अनेमसंघको पूर्ण बैठक विभिन्न महत्वपूर्ण निर्णय गर्दै सम्पन्न

८ मार्चमा जिल्लाभर कार्यक्रम गर्ने

निर्मल बस्नेत÷चौतारा (फागुन–२१) अखिल नेपाल महिला संघ (क्रान्तिकारी) सिन्धुपाल्चोकको पूर्ण बैठक शनिवार चौतारामा सम्पन्न भएको छ । बैठकको निर्णयअनुसार अन्तराष्ट्रिय श्रमिक महिला दिवश ८ मार्च २०२२ को अवसरमा फागुन २४ गते जिल्लाभर कार्यक्रम गर्ने भएको छ ।
जिल्ला अध्यक्ष अम्बीका नेपालले दिएको जानकारी अनुसार संघले जिल्लाको चौतारा, मेलम्ची,खाडीचौर र बाह्रविसेमा प्रभावकारी कार्यक्रम गरिने भएको छ ।

चौतारामा भएको बैठक अनेमसंघको केन्द्रिय सचिवालय सदस्य तथा नेकपा (माओवादी केन्द्र) वाग्मती प्रदेश सचिवालय सदस्यअमृता नेपालको प्रमुख आतिथ्यता र नेकपा (माओवादी केन्द्र) वाग्मती प्रदेश सचिवालय सदस्य तथा जिल्ला अध्यक्ष गोविन्द पराजुली अभिनाशको विशेष आतिथ्यतामा भएको हो । बैठकमा बोल्दै प्रमुख अतिथी नेपाालले सम्पूर्ण जनवर्गिय संगठन मध्ये महिला पहिलो हुने दौडमा भाग लिन सवैलाई निर्देशन दिईन् । उनले महिलाहरु पार्टीको गतिविधिमा अग्रभागमा उभिने र प्रभावकारी काम गर्नेमा बिस्वास लिएकी थिईन् ।

त्यस्तै पार्टी बाग्मती प्रदेश सचिवालय सदस्य एवं जिल्ला अध्यक्ष गोविन्द पराजुलीले आशन्न स्थानीय तहको निर्वाचनमा महिलाहरुवाट मूख्य पदमा दावेदारी प्रस्तुत गरि जनविस्वास लिएर विजयी हुने खेलमा सहभागि हुनमा जोड दिए । त्यस्तै महिला नेत्री माओवादी केन्द्रको जिल्ला समन्वय समिति सदस्य दुर्गा थापाले महिलाहरु आफैमा दृढ विस्वास र संकल्पसहित हरेक गतिविधिमा संलग्न हुदै परनिर्भर्तालाई हटाउनु पर्नेमा जोड दिईन् ।

अनेमसंघकी जिल्ला सचिव तारा रानाले दिएको थप जानकारी अनुसार संघले सदस्यता वितरण,इकाई तथा सेल र टोल समिति गठन, वडा सम्मेलन हुँदै पालिका सम्मेलन साथै चैत्र मशान्त सम्ममा जिल्ला सम्मेलन गरि नयाँ उभारकासाथ जाने निर्णय भएको बताईन् । साथै संगठनको नाममा मूखपत्र “महिला जागरण” र २०७९ सालको भित्तेपात्रो पनि प्रकाशन गर्ने लक्ष्य रहेको छ । बैठकमा महिला नेत्री सुमित्रा बस्नेत, मुना ढकाल र जिल्ला समितिको सदस्यहरुको सहभागितामा सम्पन्न भएको थियो ।