लिसंखुपाखर गाउँपालिकाद्वारा कृषिमा आधुनिकरण तथा युवालाई रोजगार प्रदान गरिने

जेठ १०, लिसंखु (सिन्धुपाल्चोक) । लिसंखुपाखर गाउँपालिकाद्वारा पालिकालाई कृषिमा आधुनिककरण प्रविधि तथा युवाहरुलाई रोजगारी गराईने भएको छ ।

सोमबार नवनिर्वाचित पालिका अध्यक्ष राजु लामाले पदभार ग्रहण गरेसंगै उक्त योजनाको घोषणा गरेका हुन् ।
अध्यक्ष लामाले पदभार ग्रहण पछि पालिकाको नगर पुस्तिकामा हस्ताक्षरपछि लिसंखुपाखर गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाउन कृषिमा आधुुनिकीकरण गर्न लागिएको बताए । गाउँका युवाहरु बेरोजगारका कारण विदेशी पर्ने अवस्थालाई मध्यनजर गर्दै युवाहरुलाई गाउँपालिकाले रोजगारी सिर्जना गरिने बताए ।

‘यहाँको धेरैजसो भू–भागमा आलु खेती लगाएत धान, मकै, कोदो, सुन्तोला, किवी जस्ता नगदे फलफूल तथा तरकारी खेतीको लागि समेत उपयुक्त जमिन रहेको छ अब प्रविधिमैत्री बनाउँदै छौं’–अध्यक्ष लामाले भने । त्यस्तै पालिकाले विद्यालयको आधारभूत तहमा मन्टेश्वरी विधिबाट पठनपाठनको व्यवस्था गर्ने लागिएको उनले बताए । सामुदायिक विद्यालयहरुमा क्रमशः आधारभूत तहको तल्लो कक्षबाट मन्टेश्वरी विधिबाट सिकाई गरिने उनले बताए ।

पदभार कार्यक्रम पछि पालिकाकाद्वारा सार्वजनिक गरिएको दुईवटा महत्वपूर्ण कार्यक्रमको टिप्पणी र आदेशमा पालिका अध्यक्ष राजु लामा, पालिका उपाध्यक्ष मिठुदेवी लामा, प्रमुख प्रशासकीय अधिकृत मंगलबहादुर विष्ट र शिक्षा शाखा संयोजक कुवेरध्वज थापाले हस्ताक्षर गरेका छन् ।