शिक्षकमाथि कुटपिट गरेको भन्दै प्रहरीमा उजुरी

माघ ४, थुम्पाखर (सिन्धुपाल्चोक) । राष्ट्रिय परिचयपत्र बनाउने क्रममा आफू माथि कुटपिट भएको भन्दै सुनकोशी गाउँपालिकाका एक शिक्षकले ईलाका प्रहरी कार्यालय बाह्रबिसेमा उजुरी दिएका छन् ।

सुनकोशी गाउँपालिका वडा नम्बर ६ कार्यालयमा भएको विदाद

सुनकोशी गाउँपालिका वडा नम्बर ६ अन्र्तगत १२ किलो वडा कार्यालयमा राष्ट्रिय परिचयपत्र बनाउने क्रममा त्याहाँका स्थानीय रामशरण कार्की र पेम्वा तामाङले वडा कार्यालय परिसरमै आफू माथि कुटपिट गरेको भन्दै सेती देवी माविका शिक्षक तिलक बहादुर कार्कीले ईलाका प्रहरी कार्यालय बाह्रबिसेमा कार्की र तामाङका विरुद्व उजुरी दिएका हुन् ।

उनका अनुसार कार्की सोही पालिका ६ नम्बर वडा अध्यक्ष राम कुमार थापाका सवारी चालक हुन् । आफूलाई वडा अध्यक्षकै निर्देशनमा कार्की र तामाङले कुटपिट गरेकोले ईलाका प्रहरी कार्यालय बाह्रबिसेमा उजुरी दिएको उनले सिन्धुज्वालाई जानकारी दिए ।
उनका अनुसार वडा कार्यालयमा राष्ट्रिय परिचयपत्र बनाउन जाँदा लाईन बस्ने क्रममा पालो उछिनेर वडा अध्यक्षले आ–आफ्नो मान्छेलाई मात्रै प्राथमिकता दिएको भन्दै स्थानीयले होहल्ला गरेका थिए । त्यहि विषयलाई लिएर स्थानीयलाई होहल्ला गर्न उक्साएको भन्दै आफू माथि कुटपिट भएको शिक्षक कार्कीको भनाई छ । शिक्षक कार्की माथि वडा अध्यक्ष थापाका सहयोगी भनिएका अर्का कार्की थरका व्यक्तिले आक्रमण गरेको आफूले प्रत्यक्ष देखेको स्थानीय तारा प्रसाद पराजुलीले सिन्धुज्वालालाई बताए ।

कुटटिमा संलग्न भनिएका कार्की र तामाङसंग भने सम्पर्क हुन सकेन् । ६ नम्बर वडाअध्यक्ष राम कुमार थापाले उक्त घटना सामन्य वादविवाद मात्र भएको बताए । ‘भिडमा धकेलाधकेल मात्र भएको हो, कुटपिट भएको होईन’, वडा अध्यक्ष थापाले सिन्धुज्वालासंग भने । शिक्षक माथि कुटपिटमा संलग्न भनिएका कार्की आफ्ने चालक नभई त्याहाँहिको स्थानीय भएको उनको भनाई छ । बरु शिक्षक कार्कीले नै मर्यादा उलंघन गरेर अरुको फारम भर्न लगाउने तथा वडा कार्यालयमा चाल्चा लगाईदिन्छु भन्दै धम्की दिएपछि विवाद भएको उनले सुनाए । ‘एउटा शिक्षकले विद्यालय समयमा वडा कार्यालय आएर ताल्चा लगाईदिन्छु, यो कांग्रेसीकरण भयो एमालेलाई वाईवास भयो भन्न मिल्छ ?’, वडाअध्यक्ष थापाले प्रतिप्रश्न गर्दै भने । शिक्षक कार्कीले नै विवाद निकालेर राजनीतिकरण गर्न खोजेको उनले आरोप लगाए ।

मंगलबार वडा कार्यालयमा भएको उक्त घटना ईलाका प्रहरी कार्यालय बाह्रबिसे सम्म पुगेपछि थप विवाद बल्झन सक्ने स्थानीयको भनाई छ । प्रहरी कार्यालयमा शिक्षक कार्कीको आफूमाथि कुटपिट भएको भनेर संलग्न भनिएका कार्की र तामाङ विरुद्व ठाडो उजुरी आएको ईलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरिक्षक देवेन्द्र शाहले सिन्धुज्वालालाई जानकारी दिए । ‘कुटपिट भनेर चोटपटक लागेको केही होईन सामन्य विवाद भएको देखिन्छ’, प्रहरी निरिक्षक शाहले भने । उक्त घटनालाई बुधबार दुवै पक्षलाई बोलाएर छलफलको माध्यामबाट मिलाईने उनले बताए ।