ईन्द्रावतीमा सबैका प्रिय ‘ठूलोबाबू’, यसरी बटुल्दै छन् जनताको मायाँ

दिनेश दुलाल
बैशाख १९, नवलपुर (सिन्धुपाल्चोक) । झट्ट हेर्दा मोटो शरिर निकै भद्दा देखिन्छन उनी । तर शरिर निकै हलुका छ उनको । परिआएको काममा निकै खट्न्छिन् । नत हिड्नलाई कुनै समस्या छ् । उकाली, ओराली, बेशी, टार सबैतिर उनी सजिलै पुग्छन् । थकानबाट कतिपनि विचलित हुँदैनन् ठूलोबाबू । जनतामा जाँदा सबैसंग नम्र बोल्छन् अनी संधै मुस्कुराईरहन्छन् । आफूले सकेको अरुलाई सहयोग गर्छन । जस्तो दुखःमा पनि उनी कसैको साहारा बन्छन् । सायद सिन्धुपाल्चोकमा उनलाई चिनिन्ने र उनको मनपेट थाहा नपाउने कमै होलान ।

लामो समय सम्म उनले देश र जनता अनी पार्टीको हितमा जीवनको महत्वपूर्ण समयहरु व्यतित गरेका छन् । १६ वर्ष सम्म सिन्धुपाल्चोक काठमाडौं सम्पर्क मञ्चको नेतृत्व गरेर समग्र सिन्धुबासीको समस्या, पिडा र सम्भावनासंग नजिक हुने मौका पाएका छन् ।

इन्द्रावती गाउँपालिका –६ कोटडाँडाका ठूलोबाबु श्रेष्ठ माओवादी केन्द्रको तर्फबाट बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा अध्यक्षका उम्मेदवार बनेका छन् । त्यस्तै उपाध्यक्षमा माओावादी केन्द्रकै तर्फबाट सुमित्रा बस्नेत सुजिना उम्मेदवार बनेकी छिन् । अध्यक्ष तथा उपाध्यक्षका उम्मेदवार दुवैले गाउँपालिका भित्रको स्वास्थ्य, शिक्षामा आमूल परिवर्तन ल्याउनेदेखि रोजगारी सिर्जना गर्नेसम्मका विषय समेटेर घोषणा पत्र समेत सार्वजनिक गरेका छन् ।

ठूलोबाबू काठमाडौंमा ग्रिल व्यवसायमा संलग्न छन् तरपनि जनताको सुखदुःखमा साथ दिने कुरामा कहिल्यै पछाडी परेनन् । चुनावी अभियानमा मात्रै होईन आवश्यक पर्दा उनी जनताको घरदैलोमा संधै पुग्ने गरेका छन् । जनताका समस्यामा एकाकार हुँदै आएका छन् । कोरोना कहरबीचमा होस या विनाशकारी भूकम्पको बीचमा होस ठूलोबाबु जनताको घरदैलोसम्म पुगिरहे । कोरोनाको बेलामा स्वास्थ्य सुरक्षाको मापदण्डको परिपालना गर्न आग्रह मात्र गरेनन् जनतालाई आवश्यक पर्ने स्वास्थ्य सामाग्री, काम गरेर ज्याला मजदुरी गर्ने अभावमा बाँचेका जनतालाई खाद्यन्न समेत प्रदान गरे । ‘जनताको सेवा गर्न कत्ति पनि कन्जुस्याई गरेको छैन् । जनताको हरेक सुखदुःखमा साथ दिने प्रयत्न गरिरहेको छु,’ उनी भन्ने गर्छन् ।

जनताको हरेक संकट समाधान, सामाजिक विकास र गाउँको उन्नति र प्रगतिमा आफूले साथ दिने गरेका छन ठूलोबाबूले । उनको यो कार्यप्रति स्थानीय पनि सन्तुष्ट छन् । गाउँपालिका अध्यक्ष जितेर शिक्षा, स्वास्थ्य, खानेपानी रोजगारी र सडकको स्तर उन्नती लगाएत ईन्द्रावती जनताका आधारभूत कुरामा जोड दिने लक्ष्य उनको छ । उनी भन्छन्, ‘समाजसेवा रहरले गर्ने विषय होइन, त्यसका लागि आत्मैदेखि जनसेवाको भावनाको विकास हुनु जरुरी छ ।’

स्थानीय तहको निर्वाचन जितेर ठूलोबाबूले पहिलो प्राथमिकता स्वास्थ्य क्षेत्रमा निकै काम गर्नुपर्ने स्थिति रहेको बताउँछन् । ‘शिक्षा, स्वास्थ्य र रोजगारी सिर्जना गर्नेछु’, उनले भने । आधुनिक कृषि प्रणालीको विकास गर्ने र पर्याप्त रोजगारीको अवसर सिर्जना गर्ने उनको योजना छ ।
आउँदो निर्वाचनमा उनका प्रत्यासी नेपाली कांग्रेसका जिल्ला सभापति भईसकेका विकास लामा र एमालेका निवर्तमान जिल्ला अध्यक्ष झम्क नेपाल पनि गाउँपालिकाको अध्यक्षको दावेदार छन् । अध्यक्षका उम्मेदवार लामा र नेपालसंग ठूलोबाबूको कुनै तुलना गर्न सकिदैन । उनीहरु पार्टीमा भुक्तभोगी भएका देखिएका नेता हुन् तर ठूलोबाबू ईन्द्रावती जनताको मनमष्तिकमा भिजेका नेता हुन् ।

सबैका प्रिय ईन्द्रावतीका ठूलोबाबू सामान्य लेखपढ मात्र गरेका छन् तर उनको ज्ञान, क्षमता, सीप र भिजनलाई डिग्री हाँसिल गरेकाहरुको भन्दा कम छैन् । सामन्य परिवारमा जन्मेर जताको सेवा गर्ने अवसर पाएका ठूलोबाबू नाम मात्रैले पनि काफी छ । ठूलोबाबू श्रेष्ठ ‘आवाज’ साँच्चै जनताको आवाज बन्न सकुन । साथै जितेर ईन्द्रावती जनताको असल सेवक बन्न सकुन त्याहाँका जनताले यहि अपेक्षा सहित कामना गरेका छन् ।