सुस्त मनस्थिती भएकी बालिकालाई जवरजस्ती करणी !

साउन ७, चौतारा (सिन्धुपाल्चोक) । सुस्त मनस्थिती भएकी एक बालिकालाई जवरजस्ती करणी गरिएको भन्दै एक अधवैंसे पक्राउ परेका छन् ।

सुस्तमनस्थिती भएकी अपांग वालिका वर्ष १२ कि चौतारा (क) लाई जिल्ला सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका वडा नं. ५ हलेगाभा बस्ने वर्ष ५६ को डम्मर बहादुर भुजेललाई पक्राउ गरिएको हो । भुजेलले पधेरोटोल स्थित कच्ची बाटोमा जवरजस्ती करणी गरेको भन्दै पिडितको आफन्तले प्रहरीमा उजुरी दिएका थिए ।

सोही आधारमा प्रहरीले पक्राउ गरेको हो । पीडितको आफन्तले दिएको उजुरीमा उल्लेख भए अनुसार सुस्त मनस्थिति भएकी बालिकालाई साउन १ गते बेलुका १९ः३० बजेको समयमा जर्वजस्ती करणी गरेका थिए । उजुरीका आधारमा डम्मर बहादुर भुजेललाई साउन २ गते विहान दिउसो निजकै घरबाट नियन्त्रणमा लिई सोही दिन जवरजस्ती करणी मुद्दामा जिल्ला अदालत सिन्धुपाल्चोकबाट ७ दिनको म्याद अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले सिन्धुज्वालालाई जानकारी दिए ।