गाती युवा क्लबद्वारा १० दिने रेस्क्यु तालिम

फागुन १२, बाह्रबिसे (सिन्धुपाल्चोक) । बाह्रबिसे नगरपालिका–६ अन्र्तगत गाती युवा क्लबले १० दिने रेस्क्यु तालिम सुरु गरेको छ ।
बाह्रबिसे नगरपालिका गातिको वोर्डरल्याण्ड रिसोर्टमा सुरु भएको रेस्क्यु तालिम कार्यक्रम बाह्रबिसे नगरपालिका र नमस्ते नेपाल संस्थाको साँझेदारी सहयोगमा सुरुवात गरिएको गाती युवा क्लबका अध्यक्ष अमृत श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार प्राकृतिक प्रकोपको उच्च जोखिम रहेको बाह्रबिसेमा भैपरी आउने जोखिमलाई न्युनिकरण गर्न युवाहरुलाई रेस्क्यु ट्रेनिङ गराईएको अध्यक्ष श्रेष्ठले बताए ।
बोर्डर ल्याण्ड रिसोर्टमा फागुन ६ देखि सुरु भएको उक्त ट्रेनिङलाई वाईल्डनेस फस्ट एड तथा रेस्क्यु ट्रेनिङ कन्ट्याक वाई रेस्क्यु थ्रि साउथ एशियाका प्रशिक्षक चन्द्र आलेले तालिम गराएको हुन् ।

कार्यक्रमको उदघाटन बाह्रबिसे नगरपालिका नगर प्रमुख निम्फुञ्जो शेर्पाले गरेका थिए । उक्त कार्यक्रमलाई नमस्ते नेपाल संस्थाले ३ लाख १० हजार, बाह्रबिसे नगरपालिकाद्वारा एकलाख, बाह्रबिसे नगरपालिका ६ नम्बर वडाबाट एकलाख प्रदान गरिएको आयोजक संस्थाले जानकारी दिएको छ ।

त्यस्तै वोर्डरल्याण्ड रिसोर्टले स्टे निशुल्क गरेको आयोजक संस्था गाति युवा क्लवले जनाएको छ । क्लबका अध्यक्ष श्रेष्ठका अनुसार तालिमको समापन १६ गते गर्नेछ ।