
स्थानीय निर्वाचन नजिकिदै, दलहरु आफ्नै आन्तरिक अलमलमा

को को होलान प्रमुखका दाबेदार ?
फागुन ८, चौतारा । गठबन्धन सरकारले वैशाख ३० का लागि स्थानीय तहको निर्वाचन घोषणा गरेपछि सिन्धुपाल्चोकका राजनैतिक दलहरु आफ्नै आन्तरिक काममा व्यस्त भएका छन् । १२ स्थानीय तहलाई लक्षित गरी उनीहरु पार्टीको भेला तथा वैठकहरुमा केन्द्रित भएका छन् ।
स्थानीय तहको निर्वाचन आउन झण्डै दुईमहिना बाँकी रहँदा जिल्लाका प्रमुख राजनैतिक दलहरुले आफ्ना सम्भावित उम्मेदवार समेत लक्षित गरी कार्यकर्तालाई संगठित गर्न थालेका हुन् ।
अघिल्लो निर्वाचनमा जिल्लामा बढी स्थानीय तह जित्ने नेकपा (एमाले) ले लामो विवादकै बीच जिल्लाको अध्यक्ष लगाएत पदाधिकारीको टुङ्गो लगाएको छ । सोही बिषयलाई लिएर बलेफी गाउँपालिका अध्यक्ष केदार क्षेत्रीले एमाले पार्टी परित्याग गरेका छन् । यस अघि जिल्लाका एक प्रभावशाली नेता सुभाष कर्मचार्य एकीकृत समाजवादीमा गई सकेका छन्् । यो घटनाले एमालेलाई स्थानीय निर्वाचनमा समेत प्रभावित बनाउन सक्ने आंकलन गरिएको छ ।
त्यस्तै दोस्रो ठूलो दल नेपाली कांग्रेसले आगमी १५ गते जिल्ला पार्टीको अधिवेशन आहन गरेको छ । मोहन गुट र विकास लामा गुट रहेको सिन्धु कांग्रेसमा दुईगुटको खिचातानीले पार्टीको अधिवेशन टाँगिएको सोहीका एक कार्यकर्ताले सिन्धुज्वालालाई बताए ।
त्यस्तै तेस्रो ठूलो दल रहेको नेकपा (माओवादी केन्द्र) पार्टी संगठनको पालिका स्तरीय अधिवेशन सम्पन्न गरेर निर्वाचन केन्द्रित जनवर्गीय संगठनहरुको भेला बैठकहरुमा जुटेको सो पार्टीले जनाएको छ ।
एमालेबाट फुटेको नेकपा (एकीकृत समाजवादी) पार्टी संगठन निर्माणमा जोडतोडले लागेको छ । केही प्रभावशाली नेता समाजवादीमा आईसकेपछि केही स्थानीय तह हात पार्ने उसको दाउ रहेको छ ।
त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी छाडेर कमल थापाले राप्रपा नेपाल नयाँ बनाएसंगै सिन्धुपाल्चोक जिल्लामा समेत यसको प्रभाव देखिन्छ ।
जिल्लामा सबै दलहरु आफ्नै आन्तरिक समस्यामा अल्झिएपछि हाल सम्म कुनै दलको सम्भावित उम्मेदवारको आकार आइसकेको छैन् ।
तर तीन मुख्य पार्टी एमाले, काँग्रेस र माओवादीको प्रमुख दाबेदारको रुपमा विश्लेषण गर्न थालिएको छ ।
जस अनुसार भोटेकोसीमा राजकुमार पौडेल, बाह्रबिसेमा निम्फुञ्जो शेर्पा, सुनकोसीमा श्रवणकुमार जिसी विनोद, बलेफीमा केदार क्षेत्री, जुगलमा होमनाराण श्रेष्ठ र त्रिपुरासुन्दरीमा भुपेन्द्र श्रेष्ठले प्रमुखको जिम्मेवारी दोहो¥याउने दाउमा रहेको पाईएको छ । त्यसैगरी चौतारा, हेलम्बु र पाँचपोखरीमा पनि हालका प्रमुखले दोहो¥याउने अवस्था प्रवल रहेको बुझिएको छ । नेपाली कांग्रेस जिल्ला सभापतिका दावेदार रहेका ईन्द्रावतीका वंशलाल तामाङ सभापतिमा आएमा त्याहाँ नयाँ उम्मेदवारी खडा गर्ने कांग्रेसले योजना बनाएको छ । तर मेलम्चीमा भने डम्बर अर्यालले मेयरमा पुनः अनिच्छा प्रकट गरेका छन् । त्यस्तै लिसंखुपाखरमा कमले नेपाल एमाले जिल्ला अध्यक्ष भएपछि एमालेले अर्कै उम्मेदवार बनाउने बुझिएको छ ।
पाँच दलीय गठबन्धनको अवस्था निश्चित नभएकोले माओवादी केन्द्र र एकीकृत समाजवादीले स्थानीय तह निर्वाचनलाई ध्यानपूर्वक हेरिरहेको छ । सम्भवतः यी दुई दल मिलेर जाने आंकलन गरिएको छ । एमाले र काँग्रेस एक्लाएक्लै चुनाव लड्ने योजनामा छन् ।
एमाले फुटेकोले साबिकको सातवटै स्थानीय तहमा चुनावी अवस्था साबिकभन्दा फरक हुनसक्ने आँकलन गरिएको छ । चौतारा साँगाचोकगढीमा माओवादीका धेरै उम्मेदवार भएकोले आन्तरिकरुपमा जुध्दा अन्यलाई फाइदा हुने केहीको अनुमान छ । यद्यपि माओवादी केन्द्रले चौसागढीलाई कुनैपनि हिसाबले आफ्नो लालकिल्लाको रुपमा अथ्र्याएको छ ।
को को होलान १२ स्थानीय तहमा मुख्य दाबेदार ?
