
माओवादी केन्द्रले ८ पालिकामा जित हाँसिल ग¥यो, १०७ स्थानमा अग्रता

जेठ १, चौतारा (सिन्धुपाल्चोक) । नेकपा माओवादी केन्द्रले हालसम्म देशभर ८ स्थानमा विजय हाँसिल गरेको छ ।
माओवादी केन्द्रले देशभर १०७ स्थान भन्दा बढीमा प्रमुख पदमा अग्रता लिएको सो पार्टीले जनाएको छ ।
त्यस्तै उपप्रमुखमा ४ स्थानमा जित हाँसिल गरेको छ भने १२६ स्थानमा जित हाँसिल गरेको छ । यसैगरी नेपाली कांग्रेसले प्रमुखमा ११ स्थानमा विजय हाँसिल गर्दा २७० स्थानमा अग्रता लिएको छ भने उपप्रमुखमा १६ स्थानमा जित हाँसिल गर्दा २२६ स्थानमा अग्रता लिएको छ ।
यस्तै नेकपा एमालेले प्रमुखमा १४ स्थानमा जित हाँसिल गर्दा १९१ स्थानमा अग्रता लिएको छ । त्यस्तै उपप्रमुखमा १० स्थानमा जित हाँसिल गर्दा २०२ स्थानमा अग्रता लिएको छ । त्यस्तै समाजवादीले प्रमुख र उपप्रमुखमा २÷२ स्थानमा जित हाँसिल गर्दा १४ र १७ स्थानमा क्रमश प्रमुख र उपप्रमुखमा अग्रता लिएको छ ।
माओवादी केन्द्र हालसम्म विजयी बनेका गाउँपालिकाहरू ः
१. जन्तेढुङ्गा गाउँपालिका, खोटाङ ः अरुणा देवी राई
२. लिम्चुङबुङ गाउँपालिका, उदयपुर ः मेजर कुमार राई
३. ताराखोला गाउँपालिका, बाग्लुङ ः धनबहादुर वि क
४. थवाङ गाउँपालिका, रोल्पा ः ऋषि केशव बुढा मगर
५. नौमुले गाउँपालिका, दैलेख ः छविराम सुवेदी
६. जगदुल्ला गाउँपालिका, डोल्पा ः नारासिं रोकाया
७. अपीहिमाल गाउँपालिका, दार्चुला ः भक्त सिंह ठेकरे
८. नौगाड गाउँपालिका, दार्चुला ः दलजितसिंह धामी