अमृता नेपाल केन्द्रिय सदस्यमा मनोनित

२३–फागुन २०७८
निर्मल बस्नेत, चौतारा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को बैठकले सिन्धुपाल्चोक जिल्लावाट महिला नेतृ अमृता नेपाल “प्रभा” लाई मनोनित गरेको छ । महाधिबेशनवाट पारित २ सय ९९ जना केन्द्रिय सदस्य बनाउने निर्णयअनुसार बाँकी रहेका कोटामा मनोनित गर्ने प्रावधानअनुसार केन्द्रिय समितिको बैठकले निर्णय गरिमनोनित गरेको हो ।

मनोनित अमृता तत्कालिन नेपाल कम्युनिष्ट पार्टी माओवादीले सञ्चालन गरेको १० वर्षे जनयुद्धमा २०५६ साल बैशाख २२ गते पूर्णकालिन कार्यकर्ताको रुपमा भूमिगत भएकी थिईन् । नीजले औपचारिक पार्टी सदस्यता २०५६ भदौमा पाएयता पार्टीको एरिया कमिटी सदस्य, अखिल नेपाल महिला संघ(क्रान्तिकारी) को जिल्ला उपाध्यक्ष, २०५९ सालमा पार्टी जिल्ला कमिटी सदस्य, २०६० सालमा अखिल नेपाल महिला संघ(क्रान्तिकारी) को जिल्ला अध्यक्ष, पार्टीको ताम्सालिङ राज्य कमिटी सदस्य २०७१ सालमा पार्टीको जिल्ला सचिब हुँर्दै बाग्मती प्रदेश सचिवालय सदस्यको रुपमा रहदैै हाल सिन्धुपाल्चोक जिल्लाको जनवर्गिय संगठनको इन्चार्जको भूमिकामा रहेर जिम्वेवारी सम्हाल्दै आईरहेकी थिईन् ।

स्मरण होस् उनलाई १३ वर्षको उमेरमा परिवारले बैवाहिक जीवनमा गाँसिदिएका थिए । सो बखत उनि मात्र ७ कक्षामा अध्यनरत थिईन् । उनि वालबिवाहको विद्रोह गर्दै परिवर्तनको यात्रामा सामेल भएकी एक क्रान्तिकारी साहसी महिला पनि हुन् । उनले सामाजिक संञ्जाल फेसबुकमार्फत पार्टीले गरेको निर्णयप्रति हार्दीक आभार व्यक्त गरेकी छिन् । हामीलाई जानकारी भएअनुसार हालसम्मकै सिन्धुपाल्चोक जिल्लाबाट पार्टीमा सक्रिय राजनीतिक यात्रामा महिला पार्टी केन्द्रिय सदस्य भएको दोस्रो हो । यसभन्दा अगावै मेलम्ची नगरपालिका उपाध्यक्ष भगवती नेपाल नेकपा(समाजवादी) को पार्टी केन्द्रिय सदस्य भईसकेकी छिन् ।