नेपाली कांग्रेस जिल्ला सभापतिमा ६४ मतकाे अन्तरले जंगबहादुले जिते

नेपाली कांग्रेसकाे जिल्ला सभापतिकाे लागि भएकाे दाेस्राेचरणकाे प्रतिश्पर्धामा जंगबहादुर तामाङले ६४ मतकाे अन्तरले जित हाँसिल गरेका छन् । उनले ९१२ मत ल्याएर अर्का प्रतिश्पर्धी बंशलाल तामाङलाई पछि पार्दै जित हाँसिल गरेका हुन् । वंशलाल तामाङले ८ सय ४८ मत ल्याएका थिए । कुल मत १७८१ मत खसेकाेमा १५ मत बदर भएकाे थियाे । ईन्द्रावती गाउँपालिका अध्यक्ष समेत रहेका वंशलाल तामाङलाई पहिलाे चरणका प्रतिश्पर्धी प्रेमध्वज लामाकाे समेत समर्थन रहेकाे थियाे । धेरैले सभापतिमा वंशलाल अाउने सम्भावनालाई नजिक्याए पनि थाेरैकाे मत अन्तरले जंगबहादुरले जित हाँसिल गरेका छन् ।।