सिङ्गेश्वरी अाधारभूत बिद्यालयकाे २८ अाैं बार्षिक उत्सव सम्पन्न
जुगल गाउँपालिका -१ चेपेमा रहेकाे सिङ्गेश्वरी अाधारभूत बिद्यालयकाे २८ अाैँ बार्षिक उत्सव कार्यक्रम सम्पन्न भएकाे छ । उक्त कार्यक्रम नेपाल कम्युनिस्ट पार्टी (माअाेवादी केन्द्र ) का केन्द्रीय सदस्य युवा नेता माधब सापकोटा सुबोधकाे प्रमुख अातिथ्यतामा अाज सम्पन्न भएकाे हाे ।
वार्षिक उत्सव कार्यक्रमलाई सम्वाेधन गर्दै नेता सापकाेटाले सरकारले सदनमा पेश गरेकाे अमेरिकी एमसीसी परियाेजना यथास्थितिमा माअाेबादीले पास नगर्ने र गर्नै परे राष्ट्रघतराती बुधाहरु संसाेधन गरेर मात्र पास गर्ने धारणा राखे ।
बिद्यालयमामा विद्यार्थीको चाहना अनुसार खाेजमुलक र ज्ञानबर्दक कुराहरुमा जाेड दिदै सर्वाङ्गिण बिकासमा जाेड दिन अाग्रह गरे । शैक्षिक उन्नतीकाे लागि अाफूले राज्यको निकाय र पार्टीको तर्फबाट सक्दाे सहयाेग गर्ने वचन दिए ।
उनले बिद्यालयकाे घेराबार र बैकल्पिक उर्जाकाे ब्यवस्थापन गर्न पनि सहयाेग गर्ने बताए । त्यस्तै कार्यक्रमका बिशेष अतिथी नेपाल कम्युनिस्ट पार्टी माअाेवादी केन्द्र जुगल गाउँपालिका अध्यक्ष रेशम स्याङ्वाेले अागामी दिनमा जुगलकाे शिक्षा र स्वास्थ्यलाई बिकासकाे प्रमुख अाधार बनाएर बढ्ने उद्घघाेष गरे ।
कार्यक्रमका प्रमुख अतिथि सापकाेटाले बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुका लागि शैक्षिक सामग्री, झाेला र पाेशाक बितरण गरेका थिए ।
उक्त पाेषाक नेकपा माअाेबादी केन्द्र जुगल गाउपालिका उपाध्यक्ष युवा समाजसेवी इश्वर गुभाजु र बराम्ची हाइड्रोपावर कम्पनी लिमिटेडका म्यानेजर यामबहादुर थापाले सहयाेग गरेका हुन् । बिध्यालयकाे बार्षिक प्रतिबेदन प्रधानाध्यापक रामचन्द्र भट्टराईले प्रस्तुत गरेका थिए ।
बिद्यालयलाई सहयाेग गर्ने समाजसेवी रेशम स्याङ्वाे, ईश्वर गुभाजु, मिलन तामाङ, याम बहादुर थापा र रबिन्द्र सिलवाललाई सम्मान पत्र बाट सम्मानित गरिएकाे थियाे ।
बार्षिक उत्सव कार्यक्रम शिक्षक,बिद्यार्थी ,अभिभावक ,जग्गादाता, चन्दादाता र समाजसेवीहरुकाे उपस्थितिमा बिद्यालय ब्यवस्थापन समितिकाे अध्यक्ष तिलक बहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएकाे हाे ।