प्रलेस सिन्धुपाल्चोककाे अध्यक्षमा निर्मल बस्नेत

चौतारा (२८ फागुन २०७८ ) प्रगतिशील लेखक संघ सिन्धुपाल्चोकको छैटौँ जिल्ला सम्मेलन सम्पन्न भएको छ । सम्मेलनबाट सर्वसहमतरुपमा निर्मल बस्नेत अध्यक्षतामा निर्वाचित भएका छन् ।
प्रलेसको उपाध्यक्ष सरस्वती अधिकारी, सचिव दिल कार्की, सहसचिव दिपेन्द्र श्रेष्ठ, कोषाध्यक्ष हेमन प्रधान, सदस्यहरु ज्ञोनेन्द्र तिमल्सिना, केशवप्रसाद अधिकारी, रमेश पौडेल, मञ्जु नेपाल, उद्धब प्याकुरेल र पछि ३ सदस्य थप गर्ने निर्णय भएको नवनिर्वाचित अध्यक्ष बस्नेतले जानकारी दिए ।
चौतारामा भएको सम्मेलन प्रलेसको केन्द्रिय सदस्य एवं वाग्मती प्रदेश अध्यक्ष जगतप्रसाद रेग्मीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । उनले पश्चिमा संस्कृती र यथास्थीतीवादी संस्कृति हावी रहेकोले त्यसको विरुद्ध प्रलेस अग्रसर हुनुपर्नेमा जोड दिए । त्यस्तै नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकको अध्यक्ष जीवन श्रेष्ठले प्रगतीवादी साहित्यको कार्यशाला गोष्ठी गर्न र पुरानाहरुको सम्मान गर्न सुझाव व्यक्त गरेका थिए । र, प्रलेस सिन्धुका सल्लाहकार गंगाप्रसाद पौडेलले सामाजिक विकृतिको भण्डाफोर गर्न र प्रगतीवादी आन्दोलनलाई माथी उठाउन आग्रह गर्दै सम्मेलन सफलताको शुभकामना मन्तव्य राखेका थिए ।कार्यक्रममा पूर्व अध्यक्ष साधुराम नेपाल र दिनेश दुलाल, सल्लाहकार सुरेश कसजुको आतिथ्यता रहेको थियो । कार्यक्रममा अघिल्लो कार्यकालको सचिव निर्मल बस्नेतवाट सांगठनीक प्रतिबेदन र कोषाध्यक्ष सरस्वती अधिकारीले आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए । सम्मेलन कार्यक्रममा हेमन प्रधानले स्वागत मन्त्व्य र यदुनाथ बशन्तपुरेको सभापतित्वमा सम्पन्न भएको हो ।