‘मेरो व्यक्तिगत जीवन परिवर्तन प्रति कुनै लालसा छैन्’–मेयर उम्मेदवार सापकोटा
दिनेश दुलाल
बैशाख १८, काठमाडौं । चौतारा साँगाचोकगढी नगरपालिका मेयर पदका उम्मेदवार कृष्णप्रसाद सापकोटा ‘देशबन्धु’ले आफू मेयरका उम्मेदवार हुँदैगर्दा आफ्नो व्यक्तिगत जीवन परिवर्तन प्रति कुनै लालसा नभएको बताएका छन् ।
स्थानीय तहको निर्वाचन बैशाख ३० का लागि चौतारा साँगाचोकगढी नगरपालिकाको गठवन्धनका उम्मेदवारहरुसंग अन्तरक्रिया तथा भेटघाट कार्यक्रमका सन्दर्भमा सापकोटाले उक्त धारणा राखेका हुन् ।
आफू आम नगरबासीको आर्थिक जीवन स्तर कसरी उठाउन सकिन्छ भनेर चिन्तित भएकोले आफ्नो व्यक्तिगत जीवन मात्र परिवर्तन नचाहेको बताए । ‘यहाँहरुले पाँचवर्षको बीचमा मलाई देख्नुहुेछ, मेरो व्यक्तिगत कुनै चाहाना र स्वार्थ रहने छैन्’, मेयरका उम्मेदवार सापकोटाले भने, ‘राजनीति रुपमा मैले जे सपना बाँडे, जाहाँ रगत, आँशु, पसिना र जीवन कुर्वानीको मूल्य चुक्ता गरें त्यसका आधारमा अझ धैर्यता, अनुशासित र अत्यान्तै गम्भिरतापूर्वक लिने छु ।’
आफू समेतको गठबन्धन टिमले नगरमा आएको बजेटलाई जनताको जीवनस्तर माथि उठाउन खर्च गरिने समेत उनले प्रतिवद्वता जनाए । ‘त्यसो गर्दा आवश्यता परे कानुनलाई परिमार्जन गरेर जनताको आवश्यकताको आधारमा लागु गर्नपर्ने हुन्छ’, सापकोटाले भने । नगरमा पूर्वाधारमा लगानी गरे जतिकै कृषि, शिक्षा र रोजगारका क्षेत्रमा लगानी गरिने सापकोटाले स्पष्ट पारे । युवाहरुको जोश जाँगर र उर्जाशिल शक्तिलाई रोजगारीको सृष्टि गरिने उनले ठोकुवा गरे ।
ठूला पूर्वाधारका योजनाहरुमा समेत वर्गीकरण गरेर विकास गरिने धारणा राख्दै उम्मेदवार सापकोटाले त्यसको लागि मित्रराष्ट्रहरुसंग भगिनी सम्बन्ध विस्तार गरिने बताए । सेवाग्राहीले चुस्त दुरुस्त ढंगले सेवा पाएको अनुभूति दिलाउदै नगरमा हुने चुहावट रोकेर सुशासनलाई उचित ढंगले लागु गर्न आफू प्रतिवद्व रहेको उनले बताए । आफ्नो व्यक्तिगत विचार मात्र नभएर सामुहिक भावना र बस्तुवादी आवश्यकताको आधारमा योजना बनाउने उनले बताए । नगरमा यसअघि निर्वाचित जनप्रतिनिधिहरुद्वारा जे जति राम्रा काम भएका छन् त्यसलाई आधार मानेर पुरा गरिने समेत उनले प्रतिवद्वता जनाए । असिमति चाहानाको बीचमा भाषण गरे जस्तो व्यवहारिक रुपमा काम गर्न निकै चुनौति रहेको औंल्याउँदै सापकोटाले गठबन्धनको नीतिलाई अंगिकार गरेर जनताको भावना पुरा गर्न सकिने औंल्याए ।
त्यस्तै कार्यक्रममा नगर उपमेयरकी उम्मेदवार सीता थापाले कम्युनिष्टहरु फुटेर होईन जुटेर मुलुकको समृद्वि र विकास सम्भव हुने धारणा राखिन । अघिल्ला जनप्रतिनिधिहरुले गरेका सकरात्मक कामलाई आफूले मुक्त कण्ठले सहयोग गरेको स्मरण गर्दै उम्मेदवार थापाले गठनन्धनका उम्मेदवारहरुको विजयले मात्र नगरको समृद्वि र विकास सम्भव हुने ठोकुवा गरिन ।
शनिबार गरिएको उक्त अन्तरक्रिया कार्यक्रममा चौतारा साँगाचोकगढी नगर अन्र्तगत १२ वडाका वडाअध्यक्ष उम्मेदवारहरुले प्रतिवद्वता सहितको मन्तव्य राखेका थिए ।
नेकपा (माओवादी केन्द्र) चौतारा साँगाचोकगढी –काठमाडौं नगर सम्पर्क समन्वय समिति र एकीकृत समाजवादी चौतारा साँगाचोकगढी –काठमाडौं नगर सम्पर्क मञ्चले नमुना मित्रपार्क बन्क्वेट चाहबिलमा गरेको उक्त कार्यक्रममा माओवादी केन्द्रका जिल्ला ईन्चार्ज माधव सापकोटा ‘सुवोध’ केन्द्रीय सदस्य युवराज दुलाल ‘शरद’, एकीकृत सामाजवादीका केन्द्रीय सदस्य सुभाष कर्माचार्य लगाएत नेता कार्याकर्ताहरुको बाक्लो सहभागिता थियो । चौतारा साँगाचोकगढी नगरभित्रका काठमाडौं उपत्यकामा बसोबास गर्ने कार्यकर्ताहरु समेटेर दुवै पार्टीले समन्वय समिति र सम्पर्क मञ्च निर्माण गरेका छन् । उक्त समन्वय समितिले चौतारा साँगाचोकगढी नगरपालिकाका उम्मेदवारहरुलाई जिताउन अभियान थालिने नगर समन्वय समितिका अध्यक्ष तथा कार्यक्रमका सभापति कुमार श्रेष्ठले जानकारी दिए ।