गाउँको सिंहदरबार !
डिजिटलमैत्री सहित प्यागोडा शैलीको जिल्लाकै उत्कृष्ट प्रशासनिक भवनको उदघाटन हुँदै
दिनेश दुलाल
चैत्र १८ नवलपुर, (सिन्धुपाल्चोक) । झट्ट हेर्दा सिंहदरबार जस्तो भव्य महल छ । लमतन्न परेको नवलपुरको डाँडामा टाढैबाट देखिने रातो रङको सुन्दर महलले सबैको मन आकर्षित बनाएको छ । महल टाढाबाट जति मनमोहक छ, नजिकबाट झनै यसको विशेषता झल्किएको छ । नवलपुरमा बन्दै गरेको यो भवन अन्त कतैको नभएर ईन्द्रावती गाउँपालिकाको प्रशासनिक भवन हो ।
प्यागोडा शैली तथा डिजिटलमैत्री बनेको यो भवन सम्भव त जिल्लाकै उत्कृष्ट भवनको शनिबार उदघाटन हुने भएको छ । उक्त भव्य भवनको पूर्व स्वाथ्य तथा जनसंख्या मन्त्री एवं प्रतिनिधि सभाका सदस्य गगन कुमार थापाले गर्ने भएका छन् । संघीय मामिला तथा सामन्य प्रशासन मन्त्रालय, जिल्ला समन्वय समितिको कार्यालय, सिन्धुपाल्चोक र गाउँपालिकाको लगानीमा ३ महिना अघि निर्माण सम्पन्न भएपनि शनिबार भवनको औपचारिक रुपमा समुदघाटन गर्न लागिएको गाउँपालिका अध्यक्ष वंशलाल तामाङले जानकारी दिए । उनका अनुसार भवनसंगै ईन्द्रावतीमा निर्माण गरिएको रंगशालाको समेत उदघाटन गर्न लागिएको हो । रंगशाला भने युवा तथा खेलकुद मन्त्रालय र गाउँपालिकाको लगानीमा निर्माण गरिएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाको प्रशासनिक भव्य आकर्षमय छ । प्यागोडाशैलीमा बनेको यो भवनमा तलै पिच्छे पाली निकालेर बनाइएको छ । प्यागोडाशैली काठमाडौं शहरमा मात्र बनाईने गरिएकोमा स्थानीय तहमा समेत भव्य महल बन्न थालेपछि जनताले कान्छो सिंहदरकार गाउँमा छिरेको अनुमान लगाएका छन् ।
६ करोड ५२ लाखको लागतमा अघिल्लो माघमा सम्झौता भई निर्माण थालिएको यो भवन १४ महिना मै सम्पन्न भएको हो ।
गाउँपालिकाका अनुसार टक्सार स्वराज जेवीले निर्माणको जिम्मा लिएको उक्त भवन सम्पन्न भएर तीन महनिा अघि नै पालिकाको प्रशासनिक सुचारु गरिएको छ । तीन तलाको चालिस कोठे उक्त भवनको लागत जिल्ला समन्वयबाट एककरोड ४० लाख, संघीय सरकारबाट दुईकरोड र पालिकाबाट ३ करोड लागतमा निर्माण भएको उक्त भवन निर्माणका ईन्जिनिएर राजाराम घोरसाईनेले सिन्धुज्वालालाई जानकारी दिए ।
उनका अनुसार भवन प्यागोडा शैली तथा डिजिटलमैत्री छ ।
त्यस्तै अगाडि प्रत्येक तलामा आँखीझ्याल राखिएको छ भने छानो पुरातात्विक महत्व झल्कने झिंगटीको प्रयोग गरिएकोे छ । पालिका अध्यक्ष उपाध्यक्ष र प्रमुख प्रशासकीय रहने कक्षमा सेन्सरवाला ढोका राखिने भवन डिजाईनमा उल्लेख छ । भवनमा आवश्यक अनुसार ¥याफ ढलान सहित हेबी स्टक्चर समेत रहेको ईन्जिनिएर घोरसाईनेले बताए । जिल्लामा ¥याफ ढलान सहितको हेबी स्टक्चर भने पहिलोपटक भोटेकोशी गाउँपालिकाले सुरुवात गरेको थियो ।