सिन्धुपाल्चोकका ११ स्थानीय तहका प्रमुखले लिए शपथ, सोमबारबाट पदभार ग्रहण
जेठ ७, चौतारा (सिन्धुपाल्चोक) । जिल्लाका ११ स्थानीय तहका निर्वाचित ११ नगर÷पालिकाका प्रमुखहरूले सपथग्रहण गरेका छन् ।
जिल्ला न्यायाधीश तथा मुख्य निर्वाचन अधिकृत चन्द्र प्रकाश तिवारीले विजेता प्रमुखहरूलाई सदरमुकाम चौतारामा शुक्रबार शपथग्रहण गराएका छन् ।
स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित चौतारा सागाँचोकगढी, मेलम्ची र बाह्रबिसे नगरपालिकाका प्रमुख, लिसङखुपाखर, हेलम्बु, जुगल, त्रिपुरासुन्दरी, भोटेकोशी, ईन्द्रवती, बलेफी र सुनकोशी गाउँपालिकाका अध्यक्षहरूले शपथ लिएका हुन् । पाँचपोखरी थाङपाल गाउँपालिका अध्यक्ष भने शुक्रबार मात्र अन्तीम मतपरिणाम सार्वजनिक भएका कारण उपस्थित हुन सकेनन् ।
१२ स्थानीय तह रहेको सिन्धुपाल्चोकमा नेपाली कांग्रेस ५, माओवादी केन्द्र ४ र नेकपा एमाले ३ पालिकाका प्रमुखमा विजयी भएका छन् ।
। सपथलिनेहरुमा चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर कृष्णप्रसाद सापकोटा, ईन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपाल, हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पा, मेलम्ची नगरपालिकाका मेयर आईतमान तामाङ, बलेफी गाउँपालिका अध्यक्ष गंगाहादुर तामाङ, भोटेकोशी गाउँपालिकाका अध्यक्ष पासाङनोर्वु शेर्पा, बाह्रबिसे नगरपालिकाका मेयर बालकृष्ण बस्नेत, त्रिपरासुन्दरी गाउँपालिकाका अध्यक्ष भक्तध्वज बाहोरा, लिसंखुपाखर गाउँपालिका अध्यक्ष राजु लामा र सुनकोशी गाउँपालिकाका अध्यक्ष टपेन्द्र तिमिल्सिनाले एकैपटक सपथ ग्रहण गरेका थिए । स्थानीय तहका जनप्रतिनिधिहरुले सपथ लिएसंगै सोमबारबाट पदभारग्रहण गर्नेछन् ।
यो पनि पढ्नुहोस
सिन्धुपाल्चोकमा अन्तिम मतपरिणाम, कांग्रेस ५, माओवादी ४, एमाले ३ पालिका विजयी (कस्ले कति मत ल्याए ?)