‘हेलम्बुलाई भ्रष्टचारशून्य गाउँपालिका बनाउन सफल भएका छौं’

निमा ग्याल्जेन शेर्पा (अध्यक्ष)
हेलम्बु गाउँपालिका, सिन्धुपाल्चोक

यतिबेला स्थानीय तहको अवधि सकिदै छ । सरकारले आगमी २०७८ बैशाख ३० का लागि स्थानीय निर्वाचन समेत घोषणा गरिसकेको छ । यो अवस्थामा हेलम्बु गाउँपालिकाको पाँच वर्षीय उपलब्धीहरुको सन्दर्भमा समिक्षा सहित हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पासंग सिन्धुज्वाला साप्तहिकका सम्पादक दिनेश दुलालले लिएको कुराकानीको सम्पाददित अंश–सम्पादक

१) यहाँ निर्वाचित हुनुभएको पाँच वर्ष पुग्नै लागेको छ । यो पाँच वर्षको अवधिलाई यहाँले कसरी लिनु भएको छ संक्षिप्तमा बताईदिनुस न ।

निश्चय नै यो पाँच वर्षको अवधि हाम्रो लागि सजिलो थिएन । संघीयता ठिक हो की बेठिक हो भन्ने कुरामा ठूलो बहस चलिरहेको थियो । संघीयता विरोधी भ्रमलाई चिर्न पनि हामीलाई निकै ठूलो जिम्मेवारी र चुनौति थियो । त्यो संगसंगै हामीले सरकारको दायित्व जनतालाई दिने सेवाहरुको बारेमा कसरी जनतालाई सेवा दिन सकिन्छ भन्ने कुरा त छँदै थियो । त्यो संगसंगै हामीले ऐन नियमहरु बनायौं । जस्तै शिक्षा, स्वास्थ्य लगाएत हरेक क्षेत्रमा ऐन नियमहरु बनाएर अगाडि बढ्यौं । मलाई लाग्छ जुनबेला स्थानीय सरकार गठन भएर आईसकेपछि हामीसंग ठूलो चुनौति थियो । त्यो चुनौतिलाई हामीले पार गर्दै आईरहेका छौं ।

हेलम्बुमा हाम्रो पाँच वर्षे कार्यकाल त भयो तर निर्धक्क काम गर्न पाएको भने मात्र दुई वर्ष हो । दुईवर्ष कोभिडका कारण योजनामा अवरोध भयो । फेरी गतसालको बाढीले तहसनहस नै बनायो । तर पनि हामीले जनतालाई दिने सेवामा कमि भएको छैन् । स्वास्थ्यको क्षेत्रमा सुत्केरी आमाहरुलाई दिएको सेवाहरु, कृषिको क्षेत्रमा, रासायनिक मलमा अनुदान लगाएत हरेक क्षेत्रमा अगाडि बढेका छौं । संघीय सरकार होस, संघीय सरकार होस जुनसुकै सबै सरकारको एउटा मात्र उद्देश्य के हो भने हामीले सफल भयो या भएन भन्ने कुराको तराजुमा राखे जस्तो काँही मापन हुँदैन । हेलम्बु गाउँपालिकाको हेर्ने भनेको जनतामा खुशी छकी छैन भनेर हेर्ने हो । यदि जनता खुशी छन् भने हामीले गरेको कामको सफल भको भनेर त्यसरी मूल्याङ्कन गर्ने हो । संघीय सरकारले देशभरका जनता खुशी छ की छैन भनेर हेर्ने हो ।

जाहाँसम्म लाग्छ हामीले दृघरोगीहरुलाई औषधी दिने, वर्थिङ सेन्टरलाई अपग्रेड गर्ने, एम्बुलेन्स फ्रि गर्ने, शिक्षा क्षेत्रमा ईसिडिका शिक्षिकाहरुलाई थप सेवा दिने, स्वास्थ्य बीमा लगाएत पुरा गरेका छौं । त्यस्तै नेपाल सरकारले पाँच कक्षा सम्मलाई खाजा कार्यक्रम गरेपनि हामीले १० कक्षा सम्मलाई खाजा कार्यक्रम समेत गरेका छौं । नेपालमा सबै पुराना संस्कृतिहरु लोप हुँदै गयो भनेर समवुद्व तथा ह्योल्मो संस्कृतिलाई जगेर्ना गरेका छौं । सबै विद्यालयहरुलाई माध्यामिक विद्यालय बनाउने भनेर मोडल विद्यालय बनाउने लगएत हरेक कुरामा हामी अगाडी बढिरहेका छौं । हेलम्बु गाउँपालिका देशकै पर्यटन क्षेत्र भएको हुनाले चाईना पछिको ६० किमी लामो ग्रेटट्रेल निर्माण गर्दै छौं । जसमध्य एककिलो मिटर निर्माण गरिसकेका छौं ।

