शक्ति समुहद्वारा भोटेकोशीमा अभिमूखिकरण कार्यक्रम

माघ २५, नयाँपुल (सिन्धुपाल्चोक) । मानव वेचविखन विरुद्वको अभियानमा क्रियासिल संस्था शक्ति समुहले भोटेकोशी गाउँपालिकामा एकदिने अभिमूखिकरण कार्यक्रम सम्पन्न गरेको छ ।

मानव वेचविखन तथा ओसारपसार संग सम्बन्धित तथ्याङ्क विषयक अभिमूखिकरण कार्यक्रम शक्ति समुहले भोटेकोशी गाउँपालिकाको नयाँ पुलमा गरेको थियो ।

यसै परियोजना अन्र्तगत मानव वेचविखन विरुद्व तथ्याङ्क विषयक अभिमूखिकरण कार्यक्रम भोटेकोशी गाउँपालिका प्रमुख राजकुमार पौडेलको प्रमुख आतिथ्यमा सोमबार सम्पन्न गरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष पौडेलले समाजमा हुने गरेका कयौं विकृतिहरुलाई स्थानीय तहबाट हुन नसक्दा शक्ति समुहले त्यो प्रयास थालेकोकोमा प्रंशसा व्यक्त गरे । मानव बेचविखन तथा ओसार प्रसारका सबालमा भोटेकोशी गाउँपालिकामा गरिएका कामको सन्दर्भमा अन्य ठाउँमा समेत यहाँको चर्चा गरिदिन उनले शक्ति समुहमा आवद्व अभियान्ताहरुलाई आग्रह गरे ।

कार्यक्रमकी विशेष अतिथि भोटेकोशी गाउँपालिकाकी उपाध्यक्ष दाबुटी शेर्पा लामाले मानव वेचविखन तथा ओसारपसार सम्बन्धी तथ्याङ्क गाउँपालिकाको प्रयासमा मात्र सही तथ्याङ्क नआउने भएकोले शक्ति समुहको कार्यक्रमले सहि तथ्याङ्क आउने ठोकुवा गरिन । उक्त संस्थाको कार्यक्रमलाई गाउँपालिकाले उच्च प्राथमिकतामा राखेर सहयोग गरिने समेत बचनवद्वता गरिन ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत भद्र बहादुर बस्नेतले मानव वेचविखन विश्वव्यापी समस्याको रुपमा रहेकोले यसको न्युनिकरणको लागि सबै निकाय लागि पर्नुपर्ने धारणा राखे ।
महिला मात्रै नभएर पुरुष पनि मानव वेचविखनमा परेको स्मरण सुनाउँदै प्रमुख प्रशासकीय अधिकृत बस्नेतले लागु औषध पछिको दोस्रो ठूलो अपराधको रुपमा मानव वेचविखन नेपालको कानुनमा उल्लेख भएको उनले बताए ।
कार्यक्रममा वडा स्तरीय मानव वेचखिन तथा ओसारपसार नियन्त्रण समितिका पदाधिकारीहरु, तातोपानी ईलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक, सीमा सुरक्षा बलका ईन्चार्ज लगाएतको सहभागिता रहेको थियो ।
शक्ति समुह मानव वेचबिखन प्रभावितहरुद्वारा सञ्चालन गरिएको विश्वको नै पहिलो संस्था हो । स्थापना काल देखि नै शक्ति समुहले मानव वेचखिन र यसको उच्च जोखिममा रहेका महिला बालबालिकाहरुको हकको हितका लागि कार्य गरिरहेको शक्ति समुहकी परियोजना संयोजक रश्मि थापाले बताईन । उनका अनुसार शक्ति समुहले यु.एस.ए.आईडी र यु.के एडको आर्थिक सहयोग तथा विनरक ईन्टरनेसनल संगको साँझेदारीमा सिन्धुपाल्चोकको चारवटा पालिकामामा हाम्रो सम्मान परियोजना सञ्चालनमा ल्याएको हो । समुहले मेलम्ची नगरपालिका, पाँचपोखरी थाङपाल गाउँपालिका, चौतारा साँगाचोकगढी नगरपालिका र भोटेकोशी गाउँपालिका सञ्चालन गरेको फिल्ड अधिकृत संगिता नेपालीले जानकारी दिईन ।
सोमबार गरिएको कार्यक्रममा कार्यक्रमको उद्देश्य सहित स्वागत मन्तव्य शक्ति समुहकी परियोजना संयोजक रश्मि थापाले गरेकी थिईन भने कार्यक्रमको सहजीकरण तथ्याङ्क अधिकृत ईन्दिरा सापकोटा, अनुगमन तथा मूल्याङ्कन अधिकृत राजेन्द्र चौलागाईले गरेका थिए । त्यस्तै कार्यक्रम संयोजन जिल्ला अधिकृत टीका विक र फिल्ड अधिकृत संगिता नेपालीले गरेकी थिईन ।