सर्वोच्चले ग¥यो यस्तो आदेश, जनप्रतिनिधिले राजीनामा दिननपर्ने

चैत्र ८, चौतारा (सिन्धुपाल्चोक) । स्थानीय निर्वाचनमा जनप्रतिनिधिले उम्मेदवार बन्न राजीनामा गर्न नपर्ने भएको छ ।
मनोनयन दर्ताअघि जनप्रतिनिधिले राजीनामा गर्नुपर्ने निर्वाचान आयोगले जारी गरेको निर्वाचन आचारसंहिताको प्रावधान तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको हो ।

स्थानीय तह निर्वाचनमा मनोनयन दर्ताअघि जनप्रतिनिधिले राजीनामा दिनुपर्ने भन्दै आयोगले सूचना नै जारी गरेपछि हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले त्यसविरुद्ध सर्वाेच्चमा रिट दायर गरेका थिए ।

सो रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले निर्वाचन आचारसंहिताको सो व्यवस्था तत्काल कार्यान्वन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले निर्वाचन आयोगलगायतका निकायलाई विपक्षी बनाएर सर्वोच्चमा रिट दिएका थिए । जनप्रतिनिधिले पदमा वहाल रहेर स्थानीय तहको निर्वाचनमा प्रतिस्पर्धा गर्न पाउनुपर्ने माग गर्दै उनले रिट दायर गरेका थिए । सर्वाेच्चको फैसलाले न्याय र विधिको शासन कायम भएको अध्यक्ष शेर्पाकोे कथन छ । सर्वोच्चको आदेश संगै स्थानीय जनप्रतिनिधिहरु निकै खुशी देखिएका छन् । उनीहरुले सामाजिक सञ्जाल मार्फत वधाई समेत दिएका छन् ।

यो पनि पढ्नुहोस

निर्वाचन आचारसंहितामा विभेद गरेको भन्दै सिन्धुपाल्चोकका जनप्रतिनिधिले गुहारे सर्वोच्च