
सरल र शालिनताका धनी कृष्णप्रसाद उर्फ ‘देशबन्धु’ जिउँदो सपना बोकेर मैदानमा भिड्दैछन्

दिनेश दुलाल
१४ बैशाख २०७९, चौतारा (सिन्धुपाल्चोक)
उनका बोलीमा कहिल्यै चिप्ला र बनावटी कुरा आएन । खस्रा कुराले कसैलाई नमिठो बनाहोस, वा क्षणका लागि कोही चिडिँउन तर शब्दमा फूलबुट्टा कहिल्यै भरेनन् उनले । रत आजपनि संधै सत्य र यथार्थ ओकल्छन् ‘देशबन्धु’ । सादा जीवनशैली र सरल व्यवहार उनको जीवनको परिचय हो । उनको जीवनशैलीमा कतै तडकभडकता देखिदैन । सामन्य जीवनयापन र सामान्य दिनचर्य छ उनको । सामन्य लेखपेढ गरेका तर बौद्वि क्षमताका ‘देशबन्धु’ नौबिसेमा कहिले कोदालो बोकेर खेतमा काम गरिरहेका भेटिन्छन् त कहिले घाँसको भारी बोकेर हिडिरहेको भेटिन्छन् । कहिलेकाँही घरैमाथि स्वामीको रुखको छहारीमा दाजुभाइ तथा स्थानीयसंग बार्तालाप गरेका भेटिन्छन् । मजदुर र किसानको भूमिकामा सधैँ कुविण्डे र नौविसेमा देखिने उनै नरम स्वभावका धनी कृष्णप्रसाद सापकोटा उर्फ ‘देशबन्धु’ गरम बहसका पक्षपाती हुन् ।
जनयुद्धमा उनलाई ‘देशबन्धु’ भनेर चिनिथ्यो । अहिले पनि उनलाई देशबन्धु कै रुपमा जिल्ला तथा जिल्लाबाहरिका हजारौं कार्यकर्ता र जनताले चिन्छन् । त्याग र वलिदानको नमूना हुन् देशबन्धु । पार्टी निर्माणको लागि उनी नपुगेको ठाउँ छैन् । पार्टी कामको लागि कहिले अग्ला पहाड र लेकबेसी चढेको त कहिले तराई सम्म पुगेको उनको जिउँदो इतिहास छ । बन्धु कहिल्यै ठूलो बन्दैनन् । खस्रो बोली तर सरल काम गरेर सत्य ओकल्छन् । उनी कहिल्यै व्यक्तिवादी भएनन् । लामो बैठक र छलफलबाट निर्णय लिन्छन् । इमान र दृढता अझ उनको अर्काे महत्वपूर्ण परिचय हो ।
गरीब, दुःखी, मजदुर र किसानका नेता उनै ‘देशबन्धु’ २०७९ बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा चौतारा साँगाचोकगढी नगरपालिकाको मेयर पदका उम्मेदवार बनेका छन् ।
मनोनयन दर्ताको क्रममा चौतारामा केही अप्रिय घटनाहरु घटे । टिकट नपाएको झोकमा आफ्नै कार्यकर्ताले उनी लगाएत जिल्लाका नेताहरुलाई टाउकोमा बजारे । तर उनी उक्त घटनाप्रति कतिपनि विचलित नभई शालीनताको परिचय दिईरहे । लौरो हान्ने कार्यकर्तालाई पनि केही भनेन् बरु उल्टै हाँसिदिए । यो अरजकता प्रवृतिलाई उनलै अन्त्य गर्नुछ अब । जनताको असली नेता बनेर कार्यकर्ता अनुशासीत बनाउने जिम्मा उनको काँधमा आएको छ । किनकी त्याग र बलिदानीको मुल्य बुझ्दा बुझ्दै बिथ्यामा जीवन कुर्बानी गर्ने हजारौं कार्यकर्ता र जनताले उनलाई गहिरो गरी नियाली रहेका छन् । विडम्बना, राम्रो छोडेर हाम्रो रोज्ने नयाँ पुस्ताका केही नेताका कार्यशैली अझै छन् । तर ती कार्यशैलीलाई अन्त्य गर्न समेत उनले आगमी दिनमा कडा मिहिनेत त गर्नैपर्छ । किनकी आगमी सफलताको शिखरमा त्यस्ता खालका प्रवृति र व्यवधानहरु नआहोस ।
पार्टीका नेताहरु मध्ये निश्कंलकित र राम्रै छबी बनाएका देशबन्धुको सपाट ईतिहास छ । २०१७ माघ ११ गते सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका वडा नं ४ (साविक कुविण्डे गाविस वडा नं. ७) मा जन्मिएका देशबन्धु तत्कालीन निरंकुश पञ्चायती व्यवस्था विरुद्ध सानै देखि विभिन्न सामाजिक अभियान र राजनीतिक आन्दोलनमा सामेल भएर आमुल परिवर्तको लागि चेतनाको राँको बालेर युद्वमा होमिएका थिए ।
