जुगलमा गठवन्धनको घरदैलो सुरु

निर्मल बस्नेत ÷ सेलाङ –
(१६ बैशाख २०७९ ) नेकपा माओबादी केन्द्र र नेपाली काङ्ग्रेसको संयुक्त चुनाबी गठबन्धनको आयोजनामा जुगल गाउँपालिका – १ सेलाङबाट घरदैलो सुरु भएको छ ।

दुई दलको वडासम्मको उम्मेदवार र नेकपा एकीकृत समाजबादीको वडाको उमेदारसमेत सहभागी थिए । गाउँपालिका अध्यक्ष उम्मेदार रेशम स्याङ्बो र उपाध्यक्ष उम्मेदवार हिमालकुमार श्रेष्ठसहित पार्टीको नेता कार्यकर्ताहरु हरेक टोलटोमा पुगेको छ ।


उम्मेदारसामु सेलाङका स्थानीय नर बहादुर तामाङले गठबन्धनका जीत अनिवार्य भएको बताए । उनले भने, ‘गठबन्धनबाट उम्मेदवार सबैको जीत सुनिश्चित छ, हामी मतदानको दिन कुरिरहेका छौँ ।’ अब परिवर्तन र बिकासको खाँचो भएको र उक्त परिवर्तनको आशा गठबन्धनमा मात्र रहेको बताए ।

राता पोसाकमा सजिएका युबाहरु र दलको चुनावी चिन्ह गोलाकारभित्रको हँसिया हथौड़ा र रुखको झन्डा साथमा गीतसंगीत र नाराबाजी गर्दै उत्साहपुर्वक चुनावी प्रचारमा जुटेका छन् ।