केदार क्षेत्रीले गरे नेकपा (एमाले) परित्यागको घोषणा

निर्मल बस्नेत ÷चौतारा फागुन ४ – बागमती प्रदेश सदस्य एवम् सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाका ईन्चार्ज केदार क्षेत्रीले नेकपा (एमाले) परित्यागको घोषणा गरेका छन् ।
नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकमा बुधबार दिउँसो पत्रकार सम्मेलन गर्दै क्षेत्रीले एमाले परित्याग गरेको घोषणा गरेका हुन् । उनी २०३८ सालामा कक्षा ५ मा अध्ययन गर्दा आदरणीय गुरू अरूण नेपालको प्रभावमा अनेरास्ववियुमा संगठीत हुदै हालसम्म पार्टीको विविध जिम्मवारीमा रहेको विज्ञप्तीमा उल्लेख गरेका छन् उनले शरेस नेपालले आफुलाई घोर अपमान गरेको भन्दै दुःख व्यक्त गरे ।

उनले भने “एमाले पतनको बाटोमा जादै गरेको छ । अव धेरै ईमान्दार कार्यकर्ताले परित्याग गर्नेछन् । म आगामी दिनमा जनतासंगै सक्रिय राजनीतिमा रहनेछु र कम्य’निष्ट एकताको पक्षमा लाग्नेछु जसको लागि वर्तमान नेकपा एमालेको सिन्धुपाल्चोक अध्यक्ष कमल नेपालले पनि सिन्धुको वामएकताको पक्षमा उभिनुपर्नेछ ।

क्षेत्रीले भने एमाले सिन्धुपाल्चोक अलोकतान्त्रीक पार्टी सावित भएको छ । उम्मेदवारी दर्ता गराई निर्वाचनवाट भागेर मनोगत रुपमा जिल्ला कमिटी विस्तार गरेको दावी गरे । स्थानीय निर्वाचन २०७४ मा अध्यक्षमा निर्वाचीत गराउन सहयोग गर्ने मतदाता प्रति हार्दिक अभार व्यक्त गरेका छन् ।

एनले अन्त्यमा आफु कसैलाई हराउनको लागि मात्र नभएर जित्नका लागि राजनीति गर्छु । र,आगामी राजनीतीक यात्रा भने विस्वास, माया र समर्थन गर्ने सवैसंग सल्लाह गरेर मात्र तय गर्ने छु भनेका छन् ।