
श्रीमानले श्रीमतीलाई बन्चरो प्रहार गरि हत्या

निर्मल बस्नेत
फागुन १०, बलेफी (सिन्धुपाल्चाेक) । बलेफी गाउँपालिका वडा नं.१ मा एक श्रीमानले अाफ्नी श्रीमतीलाई बञ्चरो प्रहार गरि हत्या गरेका छन् ।
बेलेफी गाउँपालिका-१ ठाटीकुनाका जीवन तामाङले अफ्नी श्रमति लक्ष्मी कुमारी बस्नेतलाई बन्चराे प्रहार गरी मरासन्न हुने अवस्थामा पुर्याएर फरार भएकाे स्थानीय नारायणकाजी श्रेष्ठले सिन्धुज्वालालाई जानकारी दिए । श्रीमानकाे बन्चराे प्रहारबाट गम्भीर घाईते भएकी लक्ष्मीकाे चाैतारा अस्पतालमा ल्याउँदै गर्दा बाटाेमै मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चाेकले जानकारी दिएकाे छ ।
उक्त परिवारमा विगतदेखी नै मदिरा सेवन गरि घरझगडा हुने गरेको स्थानीयको भनाई रहेको छ । उनिहरु अन्तरजातीय विवाहमा बाँधिएका हुन् । मदिरासेवन कै कारण उक्त घट्ना भएको स्थानीयको भनाई छ ।
ईलाका प्रहरी कार्यालय जलबिरेलाई घट्नावारे बुझ्दा बन्चरो प्रहार गरि श्रीमान फरार रहेका छन् । स्थानीयका अनुसार मृतक लक्ष्मीका श्रीमान जीवनकाे याे तेस्राे विहे हाे । दाेस्राे श्रमतिकाे ११ बर्षकाे छाेरा र मृतक लक्ष्मी पटिकाे एक छाेरा र एक छाेरी छन् । घरमा अहिले वृद्ध उमेरकी हजुरअामा र तिनवटा नातानातिनी रहेकाे स्थानीयले बताएका छन् ।
घटनाकाे विस्तृत जानकारी अाई नसकेकाे जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चाेकले जनाएकाे छ । फरार रहेका जीवनलाई प्रहरीले चाैतर्फ खाेजिरहेकाे छ ।