फेक आईडी मार्फत चरित्र हत्या गर्न खोजिएको भन्दै पालिका अध्यक्षद्वारा उजुरी

बैशाख १०, पिस्कर (सिन्धुपाल्चोक) । सार्वजनिक सञ्जाल फेसबुकमा फेक आईडी बनाएर आफू माथि चरित्र हत्या गर्न खोजिएको भन्दै त्रिपुरा सुन्दरी गाउँपालिकाका अध्यक्ष भुपेन्द्र श्रेष्ठले साईबर व्युरोमा उजुरी दिएका छन् ।

स्थानीय तहको चुनाव आउन तीन साता बाँकी रहँदा चुनावकै मुखमा आफ्नो चरित्र हत्या गर्ने हिसाबले फेक आईडी बनाएर सार्वजनिक सञ्जालमा अर्नगल प्रचार गरिएको पालिका अध्यक्ष श्रेष्ठले बताए । उनका अनुसार एक अपरिचत व्यक्तिले नक्कली फेसबुक आईडी बनाएर पालिका अध्यक्ष श्रेष्ठ र पालिकामै कार्यरत एक कर्मचारी (शिक्षा शाखा प्राविधिक) प्रतिमा न्यौपाने बीच प्रेम सम्बन्ध भएको भन्दै फेसबुकमा पोष्ट गरेका थिए । सार्वजनिक सञ्जाल फेसबुकमा आफू विरुद्व त्यस खालको अर्नगल प्रचार आउन साथ प्रतिक्रिया जनाएपछि उक्त अपरिचित व्यक्तिले फेसबुक आईडी नै हटाएको उनले बताए । उनका अनुसार फेक आईडी बनाएर अर्नगल प्रचार गर्ने अपरिचित व्यक्ति चिन्चिवी बोहोराको नामबाट आएको हो । तर त्यस भेगमा चिन्चवी भन्ने कुनै व्यक्ति नै नरहेको उनले बताए ।

´कुनै व्यक्तिले नक्कली नामथर र नक्कली फेसबुक आईडी राखेर मेरो चरित्रहत्या गर्न यस किसिमको दुस्प्रचार गर्न खोजिएको हुन सक्छ’, अध्यक्ष श्रेष्ठले सिन्धुज्वालासंग भने । आगमी स्थानीय तहको चुनावमा आफूलाई पुनः अध्यक्षको उम्मेदवार बन्न नदिने षड्यन्त्रका साथ केही व्यक्ती योजनाका साथ लागेको उनको आरोप छ । त्यसखालको षड्यन्त्र गर्ने को व्यक्ति भन्ने कुरा चाँही अध्यक्ष श्रेष्ठले खुलाउन चाहेनन् ।

एमालेबाट गत स्थानीय निर्वाचनमा त्रिपुरासुन्दरी गाउँपालिकाबाट निर्वाचित श्रेष्ठले फेसबुक स्टाटसमा लेखेका छन्–‘आदरणिय नेकपा एमालेका नेता कार्यकर्ता तथा सुभेच्छुक जनतामा अपिल गर्न चाहन्छु । मेरो राजनितिक जीवन सिध्याउन फेसबुक मार्फत मेसिन्जरमा कुरा गरेको भन्ने बनावटी कुरा बाहिर ल्यायर मेरो चरित्र हत्या गर्ने तरिकाले पोष्ट गरिएको छ । यो कुनैकुरा नभएको र कपोकल्पित भएको हँुदा मेरो र सम्बन्धित पक्षको मेसिन्जरको कुराकानि जस्ताको तस्तै मेरो पार्टीमा पेश गरेका छौं । यसका पछि नलाग्न सबैमा अनुरोध गर्दछु । यस्ता गलत काम गर्नेका नाममा उजुरी गर्ने कुरा पनि अबगत गराउन चाहान्छु ।’

पालिका अध्यक्षसंग जोडेर आफ्नो चरित्र हत्या गर्न खोजिएको पालिकाकी शिक्षा शाखाकी प्राविधिक प्रतिमा न्यौपानेले बताईन । पालिका भित्रकै मान्छेले त्यस्तो खालको हर्कत गरेको उनले बताईन । साईबर व्युरोमा फेक आईडी बनाएर आफूहरुको चरित्रहत्या गर्न खोजिएको भन्दै आफूहरुले बुधबार उजुरी गरिएको उनले बताईन । उनका अनुसार फेक आईडि कर्ताले आईडी नै डिलेट गरेपछि उक्त आईडी पत्ता लगाउन साईबर व्युरोले पीडितको निवेदन अमेरीका पु¥याएइएको छ । सोमबार सो को रिपोर्ट आउने आफूलाई जानकारी आएको उनले बताईन । त्यताबाट पत्ता लगाउन नसके शंकास्पद व्यक्तिलाई छानविन तथा कारवाहीको लागि उजुरी हालिने प्रतिमाले बताईन ।

साईबर क्राईमबाट पीडित पालिका अध्यक्ष श्रेष्ठ र पूर्व शिक्षक हुन् । एमालेभित्र ईमान्दार नेताको रुपमा चिनिन्छन् उनी । पुनः पालिका अध्यक्ष हुन चाहेका श्रेष्ठलाई उम्मेदवार हुनबाट रोक्न त्रिपुरासुन्दरीमा अर्को समुह सक्रिय छ । उक्त समुहले मेघनाथ पौडेललाई अघि सारेको छ । तर एमालेले अझै उम्मेदवारी टुङ्ग्याउन सकेको छैन ।