जुगलमा माओवादी केन्द्र र कांग्रेसबीच चुनावी तालमेल

बैशाख १२, ढाँडे (सिन्धुपाल्चोक) । जिल्लाको जुगल गाउँपालिकामा स्थानीय तहको निर्वाचनको लागि गठबन्धन दल माओवादी केन्द्र र नेपाली कांग्रेसबीच तालमेल भएको छ ।

आज बसेको गठबन्धन दल नेपाली कांग्रेस र माओवादी केन्द्रबीच आगमी बैशाख ३० गते हुन गईरहेको स्थानीय तह निर्वाचनको लागि संयुक्त गठबन्धन गरी निर्वाचनमा भाग लिने निर्णय गरिएको माओवादी केन्द्र जुगल गाउँपालिका उपाध्यक्ष ईश्वर गुभाजूले जानकारी दिए ।
उनका अनुसार दुईदलको निर्णय अनुसार सो गाउँपालिकाको अध्यक्षको उमेदवार नेकपा( माओवादी) केन्द्रबाट रेशम स्याङ्बो तथा उपाध्यक्ष नेपाली कांग्रेसको तर्फबाट हिमाल कुमार श्रेष्ठलाई उमेदवार बनाउने निर्णय भएको हो ।

नेपाली कांग्रेस पालिका सभापति सगुन श्रेष्ठ र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) उपाध्यक्ष ईश्वर गुभाजूले संयुक्त प्रेस वक्तव्यमा हस्ताक्षर गरेका छन् । जिल्ला तहमा भने गठन्धनको यो समाचार तयार गर्दा समेत कुनै टुङ्गो लागेको छैन् ।