माओवादी केन्द्रको अबको काम
माओवादी केन्द्रले शान्तिपूर्ण राजनीतिमा अवतरण गरेपछि पनि युद्धकालमा आधारित केन्द्रीकृत संगठनको अभ्यास गर्दै आएको छ । अझै पनि संगठनको सही रूपान्तरणको अभाव छ । द्वन्द्वकालमा केन्द्रीकृत नेतृत्वको आवश्यकता थियो तर माओवादीमा त्यो संस्कृतिको रूपमा विकसित भएको छ । राजनीतिक, वैचारिक रुपले संगठनको रुपान्तरण आजको सान्दर्भिक आवश्यकता हो ।
९० प्रतिशत भन्दा बढी माओवादी अझै पनि कमरेड प्रचण्डको नेतृत्वमा रहेको पार्टीमा संलग्न छन् । शान्तिपूर्ण राजनीतिमा आएपछि माओवादी विचारधारा र रणनीतिको व्यवस्थापनको अभावमा परेको छ । कमरेड किरण अझै पनि कम्युनिज्मको किताब समातेर हामी कार्लमाक्र्सको पालामा जस्तै सोच्दै आएका छन् तर समाज फरक दृष्टिकोणले धेरै परिवर्तन भइसकेको छ । यहाँ स्थिर भएर सुहाउँदैन ।
समय गतिशील छ, त्यसैले हामीले समयको गतिशीलता अनुसार परिवर्तन गर्नुपर्छ । कुनै बेला क्रान्तिकारी भनिने डा. बाबुराम भट्टराईलाई अहिले कम्युनिष्ट पार्टीको नाम पनि घृणा लाग्ने गरेको छ । वैज्ञानिक समाजवादको माग गर्ने विप्लपको पार्टी संगठनमा सानो भएकोले विचारधारामा परम आवाज उठाउने सानो कम्युनिष्ट पार्टीमा परिणत भएको छ । सानो दलले विचारको आवाज उठाउने र ठूला दलले संगठनलाई देखाउने राजनीतिको अन्तर्राष्ट्रिय अभ्यास हो ।
अप्ठ्यारो परिस्थितिमा पार्टी छाडेकाहरू पार्टीमा आउँछन् र पार्टी ठूलो हुनेछ भन्ने कुरामा माओवादी भित्र केही अझै खलबलिरहेका छन् । यी सबै अवसरवाद र उग्रवादको परकास्ट हो । जसले जे सुकै भनोस तर आज सिंगो देश जनयुद्धको एजेन्डा र विचारधारामा चलिरहेको छ । यो अन्य पार्टीका लागि कटु सत्य हो । तर अब हामीले देशमा जनयुद्ध गरेर स्थापित गरेको एजेन्डालाई प्रतिबिम्बित गरेर मात्र पार्टी चलाउन सकिदैन । अब हामीले समाजवादको स्थापनाको आधारभूत एजेण्डाको परिचय दिनुपर्छ । जसलाई महाधिवेशनले कुनै न कुनै रूपमा समावेश गरेको छ ।
समाजवाद स्थापनाका लागि ती एजेन्डालाई जनतामाझ लैजाने हाम्रो यो अन्तिम मौका हो । हाम्रो जीवनशैलीमा धेरै परिवर्तनहरू भएका छन् । जुन पार्टी नेतृत्वले पनि झल्काएको छ । यसको मतलब हामी सर्वहारावर्गका नेताहरूको जीवनशैली राम्रो हुनु हुँदैन भन्ने होइन तर यसको अर्थ सर्वहारा जनताको जीवनशैली राम्रो नभएसम्म हाम्रो जीवनशैली उस्तै हुनुपर्छ । किनभने हामी सर्वहारा वर्गका नेता हौं र हामी उनीहरूलाई प्रतिनिधित्व र प्रतिबिम्बित गर्छौं ।
यो हाम्रो अन्तिम मौका हो । प्रतिगामी शक्तिले यो व्यवस्थालाई असफल बनाउन काम गरिरहेको छ । ती शक्तिहरु संघीयताको विपक्षमा रहेको भन्दै खुलेरै संघीयताको अन्त्यका लागि काम गरिरहेका छन् । माओवादीले यसलाई समाधान गर्नको लागि काम गरिरहेको छैन । जसको परिणाम क्रान्ति असफल हुन सक्छ । यो हिसाबले नि यो चुनाब अन्तिम अवसर हो । नेपाल शक्ति राष्ट्रहरूको नजरमा छ । अमेरिका, भारत र चीनले नेपालमा आफ्नो प्रभाव फैलाउने काम गरिरहेका छन् ।
सन्तुलित सम्बन्ध कायम राखेर हामीले यसलाई विकास र प्रगतिको अवसरका रूपमा लिनुपर्छ र अरू पार्टीले कुर्सी मात्र खोज्ने भएकाले त्यो गर्न सक्दैनन् । यो पनि हाम्रो अवसर हो । पार्टीको नेतृत्व सुस्त हस्तान्तरण गर्नुपर्छ तर समय लाग्न सक्छ किनभने हामी कम्युनिष्ट उमेरभन्दा नेताको विचारमा केन्द्रित छौं । पुँजिवादको विचार समाएर आफुलाई कम्युनिष्ट भन्ने एमाले जस्तो बुर्जुवा पार्टीको जनताबीच चिरफार पनि जरुरी छ ।
हामीले समाजका प्रत्येक पक्षलाई अनुसन्धान गरेर अर्थतन्त्रको रणनीति गतिशील रुपमा बनाउनुपर्छ । गतिशील रुपमा तर यसको अर्थ रणनीतिको विकास गर्दा आधारभूत कम्युनिष्ट सिद्धान्तलाई छोड्ने होइन । उत्पादन बढाएर आम जनताको अर्थतन्त्र उकास्न काम गर्न स्थानीय सरकारलाई प्रोत्साहन गर्नुपर्छ । पूर्वाधार विकासमा प्रदेश सरकारले काम गर्नुपर्छ ।
सङ्घीय सरकारले नीति तथा रणनीति निर्माण प्रक्रिया र अन्तर्राष्ट्रिय मामिलाहरूमा काम गर्नुपर्छ र राष्ट्रिय स्वाभिमानको प्रवर्द्धनमा पनि काम गर्नुपर्छ । यो प्रक्रिया माओवादीले स्थापित गर्नुपर्छ । माओवादीले साँस्कृतिक क्रान्तिमा काम गर्नु पर्छ । किनभने केही नराम्रा सांस्कृतिक प्रचलनहरू अझै पनि चलिरहेका छन् । माओवादी संस्कृति, परम्परा र धर्म विरोधी जस्तै देखिन्छ तर जनताको चेतनाको स्तर परिवर्तन जबसम्म हुँदैन, तबसम्म हामीले तिनको सम्मान गर्नुपर्छ । यी उल्लेखित कुराहरु माओवादी केन्द्रले गर्नु पर्ने आधारभूत काम हुन् । यसप्रति माओवादी केन्द्रको बेलैमा ध्यान जान जरुरी छ ।