नेपाली कांग्रेसले ग¥यो मेलम्चीमा बृहत चुनावी सभा

बैशाख २५, मेलम्ची (सिन्धुपाल्चोक) ।
स्थानीय निर्वाचन आउन ५ दिन बाँकी रहँदा नेपाली कांग्रेस सिन्धुपाल्चोकले मेलम्चीमा बृहत चुनावीसभा सम्पन्न गरेको छ ।
प्रतिनिधिसभा क्षेत्र नम्बर २ द्धारा आयोजित बृहत चुनावीसभा आईतबार मेलम्चीमा सम्पन्न भएको हो । कांग्रेसको उक्त चुनावीसभा स्थानीय तहको निर्वाचन यता जिल्लाकै सबैभन्दा ठूलो भएको सो पार्टीको दावी छ ।

मेलम्चीको हेलम्बु बसपार्कमा गरिएको उक्त कार्यक्रमलाई नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्र बानियाँले लगाएत जिल्लाका नेताहरुले सम्बोधन गरेका हुन् । क्षेत्रीय स्तरको सभालाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि रहेका बानियाले स्थानीय तहको निर्वाचनमा कांग्रेसको सरकार बनेपछि विकासको बाढी आउने ठोकुवा गरे । आफु बागमती प्रदेशको मुख्यमन्त्री बनेपछि मेलम्चीमा बाढीले पु¥याएको क्षतिको पुनर्निमाण पहिलो प्राथमिकतामा दिने उनले आश्वासन समेत दिए । आउँदो स्थानीय तहको निर्वाचनमा मेलम्ची नगरपालिकामा नेपाली कांग्रेसलाई जिताएर मेलम्चीको मुहार फेर्नका लागि जनसमुदायसंग अपिल समेत गरे ।

कार्यक्रममा नेपाली कांग्रेसका तर्फबाट मेलम्ची नगरपालिका मेयर पदका उम्मेदवार आइतमान तामाङले विकासको लागि कांग्रेसलाई रोज्न आग्रह गरे । आफूले मेयर भएसंगै मेलम्ची नरपालिकालाई मेलम्ची बाढी अघिको नगरीको विकास गरिने उद्घोष गरे ।

कार्यक्रममा उपमेयर पदका उम्मेदवार कुमारी तामाङले गठबन्धनलाई मत दिएर जिताउनका लागि अपिल गरिन । कार्यक्रममा नेपाली कांग्रेसका निवर्तमान सभापति एवम इन्द्रावती गाउँपालिका अध्यक्षका उमेदवार विकास लामा, उपमेयरकी प्रत्यासि सविता गुरुङ, कांग्रेस नगरसभापति बशन्त गुरुङ, समिर तामाङ लगायतले सम्बोधन गरेका थिए । पूर्व क्षेत्रिय सभापति बद्रि चौलागाईको सञ्चालनमा भएको उक्त कार्यक्रममा चलचित्रकर्मी अभिनेता भूवन केसी लगाएत उपस्थित थिए ।