वि.सं. २०३७ सालमा पार्टीको सेल सेक्रेटेरी हुँदै २०३८ मा पार्टी जिल्ला कमिटीको सदस्य हुनुभयो । २०३८ सालमा भारतको अयोध्यामा सम्पन्न भएको अखिल नेपाल किसान संघको राष्ट्रिय सम्मेलनमा सहभागी भएका थिए उनी । २०४६ सालको जनआन्दोलनमा तत्कालीन राष्ट्रिय जनमोर्चाको जिल्लास्तरको नेतृत्वका हैसियतमा सहभागी समेत भए उनी । २०४९ सालको स्थानीय निर्वाचनमा तत्कालीन कुविण्डे गाविसको अध्यक्ष पदमा भारी मतले विजय समेत प्राप्त गरीसकेका व्यक्ति हुन उनी ।
तत्कालीन नेकपा (माओवादी)ले २०५२ फागुनबाट शुरु गरेको जनयुद्धमा गाविस अध्यक्षको जिम्मेवारीबाट कार्यवाहक दिएर पूर्णकालीन सदस्यका रुपमा समाहित भएका थिए उनी । २०५५ मा सिन्धुपाल्चोक र दोलखा जिल्लाको समेत जिल्ला सेक्रेटरी बनेका देशबन्धु जनयुद्ध कालमा नेकपा (माओवादी) को सिन्धुपाल्चोक, दोलखा, काभ्रे तथा रामेछपको इञ्चार्ज हुँदै उपव्यूरो इञ्चार्ज लगायतका भूमिका निर्वाह गरिसकेका छन् ।
हाल नेकपा (माओवादी केन्द्र) को केन्दीय सदस्य एवं बागमती प्रदेशको सह इञ्चार्जको भूमिकामा रहेका देशबन्धु सहिद प्रतिष्ठान नेपालको अध्यक्ष समेत छन् ।
इमान्दार, शालीन र आम जनतामा लोकप्रिय सापकोटाले यसपटक नेकपा (माओवादी केन्द्र) को तर्फबाट चौतारा साँगाचोकगढी नगरपालिकाको प्रमुख पदमा उम्मेदवारी दिएका छन् । नगरपालिकामा अवस्थित स्रोत साधनलाई व्यवस्थित रुपमा परिचालन गर्दै नगरबासीको सम्बृद्धिको सपनालाई साकार तुल्याउन सापकोटालाई अवसर त छैदछ तर भयांकर र गम्भिर चुनौति उनका सामु छ ।
१० दशवर्षे जनयुद्वले छेडेको आन्दोलनको सबैभन्दा पीडित पक्ष उनीनै हुन् । युद्धमा उनले आफ्नी छोरी गुमाए । जनयुद्धका क्रममा आफ्नी जेठी छोरी सुभद्रालाई गुमाउनु परेको पिडा चानचुने छैन् । कक्षा ९ मा पढ्ने चौध वर्षीया सुभद्रालाई साँस्कृतिक कार्यक्रमको क्रममा काभ्रे जिल्लाको अनेकोटमा पुग्दा अन्य ६ साथीहरु सहित प्रहरीले हत्या गरेको सम्झना अझै ताजै छ । तिनै सुभद्रा जस्ता हजारौं शहिदहरुको बलिदानको जगमा आज गणतन्त्र, संघीयता र सम्बृद्धिको अभियान शुरु भएको छ ।
स्वायत्त अधिकार भएको स्थानीय सरकार मार्फत समाजवाद उन्मुख अर्थतन्त्रको विकासका लागि खडा भएको गाउँको सिंहदरबारको मालिकका रुपमा होईन जनताका सेवकका रुपमा परिपुरक बन्दैछन् ‘देशबन्धु’ । यसअघि उनले आफूले गरेको लगानीको हिसाबकिताब पार्टीसंग कहिल्यै मागेनन् । नत ब्याज नै खाए । पद र अवसरहरुमा उनले कहिल्यै चासो दिएनन् । कठोर क्रान्तिमा होमिएको उनै देशबन्धु स्वभावैले चौताराको मेयर मात्र होइन, त्यो भन्दा उपल्लो हैसियतको पक्कै हो ।
उमेरले उनी ६ दशक काटी सके । नाती र नातीनी सरहका साथीभाईसंग उनी चुनावी प्रतिश्पर्धा गर्दैछन । तर पनि उनीमा युवा जत्तिकै भरभराउँदो जोशजाँगर छ । त्यसैले त आज चौतारा साँगाचोकगढी बासी उनै देशबन्धुलाई चुन्न हतारीएका छन । अनी विजयको खुशीयालीमा फूलमाला र अविरले रंगाउन आतुर छन् । अनी एउटा समृद्व नगर बन्ने छ र जनताको अधुरो सपना पुराहुनेछ ।