सिन्धुपाल्चोकमा अन्तिम मतपरिणाम, कांग्रेस ५, माओवादी ४, एमाले ३ पालिका विजयी (कस्ले कति मत ल्याए ?)

दिनेश दुलाल
जेठ ६, चौतारा (सिन्धुपाल्चोक) । स्थानीय निर्वाचन सम्पन्न भएसंगै सिन्धुपाल्चोकको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । जिल्ला निर्वाचन कार्यालयले जिल्लाका १२ स्थानीय तहको अन्तिम मतपरिणाम सार्वजनिक गरेको हो । जसअनुसार ईन्द्रावती गाउँपालिकामा नेकपा(एमाले) का झम्कनाथ नेपालले ७ हजार १ सय २७ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी विकास लामाले ६ हजार १ सय ६८ ल्याएका छन् । एमालेबाटै शोभा तामाङले ६ हजार ५ सय १३ ल्याउँदा उनका प्रतिश्पर्धी दया कुमारी मिश्रले ६ हजार ४ सय ७० ल्याएकी छिन् । यहाँ २५ हजार ६ सय ७० मतदाता छन् ।

त्यस्तै चौतारा साँगाचोकगढी नगरपालिकामा माओवादी केन्द्रका तर्फबाट कृष्णप्रसाद सापकोटाले ११ हजार ७२ मत ल्याएर विजयी भएका छन् । उनका निकटम प्रतिद्वन्द्वी एमालेका इन्द्रबहादुर नेपालले ६ हजार ७ सय ८५ मत ल्याएका थिए । उपमेयरमा भने वाम गठबन्धनकी नेकपा(एकीकृत समाजवादी) की सीता थापाले ९ हजार ७ सय २६ मत ल्याएर विजयी हुँदा उनका प्रतिद्वन्द्वी एमालेकी बाल कुमारी सापकोटाले ६ हजार ८ सय ७७ मत ल्याएकी छिन । यहाँ ३८ हजार २ सय ९८ मतदाता छन् ।

यस्तै जुगल गाउँपालिकामा कांग्रेस माओवादी गठबन्धनका माओवादी केन्द्रका तर्फबाट उम्मेदवार बनेका रेशम स्याङबोले ५ हजार ५ सय ७२ मत ल्याएर विजयी बनेका छन् । उनका प्रतिद्वन्द्वी एमालोट उठेका जयबहादुर लामाले ४ हजार ४ सय १५ मत ल्याएका थिए । त्यस्तै गठबन्धनबाटै उपअध्यक्ष कांग्रेसका हिमाल कुमार श्रेष्ठले ४ हजार ७ सय ७८ मत ल्याएर विजयी हँुदा उनका प्रति प्रतिद्वन्द्वी एमालेकी सुनिता थापाले ३ हजार ७ सय ७ मत ल्याएकी छिन् । यहाँ १६ हजार १ सय ५५ मतदाता छन् ।

यसैगरी त्रिपुरासुन्दरी गाउँपालिकामा नेपाली कांग्रेसबाट उम्मेदवार बनेका भक्तध्वज बोहोराले ४ हजार २ सय २९ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी एमालेका मेघनाथ पौडेलले ३ हजार २ सय ६७ मत ल्याएका थिए । त्यस्तै कांग्रेसबाटै गीताकुमारी नेपालले ४ हजार १ सय ५६ मत ल्याएर विजयी हँुदा एमालेकी उम्मेदवार सविता श्रेष्ठले ३ हजार ८ सय ९६ मत ल्याएकी छिन् । यहाँ २० हजार २ सय २ मतदाता रहेका छन् ।

यस्तै पाँअचपोखरी थाङपाल गाउँपालिकामा एमालेबाट उम्मेदवार टासी लामाले ५ हजार ६ सय ८ मत ल्याएर विजय भएका छन् । उनका प्रतिद्वन्द्वी कांग्रेस–माओवादी साझा गठबन्धनबाट माओवादी केन्द्रका दोर्जे तामाङले ४ हजार ४५ मत ल्याएका थिए । उपअध्यक्षमा एमालेबाटै सुनिता अधिकारीले ५ हजार ७ सय ७२ मत ल्याएर विजयी हुँदा उनका प्रतिद्वन्द्वी कांग्रेसकी उम्मेदवार गंगाकुमारी चापागाँईले ४ हजार ३ सय ९३ मत ल्याएकी छिन् । यहाँ १९ हजार २ सय २७ मतदाता रहेका छन् ।

यस्तै बलेफी गाउँपालिकामा माओवादी केन्द्रका गंगाबहादुर तामाङले ४ हजार ६ सय ६६ मत ल्याएर निर्वाचित भएका छन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार सुभाष तिमिल्सिनाले ४ हजार १ सय ५ मत ल्याएका थिए । उपाअध्यक्षमा भने कांग्रेसबाट उम्मेदवार बनेकी सरु लामाले ४ हजार ३ सय ९४ मत ल्याएकी छिन् । उनका प्रतिद्वन्द्वी एमालेकी सपना थापाले ३ हजार ६ सय ३३ मत ल्याएकी छिन् । यहाँ १६ हजार ८ सय ९३ मतदाता रहेका छन् ।