करिब चार अर्ब लागत लाग्छ त्यति पैसा काहाँबाट ल्याउने भन्ने समस्या रहेपनि हामीले जसरी पनि गर्छौं भनेर लागेका छौं । त्यस्तै बन्जिजम्पिङको निर्माण धमाधम भईरहेको छ । ग्रामिण भेगमा जाने सडकहरु निकै नाजुक अवस्थाका थिए । कम्तिमा पनि १० मिटर बनाएका सडकहरु अबको ५० वर्ष सम्मलाई फराकिलो बनाउन पर्दैन । सबै कुराले यो अवधिमा हेलम्बु गाउँपालिकाले सफलता पाउन सक्यो भन्ने मलाई विश्वास लागेको छ । तैपनि हाम्रो लागि अझै पुग्दो भएको छैन् । यहाँको मान्छेहरुलाई आर्थिक स्थितिमा कसरी लिएर जाने भन्ने कुरामा अगाडि बढेको छु । शिक्षामा जसरी सोचेका थियौं त्यहि अनुसार अगाडि बढ्न सकेको छैन् । किनकी कोभिडले दुई वर्ष नै अवरोध पु¥यायो । शिक्षामा मैले जुन चाहेको थिएं त्यो अनुरुप अगाडि बढ्न सकिरहेको छैन् । तरपनि हामीले गाउँपालिकामा भ्रष्टचार शुन्य गाउँपालिका बनाउन सफल भएका छौं । यहाँहरुले बुझ्न सक्नु हुन्छ की गाउँपालिकाका कर्मचारीले सेवाग्राही संग अहिलेसम्म एकरुपैंया पनि लिएका छैनन् । यो कुरामा हेलम्बु गाउँपालिका सफल भएको छ । कर्मचारी साथीहरुले पनि सक्रियतापूर्वक काम गरिरहेको छ । त्यसकारण धेरै चुनौतिहरुका बाबजुत पनि हेलम्बु गाउँपालिकाले पार गर्दै आएको छ ।

२) मुलुकमा संघीयता लागु भएसंगै स्थानीय सरकारहरु बनेका छन् । यो पाँच वर्षको अवधिलाई हेर्दा संघीयता कति सफलता भएको यहाँले ठान्नु हुन्छ ?

संघीयता ठिक छ की छैन भनेर हेर्दा यहाँलाई स्पष्ट भनौंकी मुलुकमा जसरी कोभिड फैलियो । यदि स्थानीय सरकार नभई दिएको भए जनताको हालत के हुने थियो । यहाँहरुले मूल्याङ्कन गर्न सक्नुहुन्छ । संघीयताको तीनवटा तहमध्ये गाउँपालिका पनि एउटा सरकार हो । संघीयता नै आवश्यक छैन भनेर केहीले भनिरहेका छन् । तर संघीयताको सुन्दर पक्ष भनेको के हो भने जुन जिल्लाको मन्त्री हुन्छ त्यहि जिल्लाको विकास लिएर जाने । जुन ठाउँको प्रधानमन्त्री बनेको छ त्यहि ठाउँमा विकास लिएर जाने चलन थियो । तर संघीयता आएपछि त्यसो हुन पाएन ।

संघीयता भनेको सबै ठाउँमा समान विकास भएन भनेर मागेको त हो नी । त्यहि अनुरुप अहिले के भईदियो भने संघीयता भईसकेपछि बागमति प्रदेशको पैसा अर्को प्रदेशमा जान्छ ? जस्तो सुदुर पश्चिम प्रदेशमा पहँुच भएन भने त्यहाँ एक पैसा नै जाँदैनथ्यो । तर अहिले त्याहाँ जाने पैसा त अहिले गयो नी । यसकारण यो कुराले पनि संघीयता हामीलाई जसरी पनि चायो भन्ने कुरामा यो साविक भएको छ । र एउटा कुरामा के हो भने सरकार चलाउने नेतृत्वहरु असफल भएको होला त्याहाँ बस्ने मन्त्रीहरु असफल भएको होला । तर अहिले संघीयता केही होईन भनेर अहिले भन्ने बेला भएको छैन ।

