पाँचपोखरीमा उत्कृष्ट मोडल विद्यालय, राष्ट्रपतिद्वारा उदघाटन

चैत २१, थाङपालधाप । जिल्लाको पाँचपोखरी थाङपाल गाउँपालिकामा प्रदेशकै उत्कृष्ट विद्यालय निर्माण भएको छ ।
उत्कृष्ट मोडल विद्यालयको रुपमा रहेको पाँचपोखरी थाङपाल भ्याली विद्यालयको राष्ट्रपति विद्यादेवी भण्डारीले उदघाटन गरेकी छिन् ।
दुईवटा माध्यामिक विद्यालय र दुईवटा अधारभुत विद्यालय गाभेर बनाईएको ५ तले ५४ कोठे यस विद्यालय प्रदेशकै दोश्रो नमुना विद्यालय बनेको हो ।

विद्यालय भवनको उदघाटन गर्दै राष्ट्रपति भण्डारीले मोडल विद्यालय निर्माणले शिक्षा क्षेत्रको विकासमा सहयोग पुग्ने बताईन ।
कार्यक्रममा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले यस्तो खालको संरचनाले भविष्यमा शिक्षा क्षेत्रको विकास गरी गुणस्तरीय शिक्षा प्रदान गर्न सहज हुने बताए । सरकारी विद्यालयलाई भौतिक तथा शैक्षिक विकास गर्न सरकार प्रतिबद्धता रहेको बताए । सरकारी विद्यालयमा गुणस्तरीय शिक्षा हुँदैन भन्ने भ्रमलाई चिर्नुपर्नेमा पनि उनले जोड दिए ।

एसियाली विकास बैंक (एडीबी) को २४ करोड रुपैयाँ सहयोगमा बनेको विद्यालयमा दुई हजार जना विद्यार्थी पु¥याउने गाउँपालिकाको योजना रहेको गाउँपालिकाका अध्यक्ष टासि लामाले बताए । शिक्षा क्षेत्रको गुणस्तर वृद्धि गर्नुका साथै विद्यालयलाई प्रविधिमैत्री बनाइ गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले बनाईएको उनले बताए ।

कार्यक्रममा शिक्षा सचिव यादवप्रसाद कोइरालाले यो अभ्यासको अरूले पनि अनुसरण गरेमा अझै प्रभावकारी हुने धारणा राखे ।
उक्त मोडेल विद्यालय पूर्व सामाजिक विकासमन्त्री युवराज दुलालको पहलमा निर्माण थालिएको बताईन्छ । उक्त विद्यालय बागमती प्रदेशभित्रको वृहत् विद्यालय बनाउने योजना अन्र्तगत निर्माण भएको हो । पालिकाभित्रको रैथानेश्वरी मावि, चिलाउने मावि, टालटुलेश्वरी आधारभूत विद्यालय र तीन कन्या आधारभूत विद्यालय गाभेर वडा नम्बर ४ को थाङपालकोटमा एउटै नमुना विद्यालय बनाइएको गाउँपालिकाले जनाएको छ ।

अब कलेज स्थापना गर्नेे, होस्टेल चलाउने, बस ब्यबस्थापन गर्ने, प्राविधिक धारको पढाइ सिटिईभिटि सहित पढाउने,आईसिटि चलाउने लगायतको काममा समन्वय हुने विद्यालय ब्यवस्थापन समिति अध्यक्ष सुन्दर सापकोटाको भनाई छ ।