
ठूलोसिरुवारीमा चितुवाको आतंक, एकहप्तामै एकदर्जन बाख्रा सखाप

जेठ ११, चौतारा (सिन्धुपाल्चोक) । जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर १३ अन्र्तगत ठूलोसिरुवारीमा चितुवाको आंतक फैलिएको छ । चितुवाले सो भेगमा एकहप्तामै एकदर्जन जति बाख्रा मारेको त्याहाँका स्थानीयले सिन्धुज्वालालाई जानकारी दिए ।
‘चितुवाले निकै सताउन थाल्यो, बाख्रा जोगाउनै मुश्किल प¥यो’, जंगलछापका स्थानीय जुगलबहादुर श्रेष्ठले सिन्धुज्वालालाई बताए ।
उनका अनुसार निगाले चितुवाले टोलैपिच्छे छिरेर खोरबाटै बाख्रा मार्ने गरेको छ । जसमा जंगलछापकै बिष्णुबहादुर श्रेष्ठको ५ वटा, गुन्जबहादुर श्रेष्ठको ४, कृष्णबहादुर श्रेष्ठको ४ र देउराली बलबहादुर श्रेष्ठको १ वटा बाख्रा खोरमै छिरेर मारेको हो । केही महिना अघि दुलाल गाउँका प्रदिप दुलालको ४ वटा बाख्रा मारेको थियो । उक्त निगाले चितुवा मान्छे देख्न साथ रुखमै चड्ने गरेको स्थानीय एकबहादुर श्रेष्ठ बताउँछन् ।
जंगलमा नभई घरमरमै आएर चितुवाले बाख्रा सखाप बनाउन थालेपछि ठूलोसिरुवारीका स्थानीय चिन्तित हुन थालेका छन् । साँझ पख बालबच्चाको समेत डर भएको स्थानीय बेलबहादुर श्रेष्ठ बताउँछन् ।
जनताको धनसम्पति क्षति पु¥ याउने चितुवालाई जिल्ला बन कार्यालयले नियन्त्रणमा लिनुपर्ने स्थानीयको माग छ । चितुवाका कारण यति धेरै क्षति हुँदा समेत सम्बन्धित निकायबाट कुनै क्षतिपूर्ति नपाएको चितुवा पीडित बिष्णुबहादुरले दुःखेसो पोखे । प्रहरीले आएर सोधपुछ गरेपनि जनतालाई राहत पुग्ने कुनै ठोस काम नभएको स्थानीयको आरोप छ ।