त्यसकारण संघीयता कार्यान्वयन गर्नका लागि अझै समय बाँकी छ । संघीयता असफल भयो भन्ने कुरामा म सहमत छैन । हिमाल, पहाड र तराईलाई एकैचोटी माथि उठाउनको लागि संघीयता जरुरत थियोे । संघीयता भएको देश र नभएको देशको तुलना गर्दा ८० प्रतिशत संघीयता भएको देश विकासमा अगाडि बढेको छ । यसकारण संघीयताको सुन्दर पक्ष केहो भन्ने कुरा जनतालाई बुझाउन जरुरत छ । संघीयताले जनतालाई डेलिभरी दिने कुरामा म ढुक्क छु । जसले जाहाँ नेतृत्व गर्छ उसले मेरो जिम्मेवारी के हो भनेर बुझ्न सके सबै कुराहरु ठिक हुन्छ भन्ने मलाई लाग्छ ।

३) संघीयता लागु भएर स्थानीय तह मार्फत यहाँ निर्वाचित भएपछि यहाँले गर्नु भएको एकदुईवटा लोकप्रिय कार्यक्रम मात्र भनि दिनुहोस न ।

म निर्वाचित भएर अहिले सम्म आउँदा मैले धेरै ठूलो काम गरें भनेर म भन्दिन । यो यहाँका जनताले भन्ने कुरा हो । मैले भन्ने कुरा के हो भने जस्तै हेलम्बु गाउँपालिकामा हामी आउँदा वर्थिङ सेन्टरमा जम्मा पाँचजनाले मात्र सेवा सुविधा लिने अवस्था थियो । राष्ट्रिय तथ्याङमा यो हेलम्बु गाउँपालिकामा मात्रै ४ सय आमाहरु सुत्केरी हुन्छन भन्ने तथ्याङ्क थियो । यो तथ्याङ्क अनुसार गाउँमै सुत्केरी गराउने व्यवस्था भएन भनेर हामी गाउँपालिका लाग्यौं ।

यसकारण नेपाल सरकारले ३ हजार दिन्छ, हामीले ३ हजार थप दिन्छौं । सुत्केरीलाई मात्रै होईन जनतालाई पनि एम्बुलेन्स निशुल्क गराईदिएका छौं । घरबाट सुत्केरी आमाहरुलाई वर्थिङ सेन्टरमा लगेर पुनः घरमै पु¥याउने व्यवस्था भएको छ । त्यति मात्र होईन काठमाडौं लान परेपनि लगिदिने व्यवस्था छ । केहीगरी आपतकालिन प¥यो भने हेलिकप्टेर मार्फत लगिदिने व्यवस्था छ । त्यस्तै हामीकाँहा प्रयोग भएको दुईवटा वर्थिङ सेन्टरमा आरमस्थल रुम बनाएका छौं । जाहाँ कुरुवा समेत बस्ने ठाउँ र खाने ठाउँ निशुल्क गरेका छौं । एउटा वर्थिङ सेन्टरमा एकसय जना भन्दा बढीले सेवा लिएको भनेर यहाँहरुले नै समाचार लेख्नु भएको छ । सुत्केरी आमाहरुलाई सात दिनको दिनमा स्वास्थ्य चौकिमा जचाउन पर्ने वाध्यतालाई राज्यले झन अपराध ग¥यो भनेर बरु घरघरमै डाक्टर पु¥याईदिने व्यवस्था गरेका छौं ।

