सिन्धुपाल्चोकमा सत्ता गठबन्धनको बैठक, भाईचारा सम्बन्धलाई निरन्तर दिईने
फागुन १०, चौतारा (सिन्धुपाल्चोक) । सिन्धुपाल्चोेकमा सत्ता गठबन्धन दलको बैठक बसेको छ ।
सोमबार सिन्धुपाल्चोक जिल्ला सरकार साझेदार गठबन्धन तीन दलका शिर्ष नेताहरुको बैठक नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सिन्धुपाल्चोक जिल्ला संयोजक गोविन्द पराजुलीको अध्यक्षतामा चौतारामा बसेको हो ।
बैठकले जिल्लामा गठबन्धन दलहरुको सद्भाब पूर्ण भाईचारा सम्बन्धलाई निरन्तरता दिने, जिल्लामा राजनीतिक संस्कार र संस्कृतिलाई सब्य एवं सोच्छ बनाई मित्रवत प्रतिस्पर्धालाई निरन्तरता दिने निर्णय भएको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सिन्धुपाल्चोक जिल्ला संयोजक गोविन्द पराजुलीले जानकारी दिए ।
त्यस्तै बैठकले २०७८ चैत्र महिनाको पहिलो हप्ता नेपाल कम्युनिष्ट पार्टी (ए.समाजवादीको) अध्यक्षतामा बैठक बस्ने निर्णय भएको उनले जानकारी दिए । बैठकमा ने.क.पा (माओवादी केन्द्र) का अध्यक्ष गोविन्द पराजुली, नेपाली कांग्रेस जिल्ला सभापति विकास लामा र ने.क.पा. (ए.समाजवादी) का अध्यक्ष नवराज पौडेल सहभागी भएको थियो ।