भन्न थालेका छन् । सिन्धुपाल्चोकको कफिलाई बजारिकरण गर्न कफि सहकारी संघ लि सिन्धुपाल्चोकले काम गर्दै आएको अहिले जिल्लामा २५ सय घरपरिवार ब्यवसायिक कफि खेतीमा सम्लग्न भएको थापाको भनाई छ । सरकारले थोक मुल्य तोक्दा कृषक पनि खुसि छन् । सुनकोशि करिडोरमा आउने पर्यटनलाई लक्षित गर्दै कफिलाई ब्रान्डिङ गर्न उद्योग वाणिज्य संघ सिन्धुपाल्चोकका निवर्तमान अध्यक्ष वेद वहादुर श्रेष्ठले सुनाए ।
जिल्लामा उत्पादित कफीले बिगत ९ वर्षयता विदेशी बजार लिँदै आएको छ । संघले नै जिल्लाका किसानले उत्पादन गर्ने कफीको बजारीकरण गर्दै आएको छ। संघकै अगुवाइमा पं्रागारिक (अर्गानिक) प्रमाणीकरणपछि कफी विदेश निर्यात हुँदै आएको छ । विदेश पठाएपछि बाँकी कफी राजधानीमा खपत हुँदै आएको छ । संघले किसानबाट प्रतिकेजी ९० रुपैयाँमा काँचो (फ्रेसचेरी) कफी खरिद गर्छ । फ्रेसचेरीलाई प्रशोधन गरेर ड्राइपार्चमेन्ट बनाएपछि प्रतिकेजी ४ सय ९० रुपैयाँमा बिक्री हुन्छ।
जिल्लाका किसानले २०५९÷६० बाट कफी खेती सुरु गरेका थिए । सुरुको एक दशक किसानले नै आफूखुशी कफी बिक्री गर्दै आएका थिए । आफूखुशी बिक्री गर्दा किसानले उचित मूल्य नपाएपछि जिल्ला कफी सहकारी संघ बनेसँगै २०६९ देखि उसैले बजारीकरण गर्दै आएको छ ।