त्यस्तै कोभिडको समयमा हामीले डाक्टर लिएर म आँफै गाउँ गाउँमा पुगें । चुनावको समयमा पनि नपुगेको जनताको घरघरमा डाक्टर सहितको टोली लिएर पुगेका थियौं । त्यति मात्र होईन हेलम्बु गाउँपालिका भित्र ८÷९ सय जना जति दृघ रोगीलाई निशुल्क औषधी दिएका छौं । त्यस्तै किसानलाई अनुदान दिएका छौं । जस्तै नेपाल अधिराज्य भरी रासायनिक मलहरु कतै नपाउँदा हेलम्बु गाउँपालिकामा कहिल्यै मल अभाव हुन दिएनौं । डिलरबाट ल्याएर व्यापारी साथीहरुलाई दिने व्यापारी साथीहरुले मल सटेज गराउने चलन थियो तर हामीले त्यो चलनलाई अन्त्य गरेर डिलरहरुले धुलीखेलको कृषि सामाग्रीमा जति रुपयाँ पर्छ त्यतिमै किसानहरुलाई दिनपर्ने । किसानलाई दिनु पूर्व बीचको ढुवानी र खर्च प्रत्येक किसानलाई अनुदान दिने । जस्तै एक किसानलाई २ सय देखि २ सय ५० सम्म अनुदान दिईरहेका छौं । यस्तो खालको अनुदान नेपाल अधिराज्य भरी काँही पनि छैन ।

त्यस्तै शिक्षकहरु सबैलाई हामीले स्वास्थ्य बीमा व्यवस्था गरेका छौ । त्यस्तै आपतकोष भनेर खडा गरिदिएका छौं । ईसिडि सेवा भनेर नेपाल सरकारले ६ हजार पैसा दिन्छ तर त्यसले खान पनि पुग्दैन । हामीले प्रत्येक महिना ४ हजार थपिदिएका छौं । नेपाल सरकारले ५ कक्षा सम्मकालाई खाजा कार्यक्रम गरेपनि हेलम्बु गाउँपालिकाले ६ कक्षा भन्दा माथिको विद्यार्थीलाई मात्र होईन शिक्षलाई समेत खाजा खुवाई रहेका छौ । प्रत्येक विद्यालयमा हामीले किचेन गार्डेन बनाएका छौ । यसैगरी अन्य भौतिक पूर्वाधारको हिसाबले सडक, ग्रेटट्रेल, बन्जीजम्प, मोडेल विद्यालय, अस्पताल टेन्डर प्रक्रिया लगाएत कामलाई तिब्रता दिएका छौं । त्यसैगरी हामीले छिट्टैनै पालिका भवन बनाउने कुरामा अगाडि बढाएका छौं । यस्तै हामीले प्रत्येक विद्यालयमा हिन्दु धर्म अबलम्बीहरुको लागि संस्कृति र बुद्वधर्म अबलम्बीहरुको लागि सम्बटको सुरुवात गरेका छौं । त्यस्तै बजेट असारमा मात्र खर्च गर्ने परिपार्टीलाई हेलम्बु गाउँपालिकाले चैत्रभित्रै योजना सक्ने कामको थालन िगरेको छ । पूँजिगत खर्च चाँही हेलम्बु गाउँपालिकाले शतप्रतिशत पुरा गर्ने गरेको छ । भएको स्रोत परिचालन गरेर जनतालाई दिने सेवा सुविधामा हेलम्बु गाउँपालिकाले काँही बाँकी राखेको छैन् ।

४) हेलम्बु गाउँपालिकालाई पाँच वर्षमा सबै हिसाबले सुन्दर बनाउने यहाँहरुले सपना लिनु भएको थियो तर यसपटकको बाढीले चक्नाचुर बनाईदिएको छ । अबको पुनर्निमार्णको लागि हेलम्बु गाउँपालिकाले कस्तो भूमिका र अग्रसर थालेको छ ?

