सिपाखोलामा बन्यो पक्की पुल, पूर्व सामाजिक विकासमन्त्री दुलालद्वारा उदघाटन

चैत्र २१, ज्यामिरेमाने (सिन्धुपाल्चोक) । जिल्लाको ईन्द्रावती गाउँपालिकाको सिपा खोलामा पक्की मोटरवेल पुल निर्माण सम्पन्न भएको छ ।
गाउँपालिकाको वडा नम्बर ३ र ८ जोड्ने सिपाखोला पुलको प्रतिनिधिसभा २ (क) का प्रदेशसभा सदस्य एवम् पूृर्व सामाजिक विकास मन्त्रीयुवराज दुलालले गरेका हुन् ।

आईतबार नवनिर्मित पुलको उदघाटन पछिको मन्तव्य राख्दै कार्यक्रमका प्रमुख अतिथि बागमति प्रदेश सदस्य एवम् पूर्व सामाजिक विकास मन्त्री दुलालले संघीयताको प्रारम्भपछि मूलुकमा विकासले नयाँ फड्को मारेको धारणा राखे । आफू विकास निर्माणमा ओहरात्र खटेको बताउँदै सांसद दुलालले चुनावमा प्रतिवद्वता जनाएअनुसार २ नम्बर प्रतिनिधिसभा क्षेत्रमा नसोचेको विकास निर्माणका कामहरु भएको बताए । संघीयता सँगै मूलुकमा सन्तुलित विकासको जग बसेको समेत उनले टिप्णी गरे ।

उदघाटन कार्यक्रमका विशेष अतिथि गाउँपालिका राष्ट्रिय माहासंघका माहासचिव तथा ईन्द्रावती गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङले काठमाडौं पुग्न छोटो दुरीमा रहेको यो पुल इन्द्रावती गाउँपालिकाको मध्य दक्षिणी भेगको लाईफ लाइनकै रुपमा विकास भएको ठोकुवा गरे ।
साविक कुञ्चोक र सिपापोखरे गाविस जोड्ने सिपाखोलाको पुल निर्माणको लागि बागमति प्रदेश सदस्य दुलालको पहलमा २ करोड ५३ लाख लागतमा निर्माण भएको हो ।

शान्तिदेवी र मालिकादेवी जेभिद्वारा निर्माण गरिएको १८ मिटर लामो पुलको निर्माणपछि जिल्ला सदरमुकाम चौतारादेखि काठमाण्डौंको दुरी छोटो हुने भएको छ । इन्द्रावती गाउँपालिकाको मध्य दक्षिणी भेगका अधिकाँश स्थानीयहरु पूलको निर्माणपछि लावान्वित भएका छन् । जिल्ला सदरमुकामचौतारा र सिपापोखरेबाट केन्द्रीय राजधानी काठमाण्डौं आवतजावत गर्न यो पुलनिर्माणपछि सहज बनाएको ईन्द्रावती गाउँपालिका वडा नम्वर ८ का वडाअध्यक्ष केदारनाथ आचार्यले बताए । उनका अनुसार सदरमुकाम चौतारा देखि भक्तपुर सम्म जम्मा ५६ किलोमिटर मात्रै रहेको छ । एकवर्ष अघि पूर्वमन्त्री दुलालले नै शिल्यान्यास गरी थालिएको उक्त पुल समय अवधिमै निर्माण सम्पन्न भएको मालिकादेवी जेभिका प्रोपाईटर निर्माण व्यवसायी टंक प्रसाद दुलालले जानकारी दिए ।