
जनताको घरदैलोमा तिब्रता दिंदै जुगलको गठवन्धन

निर्मल बस्नेत ÷ गोल्चे
(१८ बैशाख २०७९ ) जुगल गाउँपालिकामा नेकपा (माओबादी केन्द्र) र नेपाली कांग्रेसको संयुक्त चुनाबी गठबन्धन घरदैलो अभियानलाई तिब्रता दिएको छ ।
गठबन्धनले जुगल गाउँपालिका – २ किप्चे र गोल्चेमा मतदाता भेटघाट तथा घरदैलो गरेको छ । बिहान १ नम्बर वडा सेलाङको नयाँ बस्ती, उल्जे, सेपगाउँ हुँदै गोल्चे पुगेको हो ।
दुई दलको साझा उमेदवार गाउँपालिका अध्यक्ष उम्मेदार रेशम स्याङ्बो र उपाध्यक्ष उम्मेदार हिमालकुमार श्रेष्ठसहित पार्टीको नेता कार्यकर्ताहरु गोल्चेको हरेक टोलटोल र घरगोठमा पुगेको छ ।
किप्चे गाउँमा गरिएको संक्षिप्त सभामा स्थानीय फुलकाजी स्याङ्बोले होमनारायणले गरेको कुकर्म जयबहादुरले भोग्न लागेको प्रतिक्रिया दिए । एमालेले हाइड्रोपावरको औजार प्रयोग गरि पालिको लगानी भएको भनी बिल बनाएर ५८ लाख भष्टचार गरेको उनको आरोप छ ।
‘मित्रवत ब्यवहार गरेर मतदाताकोमा जानुपर्छ’, उनले भने । संयुक्त गठबन्धनको विजयपछि जुगलमा तामाङ संस्कृतिको गुम्बा र तामाङ मात्रीभाषा गाउँपालिकाको कार्यक्रम अन्र्तगत कक्षा ५ सम्मको समाबेश गरिनुपर्नेमा उनले जोड दिए ।
उपाध्यक्षको उम्मेदवार हिमालकुमार श्रेष्ठले गुम्बा र सडकलाई प्रमुख एजेन्डा बनाउने बताए । उनले माओबादी काङ्ग्रेसको गठबन्धनलाई मत दिई बिजय गराउन जनतालाई अनुरोध गरे ।
त्यस्तै अध्यक्षको उमेदवार रेशम स्याङ्बोले हिजो १० लाखको पाइप खरिद नगर्ने जुगल सरकारले आज निर्वाचन घोषणापछि आचारसंहिता बिपरित ५० लाखको पाईप खरिद गरेकोमा आफूहरुले त्यो रोकेको खुलासा गरे । उनले एमालेहरुको भ्रममा नपर्न आग्रह गरे ।
स्याङ्बोले मतदाता सामु संयुक्त चुनावी प्रतिबद्धता अनुसार थप अन्य नीति तथा कार्यक्रम बनाएर आवश्यकतालाई मध्यनजर गरि कार्यन्वयनमा लागि पर्ने प्रतिबद्धता जनाए । शनिबार वडा नम्बर ६ को हगाम, हाप्रा, सेउजे र बिसिङ्घरमा भेटघाट कार्यक्र गरेको हो ।