हेलम्बु गाउँपालिकामा ७ वटा वडा मध्ये ६ वटा वडामा मेलम्ची बाढीले ठूलो क्षति पु¥यायो । मोटरवेल पुल साथै झोलङ्गे पुल समेत बगाएको छ । यसपछि गाउँपालिकाकै पहलमा बाटो निर्माण सुरुवात गरेका छौं । हामीले जनतालाई बोले अनुसार हिउँदो लागेसंगै सबै ठाउँमा बिग्रिएका सडकहरु सबै पुनर्निर्माण थालिएको छ । रातोपुल नहुँदा हेलम्बुका अधिकांश बस्तीहरुमा पुग्न सक्ने ठाउँ थिएन । त्यस्तो अवस्थामा मैले तुरुन्त पहल गरेर रातो पुल निर्माण भएर सुचारु भईसकेको छ । धेरै साथीहरु आफूले जस लिनको लागि रातो पुल मैले गरेको भनेको सुनियो । एउटा कुरा यहाँहरुलाई राखौं साँच्चै उहाँहरुले गर्ने हो भने मेलम्चीबाट जिल्ला सदरमुकाम जाने पुल बनाउन कुरा कुनै अत्तोपत्तो छैन् । उहाँहरुले साँच्चै पहल गरेको हो भने त्यो पुल किन बन्न सुरुवात भएन ? त्यसकारण भनेर मात्र होइन गरेर देखाउन सक्नु पर्छ ।
त्यस्तै बाढीबाट विस्थापित भएका पीडितहरुलाई टेन्ट मुनिबाट अस्थाई टहरोमा राखेका छौं । अब छिट्टै स्थायी आवास निर्माण गरेर सार्ने योजनामा छौं । त्यस्तै पीडितहरुलाई आर्थिक रुपले कसरी अगाडी ल्याउने भनेर छलफल गरीरहेका छौं ।

५) यहाँ १२ वटा स्थानीय तहका जनप्रतिनिधि मध्ये लोकप्रिय हुनुहन्छ । यहाँका सपना थुप्रै थिए होलान । धेरै काम गर्नुभएको छ । अब जाँदाजाँदै यो पाँचवर्षको बीचमा यो काम चाँही गर्न भ्याईन वा सकिन भन्ने यहाँलाई कुनै त्यस्तो लागेको छ ?

यदि पाँच वर्षको बीचमा कोभिडको माहामारी तथा बाढीपहिरो नआईदिएको हुन्थ्यो भने यहाँका जनताले अझ झेरै सुविधा पाउने थिए होलान । खासगरी नेपालका राजनैतिक दलहरुले चुनाव ताका जनतामा जे पनि बोलिदिने तर चुनाव सकिएपछि जनताको एउटा कुरा पनि पुरा नगरीदिने बानी अझै छ । चुनाबमा नबोलेको कुरा पनि मैले पुरा गरेको छु । जस्तोकी ग्रेटट्रेल, मोडेल विद्यालय, कृषिमा अनुदान, दृघरोगीहरुलाई औषधी दिने लगाएतको कुरा मैले चुनावमा प्रतिवद्वता गरेको थिईन । यहाँलाई थाहा छ एकल पुरुषलाई भत्ता दिने कुरा हेलम्बु गाउँपालिकाले सुरुवात गरेको हो । चुनावमा प्रतिवद्वता नगरेको कुरा पनि मैले पुरा गरेको हुनाले हेलम्बु पालिकामा यो कुरा गर्न पाईन भन्ने कुनै पश्चताप छैन् । अझ मैले पाँचवर्ष अभै काम निफिर्की काम गर्न पाएको भए यो भन्दा राम्रो ह्ने थियो होला भन्ने लाग्छ । स्रोतको हामीसंग निकै भएको कारणले जनतालाई स्वास्थ्यमा जति खर्च लागेपनि उपचार गराउँछु । त्यस्तै शिक्षामा पनि आमुल परिवर्तन गराउँछु भन्ने सोचेको थिएँ त्यसमा अझै पूर्णता पाउन सकेको छैन भन्ने लाग्छ ।

५) अध्यक्ष ज्यु जाँँदाजाँदै यो मिडिया मार्फत दिने सन्देश केही छ की ?

वास्तवमा हेलम्बु गाउँपालिका सफल हुनुमा म एउटाले मात्र होईन सम्पूर्ण वडाहरु, कर्मचारी साथीहरु र आम जनताले जुन सहयोग गर्नुभयो त्यो सहयोगले नै म यो ठाउँमा पुगेको हो । यसको जस म एउटाले मात्र लिने होईन हामी सम्पूर्ण पालिकाबासीको देन हो । मिडिया साथीहरुको उतिकै देन छ । सबैमा म हृदय देखिनै धन्यवाद दिन चाहान्छु । मलाई जो जसले सहयोग गर्नु भएको छ त्यो ऋण मैले कुनै बेला तिर्ने नै छु भन्ने सन्देश दिन चाहान्छु । बाँकी जीवन जनताकै सेवामा समप्रित रहेने बाच समेत यहाँको मिडिया मार्फत सन्देश दिन चाहान्छु । धन्यवाद ।
फागुन १४, २०७८