एमसीसीको विरोधमा सिन्धुपाल्चाेकमा ४ दलकाे अान्दाेलन चर्कदै
चौतारा(फागुन –१२)
एमसीसीको विरोध गदैै सिन्धुपाल्चोक चौतारामा ४ दल सडकमा उत्रिएको हो। केन्द्रमा ६ दलको गठबन्धन बनाएपनि जिल्लामा भने ४ दलको मात्र सहभागिता रहेको थिायो । जसमा विब्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, क्रान्तिकारी माओवादी, देशभक्त जनतान्त्रीक मार्चा नेपाल विहिबार चौतारामा भएको बिरोध रयालीमा सहभागि थिए ।
बुधवार साँझ चौतारामा उक्त दलहरुकै आयोजनामा मशाल जुलुस गरेको थियो । मशालजुलुसमा प्रहरीले मशाल खोसेर निभाएका थिए । सो पश्चात देशभक्त जनतान्त्रिक मोर्चा नेपालको जिल्ला सचिव धन तामाङले उपस्थीत सवैलाई धन्यवाद दिदै कार्यक्रम समापन गरेका थिए ।
त्यस्तै विहिवार पनि एमसीसीको विरोधमा चौतारा बजारमा चर्को नारावाजी गर्दै टुडिखेलमा पुगेर कोणसभभा सम्पन्न गरेको हो । उक्त कार्यक्रममा नेकपा क्रान्तिकारी माओबादीका केन्द्रिय सदस्य सिव श्रेष्ठ , नेकपाको वयूरो सदस्य किरण घिमिरे, देशभक्त जनतान्त्रिक मोर्चा नेपालको जिल्ला सचिव धन तामाङ र नेकपा मालेको जिल्ला नेता कृष्णबहादुर ठकुरीले एमसीसी पिर्ता हुनुपर्नेमा जोड दिदै आफ्नो धारण राखेका थिए । चौतारामा ४ दलको कार्यकर्ताहरुको सहभागीमा कार्यक्रम सम्पन गरेको बिब्लव नेतृत्वको नेकपाको बिशेस कमिटी सदस्य किरण घिमिरेले जानकारी दिए । त्रुधवार सदनमा एमसीसीको टेबल गर्ने भनिए पनि चौतर्फी विरोध भएपछि सरकारले केहि दिनको लागि सदन स्थगित गरेका छ ।