
प्रेमध्वजले गरे वंशलाललाई सर्मथन, बंशलालको जित्ने सम्भावना बढ्यो

फागुन २९, चौतारा (सिन्धुपाल्चोक) । नेपाली कांग्रेस पार्टी सिन्धुपाल्चोकको जिल्ला अधिवेशन अन्र्तगत पहिलो चरण मत परिणाम प्राप्त भएसंगै प्रतिष्पर्धी प्रेमध्वज लामाले वंशलाल तामाङलाई समर्थन गर्ने भएका छन् ।
शनिबार भएको पहिलो चुनावी प्रक्रियामा त्रिपक्षी भिडन्तमा कुनैले पनि ५१ प्रतिशत मत पु¥याउन नसकेपछि आज पुनः दोस्रो चरणको मतदान हुने नेपाली कांग्रेस सिन्धुपाल्चोकले जनाएको छ । पहिलो चरणको चुनावी प्रतिश्पर्धामा सभापतिमा बंशलाल तामाङ, जंगबहादुर तामाङ र प्रेमध्वज प्रधान भिडेका थिए । अब दोस्रो चरणमा प्रेमध्व लामाले बंशलाल तामाङलाई समर्थन गर्ने घोषणा गरेका हुन् । शनिबार बेलुकी भएको मत गणनामा कुल १८७४ मत खसेको मध्य सभापतिका दावेदार जंगबहादुर लामाले सबभन्दा बढी मत ल्याएका थिए । उनले ७०५, दोस्रोमा बंशलाल तामाङले ६२९ र प्रेमध्वज लामाले ४९३ मत प्राप्त गरेका थिए ।
अब हुने दोस्रो चरणको प्रतिष्पर्धामा तेस्रो भएका प्रेमध्व र बंशलालले पाएको मत जोड्दा बंशलालको पक्षमा ११२२ मत हुन आउँछ । दुई मिल्दा ४ सय १७ मतले अगाडी रहेका बंशलालको जित्ने निश्चित भएको क्षेत्रीय सभापति आईतमान तामाङ (ज्ञानु) ले बताए ।
नेपाली काङ्ग्रेस सिन्धुपाल्चोकको जिल्ला सभापतिको लागि डा. प्रेमध्वज लामाले बंशलाल तामाङलाई जिताउन चौतारामा पत्रकार सम्मेलन गरि आग्रह गरेका थिए । पत्रकारमाझ संक्षिप्त मन्तव्यमा उनलाई नेता मोहन बस्नेतले घोर अपमान गरेका भनि आपत्तिसमेत जनाए ।
विज्ञप्तीमा लामाले पार्टीमा विभेद, निषेध र गैर राजजनीतिक संस्कृतिको अन्त्य गर्नु आजको आवश्यकता हो भनेका छन् । उनले भनेका छन् आजको मूख्य चुनौती मुल्य, मान्यता र त्यागको राजनीतिलाई अपमानित र विस्थापित गरि व्यक्तिवादी र नीजी स्वार्थको निरन्तर वर्चस्व कायम गर्न खोज्ने प्रबृति विरुद्धको संघर्ष हो । पत्रकार सम्मेलनमा नेता विष्णु खत्री र पुराना नेता राजेन्द्रमान ताल्चाभडेलले पनि मोहन प्रवृतिको अन्त्य हुने र विचारको विकास हुने वातावरण विस्वास जनाएका थिए ।
सभापतिको चनावी मैदानमा रहेका बंशलाल तामाङले सन्तलित पार्टी निर्माण गनै प्रतिबद्धता समेत जनाएका छन् ।
पार्टी विधानले व्यवस्था गरअनुसार ५१ प्रतिशत मत नआएपछि पुन दास्रो चरणको निर्वाचन हुन लागेको हो । मतदान आज ११ बजे बाट सुरु हुने जिल्ला सभापति विकास लामाले जानकारी दिए ।
वंशलाललाई १ नम्बर क्षेत्रका विष्णु खत्री लगाएत जिल्ला सभापती बिकाश लामा, पूर्व सभापती भुपेंद्र थापा, क्षेत्रीय सभापती आईतमान तामाङ लगाएतको समर्थन रहेको बताईन्छ । उपसभापतिको उम्मेदवार बनेका तरुण दलका जिल्ला अध्यक्ष दोर्जे लामा समेत बंशलाल तामाङकै प्यानलबाट उठेका कारण परिणाम तामाङको पक्षमा आउने बंशलाल पक्षधरका कार्यकर्ताको ठम्याई छ ।