यस्तै बाह्रबिसे नगरपालिकामा बालकृष्ण बस्नेतले ७ हजार ७ सय २८ मत ल्याएर विजय भएका छन् । उनका प्रतिद्वन्द्वी एमालेका निमफूञ्जो शेर्पाले ५ हजार ४ सय ३३ मत ल्याएका थिए । त्यस्तै उपमेयरमा कांग्रेसबाटै मन्जु तामाङले ६ हजार ९ सय ७७ मत ल्याउँदा उनका प्रतिद्वन्द्वी एमालेकी शुशिला पाख्रीनले ५ हजार ९ सय ९० मत ल्याएकी छिन् । यहाँ २१ हजार ७ सय १५ मतदाता रहेका छन् ।
यस्तै भोटेकोशी गाउँपालिकामा नेपाली कांग्रेसका पासाङ नोर्बु शेर्पाले २ हजार ६ सय ५ मत ल्याएर विजय भएका छन् । उनका प्रतिद्वन्द्वी एमालेका अमृत कुमार खड्काले २ हजार ४८ मत ल्याएका थिए । त्यस्तै उपाध्यमा दिक्षत शेर्पाले २ हजार ७ सय १२ मत ल्याएर विजयी बनेकी छिन् । उनका प्रतिद्वन्द्वी एमालेकी सुन्तली मायाँ श्रेष्ठले २ हजार ५ सय ५३ मत ल्याएकी छिन् । यहाँ १३ हजार १ सय ६४ मतदाता रहेका छन् ।

यस्तै मेलम्ची नगरपालिकामा मेयर पदमा नेपाली कांग्रेसका आईतमान तामाङले ११ हजार २ सय ५८ मत ल्याएर विजय बनेका छन् । उनका प्रतिद्वन्द्वी एमालेका बालकृष्ण देउजाले ११ हजार १ सय ६५ मत ल्याएका थिए । उपमेयरमा भने एमालेकी उमा प्रधानले १० हजार १ सय ६४ मत ल्याएर विजयी भएकी छिन् । उनका प्रतिद्वन्द्वी कुमारी तामाङले ८ हजार ३ सय ६४ मत ल्याएकी छिन् । ३९ हजार २ सय ५ मतदाता संख्या रहेको मेलम्ची नगरपालिकामा कांग्रेस र राप्रपा तथा माओवादी केन्द्र र एकीकृत समाजवादीबीच चुनावी गठबन्धन भएको थियो ।

यसैगरी लिसंखुपाखर गाउँपालिकामा माओवादी केन्द्रका राजु लामाले ३ हजार ९ सय २५ मत ल्याएर विजय भएका छन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जेठा तामाङले ३ हजार १९ मत ल्याएका थिए । उपाध्यक्षमा भने एमालेकी मिठुदेवी लामाले ३ हजार २ सय ५१ मत ल्याउँदा माओवादी केन्द्रकी राममायाँ तामाङले ३ हजार १ सय ६ मत ल्याएकी छिन् । यहाँ १६ हजार ९ सय ७६ मतदाता रहेका छन् ।

यस्तै सुनकोशी गाउँपालिकामा एमालेका उम्मेदवार टपिन्द्र तिमिल्सिनाले ५ हजार ९ सय ३२ मत ल्याएर पालिका अध्यक्षमा निर्वाचित भएका छन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका श्रवणकुमार जिसीले ५ हजार ७ सय ९१ मत ल्याएका छन् । उपाध्यक्षमा भने नेपाली कांग्रेसकी कान्छी लामाले ५ हजार ५ सय ५ मत ल्याएर निर्वाचित भएकी छिन । उनकी प्रतिद्वन्द्वी माओवादी केन्द्रकी दुर्गा थापाले ४ हजार ९ सय ७५ मत ल्याएकी छिन् । एमााले र माओवादी गठबन्धन बनेको सुनकोशीमा १५ हजार ३ सय ४२ मतदाता रहेका छन् ।

यस्तै हेलम्बु गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार निमा ग्याल्जेन शेर्पाले ५ हजार ३ सय ८६ मत ल्याएर विजय बनेका छन् । उनका प्रतिद्वन्द्वी एमालेका दावा लामाले ४ हजार ६ सय ४ मत ल्याएका थिए । त्यस्तै उपाध्यक्षमा नेपाली कांग्रेसबाटै अप्सरा लम्साल लामिछानेले ५ हजार २ सय १४ मत ल्याएर निर्वाचित हँुदा उनका प्रतिद्वन्द्वी एमालेकी गंगा अर्यालले ४ हजार ६ सय ७१ मत ल्याएकी थिइन । यहाँ १७ हजार ५ सय ८६ मतदाता रहेका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार निर्वाचित जनप्रतिनिधिहरुको शुक्रबार जिल्ला न्यायधिसबाट सदरमुकाम चौतारामा सपथ लिनेछन् ।