‘प्रतिगमनको अन्त्य भएको छैन’ – सभामुख सापकोटा

निर्मल बस्नेत
१४– चैत्र, चौतारा (सिन्धुपाल्चोक) । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले मुलुकमा अझै प्रतिगमनको अन्त्य नभएको बताएका छन् ।

आज सेतिदेवी पञ्चकन्या माध्यमिक विद्यालयको अविभावक भेला तथा भुतपूर्व विद्यार्थी पुर्नमिलन समारोहमा सम्वोधन गर्दै सभामुख अग्नी प्रसाद सापकोटाले प्रतिगमन अन्त्य नभएको बताएका हुन् । ‘अहिलेको लडाई भनेकै अग्रगमन र प्रतिगमनको हो’, सापकोटाले भने ।
आगमी चुनाव पनि जनमत संग्रहकै रुपमा जाने सभामुख सापकोटाको भनाई छ । आगामी कार्यभार झनै पेचिलो हुने भन्दै सापकोटाले कुविण्डेवासीमा पुनः आर्र्शिवादको आशा राखेको बताए ।

सोही कार्यक्रमको अवसरमा सभामुख सापकोटाले आफ्नो पहलमा विकास निर्माणमा कुविण्डे बन्ने चिस्यानकेन्द्रको लागि १ करोड विनयोजन भएको जानकारी दिए ।
त्यस्तै माओवादी केन्द्रका केन्द्रिय सदस्य एवं सिन्धु, दोलखा र काभ्रे जिल्लाको चुनावी कमाण्ड ईन्चार्ज तथा पूर्व विव्यस अध्यक्ष कृष्णप्रसाद सापकोटाले विद्यालयको भौतिक व्यवस्थापन मजबुद रहेको भन्दै शैक्षिक गुणस्तरमा जोड दिन आग्रह गरे ।

नेकपा समाजवादीको केन्द्रिय सदस्य एवं सिन्धुपाल्चोक इन्चार्ज सुवास कर्मचार्यले सिन्धुपाल्चोकको कम्युनिष्ट केन्द्र कुविण्डे र पिस्कर रहेको स्मरण गर्दै व्यवस्थापिकाको प्रमुखको रुपमा सभामुख प्राप्त गरेकोमा आन्दोदनको उपज र सफलता भएको धारणा राखे । उनका अनुसार बैशाख ३० गते भनेको प्रतिगामी र विस्वासघातीलाई ठेगान लगाउने दिन रहेको छ ।

नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य एवं सिन्धुपाल्चोक जिल्ला इन्चार्ज युवा नेता माधव सापकोटा ‘सुवोध’ ले क्रान्ति शान्तिपूर्ण प्रतिस्पर्दामा रहेको भन्दै पूँजीवादीलाई पनि केहि हिस्सा दिएर समाजवादी व्यवस्थामा अग्रसर रहेको वताए । उनले एमसीसीमा व्याख्यात्मक टिप्पणीमा दक्षिणपन्थी र उग्रवादीहरुलाई निरुत्साहित गर्न सफल रहेको जीकिर गरे ।

कार्यक्रममा उपसचिव, भूपेन्द्र सापकोटा, माओवादीको वाग्मती प्रदेश सचिवालय सदस्य प्रेमप्रसाद सापकोटा, चौतारा साँगाचोकगढी नगरपालिका प्रमुख अमानसिं तामाङ, प्रमुख जिल्लिा अधिकारी बेदनीधि खनाल, शिक्षा विकास तथा समन्वय इकाई प्रमुख कृष्ण प्रसाद सुवेदी र विद्यार्थी स्वइच्छा नेपालले शुभकामना मन्तव्य राखेका थिए ।

सेतीदेवी पञ्चकन्यामा नियमित शिक्षासंगै कृषि प्राविधिक वालीविज्ञानको पनि अध्यापन हुने गरेको छ । कार्यक्रममा विभिन्न सरकारी तथा गैरसरकारी निकाय र जनप्रतिनिधी, अविभावक, विद्यार्थी, शिक्षक र शिक्षप्रमीहरुको सहभागितामा विद्यालय व्यवस्थापन समितिको अध्यक्ष भोला सापकोटाको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा विद्यालयमा योगदान गर्नेहरुलाई सम्मान, विद्यार्थीहरुलाई पुरस्कार वितरण, सम्भुप्रसाद सुवेदीको बविता वाचन,सहित विद्यार्थीहरुको सास्कृतिक कार्यक्रमसमेत समेटिएको थियो ।

यसैबीच सभामुख सापकोटाले आज नै चौतारा साँगाचोकगढी नगरपालिका ४ र ८ जोड्ने तिप्लिङ खोला पक्की पुलको उद्घाटन गरेका छन् । २०७७ असाढमा ठेक्का पाएको टक्सार निर्माण सेवा प्रा.लि.काठ्माण्डौले २ करोड ६० लाख लागतमा यो पुल निमार्ण सम्पन्न गरेको हो । कार्यक्रमलाई सम्बोधन गर्दै मेयर अमान सिंह तामाङले विगतमा स्थानीयबाट ५ हजारका दरले रकम संकलन गरेर यो क्षेत्रमा मोटर बाटो खनिएको स्मरण गर्नुभयो मेयर तामाङले पक्की पुल समयमै निर्माण सम्पन्न भएकोमा निर्माण व्यवसायी र पुर्वाधार विकास कार्यालयलाई धन्यवाद व्यक्त गरे ।

यहाँ पुल निर्माण सुरु भएपछि स्स्थानीयवासीमा उत्साह छाएको छ । पक्की पुल नहुँदा वर्षयाममा समस्या रहेको थियो । पुल निर्माण भएपछि सहजरुपमा आवातजावत गर्न सकिने भएको छ । मोटरेबल पुल निर्माण भएपछि बलेफी चौतारा आवतजावत गर्ने स्थानीयवासी लाभान्वित भएका छन् ।