भोटेकोसी– काँग्रेस– दोर्जे लामा, कमल श्रेष्ठ, देवी बहादुर बुढाथोकी
–माओवादी– आङ्छिरी शेर्पा, राजकुमार पौडेल
–एमाले – अमृत खड्का, छेवाङ शेर्पा
बाह्रबिसे– एमाले – निम्फुञ्जो शेर्पा, शुशीला पाख्रिन
–काँग्रेस– बालकृष्ण बस्नेत, राजकुमार बस्नेत, सम्भुबहादुर तिमिल्सिना
माओवादी–लालकान्छा तामाङ, बुद्धराज बस्नेत
त्रिपुरासुन्दरी– एमाले – भुपेन्द्र श्रेष्ठ, सुकदेव रिसाल
–काँग्रेस–भक्तध्वज बोहोरा, देवराज श्रेष्ठ
–माओवादी– ज्ञानेन्द्रबहादुर गुरुङ, राजु खाती
लिसंखुपाखर– एमाले –प्रदीप भण्डारी, सूर्य लामा
–माओवादी– राजु लामा, पूर्णबहादुर तामाङ
–काँग्रेस– नोर्बुवाङ्गेल लामा, जोगलाल तामाङ
सुनकोसी– काँग्रेस–श्रवणकुमार जिसी विनोद, देवेन्द्र खड्का
–एमाले –प्रेमलाल लामा, टपेन्द्र तिमल्सिना
–माओवादी –पुरुषोत्तम भण्डारी, माधव प्याकुरेल
बलेफी–माओवादी– गंगा तामाङ, अमृता नेपाल
–काँग्रेस– कृष्ण आचार्य र राजकुमार तामाङ
जुगल– माओवादी– रेशम स्याङ्बो, अम्विका नेपाल
–एमाले –होमनारायण श्रेष्ठ, जेपी सिलवाल
¬ –कांग्रेस –जयबहादुर लामा र जंगबहादुर तामाङ
चौतारा साँगाचोकगढी–माओवादी– कृष्णप्रसाद सापकोटा, अमानसिंह तामाङ
–एमाले –दावा तामाङ, इन्द्रबहादुर नेपाल
–काँग्रेस– केशवराज गिरी, टंक कार्की
इन्द्रावती– काँग्रेस– बंशलाल तामाङ, जीवन थापामगर
–एमाले–झम्क नेपाल, शशीनाथ आचार्य
–माओवादी–ठूलोबाबु श्रेष्ठ, वीरबहादुर तामाङ
मेलम्ची –एमाले – बालकृष्ण देउजा, मित्रप्रसाद चौलागाई
–काँग्रेस– आइतमान तामाङ, बसन्त गुरुङ
–माओवादी– चन्द्रबहादुर थापा, सिपी दुलाल
हेलम्बु– काँग्रेस– निमा ग्याल्जेन शेर्पा, छिरिङ लामा
–एमाले – डोल्मा तामाङ, फुर्पा हेल्मो
–माओवादी– भरत थापा, पेमा हेल्मो
पाँचपोखरी थांपाल–एमाले टासी लामा, समर तामाङ
–माओवादी गोपाल स्याङ्बो, दोर्जे तामाङ
–काँग्रेस– प्रेम दोङ, देवेन्द्र खत्री
यो पनि पढ्नुहोस
त्रिपुरासुन्दरी गाउँपालिकामा पुरानै अध्यक्ष दोहोरिने सम्भावना