‘सिन्धुपाल्चोकको विकास निर्माणमा मेरो अर्जुन दृष्टि छ’–सभामुख सापकोटा
दिनेश दुलाल
चैत्र २३, ढाँडे (सिन्धुपाल्चोक) । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोलाले सिन्धुपाल्चोकको विकास निर्माणमा आफ्नो अर्जुन दृष्टि रहेको बताएका छन् ।
आज जिल्लाको जुगल गाउँपालिका वडा नम्बर १ र ५ जोड्ने मोटरबेल पक्की पुलको शिल्यान्यास गर्ने क्रममा सापकोटाले उक्त कुरा बताएका छन् ।
पुल शिल्यान्यास पछिको संक्षिप्त कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख सापकोटाले सिन्धुपाल्चोकको विकास निर्माण प्रत्यक्ष आफू लाग्ने ईच्छा हुँदाहँुदै पनि सभामुखको जिम्मेवारीले गर्दा सोचेको जस्तो हुन नसकेको स्विकार गरे । ‘यो जिल्लाको समग्र विकास निर्माणमा मेरो अर्जुन दृष्टि छ तर प्रतिनिधिसभाको प्रमुख जिम्मेवारीले गर्दा भनेको जति गर्न गर्न सकिएन’, सभामुख सापकोटाले भने ।
आफू निर्वाचित भएपछि आफ्नो निर्वाचन क्षेत्रमा आउन नसकेको स्विकार्दै सभामुख सापकोटाले अबको चरणमा विकास निर्माण खटिने समेत प्रतिवद्वता जनाए ।
मोटरबेल पुल निर्माणको प्रसंगमा सभामुख सापकोटाले निर्माण हुन लागेको उक्त पुल स्थानीय दुई बस्तीलाई मात्र जोड्ने नभई रणनैतिक महत्व बोकेको धारणा राखे । पुल निर्माणमा निर्माण व्यवसायीले राम्रो र गुणस्तर बनाउन सके व्यवसायीले एउटा अवसरको रुपमा लिन सुझाब समेत दिए ।
सोही प्रसंगमा सभामुख सापकोटाले आफू जनता समक्ष प्रत्यक्ष आउन नसकेपनि आफ्नो पहलमा सो क्षेत्रमा करोडौंको बजेट हालेको समेत स्थानीय सामु दावी पेश गरे ।
सोही कार्यक्रमका विशेष अतिथि नेपाल कम्युनिष्ट पार्टी( एकिकृत समाजवादी) का केन्द्रीय सदस्य एवम् पूर्व सांसद सभाष कर्माचार्यले उक्त पुल निर्माणको लागि धेरै वर्ष अघिको प्रयत्न भएको बताए । ‘सानो प्रयत्न र मिहिनेतले यो पुल निर्माण भएको होईन’, पूर्व सांसद कर्माचार्यले भने ।
पुल निर्माण गर्न व्यवसायीलाइ कुनै अवरोध नआउने ठोकुवा गर्दै नेता कर्माचार्यले समयमै निर्माण सम्पन्न गर्न व्यवसायीलाई उनले आग्रह गरे ।
निर्मल बस्नेतको सञ्चालन तथा वडाअध्यक्ष कमल थापाको सभाअध्यक्षतामा ढाँडेको कवर्ड हलमा गरिएको उक्त कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य माधव सापकोटा, प्रमुख जिल्ला अधिकारी वेदनिधि खनाल, विभिन्न पार्टीका प्रतिनिधिहरु, सुरक्षाका प्रमखहरु लगाएत स्थानीयको समेत बाक्लो उपस्थिति थियो ।
पुल निर्माणले सेलाङ, गोल्चे र लिदी लगाएत क्षेत्रका जनताको आर्थिक जीवनस्तर समेत उठ्न सहयोग पुग्ने १ नम्बर वडाअध्यक्ष कमल थापाको कथन छ । पुल निर्माण पछि लिदी हुँदै पाँचपोखरी पुग्न तथा जिल्ला सदरमुकाम पुग्न निकै छोटो दुरी पर्ने समेत उनको भनाई छ ।
पुल निर्माणको लागि सडक डिभिजन कार्यालय चरिकोट मार्फत केन्द्रीय सरकारको ८ करोड ५० लाख बजेट रहेकोमा सूर्य जेवि आरिका निर्माण कम्पनीले ६ करोड ३३ लाख (२७ प्रतिशत विलोमा) ठेक्का पाएकोे हो ।
६० मिटर लम्बाईको उक्त पुल निर्माणको अवधि २ वर्ष रहेपनि समय अगवै निर्माण सम्पन्न गरिसक्न लागि पर्ने उक्त निर्माण कम्पनीका सञ्चालक रोहित गुभाजूले सिन्धुज्वालालाई बताए ।
यसैबीच सभामुख सापकोटाले नवनिर्मित रत्नराज्य मावि चनौटेमा रहेको भवनको निक्षिण तथा स्थानीयसंग साक्षत्कार गरेका छन् ।
सापकोटाकै पहलमा चीन सरकारको झण्डै सभाअर्ब लागतमा निर्माण सम्पन्न भएको उक्त भवनको संरक्षणमा चुनौति थपिएको भन्दै विद्यालय प्रशासनले सभामुख समक्ष थप बजेट समेत माग गरेका थिए ।
त्यस्तै आजनै सभामुख सापकोटाले कात्तिके बगरमा २ नम्बर वडा कार्यालयले राखेको जनतासंग सभामुख कार्यक्रमलाई समेत सम्बोधन गरेका छन् । कार्यक्रममा भेला भएका सयौं स्थानीयले सभामुख सापकोटालाई भव्य स्वागत गरेका थिए ।
सभामुख सापकोटाका प्रेस विज्ञ श्रीधर न्यौपानेका अनुसार साभामुख सापकोटा आज ब्धबार बेलुका कात्तिके नै बसेर बिहिबार नै चौताराको दारेगौंडामा रहेको बुद्वपार्क उद्घाटनमा सहभागी हुनेछन् ।