सन्दर्भ सहिद सप्ताह– जनयुद्धका सहिद तथा वेपत्ताका परिवारसंग माओवादी नेता कार्याकर्ताको घरदैलो
फागुन १७, चौतारा । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) फागुन १४ देखि २१ सम्मलाई सहिद सप्ताहको रुपमा मनाउँदै आएको छ । १४ बाट माओवादी केन्द्रले लाई ०ले आजबाट देशव्यापी रुपमा सहिद सप्ताह सुरु गरेको छ । यस अन्तर्गत पार्टिका नेता कार्यकर्ता जनयुद्धमा सहिद तथा वेपत्ताका परिवारमा घरदैलो कार्यक्रम गरेका छन् ।
शनिबार सिन्धुपाल्चोक जिल्लाका प्रथम सहिद गोविन्द घलेको जन्मस्थान मेलम्ची –९, चाँखुबाट सुरु गरिएको भेटघाट कार्यक्रममा बागमती प्रदेशका पूर्व सामाजिक विकास मन्त्री एवं माओवादी केन्द्रका केन्द्रिय सदस्य युवराज दुलाल ,बागमति प्रदेस सचिवालय सदस्य चन्द्र बहादुर थापा लगायत नेता कार्यकर्ता उपस्थित भए । घलेको २०५३ साल माघ ९ गते हैबुङमा हत्या भएको थियो ।
सो पार्टीले जिल्लाभर नै यो अभियान थालिएको माओवादी केन्द्र जिल्ला समन्वय समितिका संयोजक गोविन्द पराजुली अविनाशले जानकारी दिए । भेटमा सहिद तथा वेपत्ता भएका परिवारलाई सम्मान, उपहार प्रदान गरिने, अवस्था बुझ्ने र उहाँहरुको दुखमा सहयोग गर्ने उद्देश्य रहेको उनले बताए ।
फाुगन १४ देखि २१ सहिद सप्ताह अन्तर्गत एक हप्ता जिल्लाका १८० सहिद र वेपत्ता १२ योद्धाको जन्म स्थानमा पुग्ने कार्यक्रम रहेको उनले बताए । १ नम्बर क्षेत्रमा केन्द्रिय सदस्य माधव सापकोटा सुवोध र २ नम्बर क्षेत्रमा युवराज दुलालको नेतृत्वमा भेटघाट कार्यक्रम भईरहेको सो पार्टीले जनाएको छ ।