पदभारग्रहण संगै बाह्रबिसे नगर प्रमुख बस्नेतले गरे महत्वपूर्ण ६ घोषणा

जेठ १०, बाह्रबिसे (सिन्धुपाल्चोक) । बाह्रबिसे नगरपालिकाका नवनिर्वाचित मयर बालकृष्ष्ण बस्नेतले तत्काल कार्यन्वयन गर्ने गरी महत्वपूर्ण ६ वटा निर्णय गरेका छन् ।

बाह्रबिसे नगरपालिकामा नगरप्रमुखको कार्यकक्षमा पदभारग्रहण संगै मेयर बस्नेतले दृघ रोगीलाई निशुल्क औषधी उपचार देखी बाह्रबिसेमा बहु प्राविधिक विद्यालय बनाउने लगाएतका महत्वपूर्ण निर्णय भएको बाह्रबिसे नगरपालिकाले जनाएको छ । नगरपालिकाका अनुसार मेयर बस्नेतले पदभारग्रहण गरेसंगै ६ वटा विषयलाई विशेष प्राथमिकता राखेर सोमबार निर्णय गरिएको हो ।

जसअनुसार नगरपालिकाले पालिका भित्र रहेका दिर्घ रोगिहरूको लागि निशुल्क स्वास्थ्य परिक्षण तथा औषधि उपचार गर्नेछ । त्यस्तै नगर भित्र बहु प्राविधिक शिक्षालय स्थापना गर्ने, सामुदायिक विध्यालयहरूमा १ देखि ८ कक्षा सम्म निःशुल्क खाजाको ब्यवस्थापन गर्ने, वारूण यन्त्र (दमकल) खरिद गर्ने जस्ता महत्वपूर्ण योजना रहेका छन् ।

त्यस्तै बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रलाई क्षेत्रीय स्तरीय अस्पताल बनाउने तथा कृषि तथा पशुपालनलाई विशेष प्राथमिकतामा राखि पकेट क्षेत्र, भण्डारण, प्रशोधन र बजार ब्यवस्थापनमा विशेष जोड दिने निर्णय गरेको छ । उक्त महत्वपूर्ण योजना आगमी आर्थिक वर्ष २०७९ को साउन देखि लागु गरिने नवनिर्वाचित मेयर बस्नेतले बताए । बस्नेत संगै उमयेर मन्जु तामाङले सोही दिन पदभारग्रहण गरेकी छिन् ।