
प्रेस सेन्टर नेपाल १८ वर्षमा सिन्धुपाल्चोकमा अन्तरक्रिया तथा शुभकामना कार्यक्रम

चौतारा(माघ १५)
प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति सिन्धुपाल्चोकले आफ्नो स्थापना दिवशको अवसरमा चौतारामा अन्तरक्रिया तथा शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र) सिन्धुपाल्चोकको अध्यक्ष गोविन्द पराजुली अभिनासको प्रमुख आतित्थ्यतामा उक्त कार्यक्रम भएको हो । कार्यक्रमको प्रमुख अतिथी र विशेष अतिथीहरुवाट १८ वटा मैनबत्ति बालेर स्थापना दिवश मनाएको उपाध्यक्ष दिपक खत्रीले जानकारी दिए । कार्यक्रममा सेन्टरका केन्द्रिय सदस्य विदुर गिरी, नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र) वाग्मती प्रदेश सदस्य उजारसिं तामाङ, नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका अध्यक्ष जीवन श्रेष्ठ, चौतारा सागाचोकगढी नगरपालिका वडा नं ५ का अध्यक्ष नरमान श्रेष्ठ, वडा नं.१३ का अध्यक्ष रामप्रसाद गौतम, नेपाल बुद्धीजीवि संगठन सिन्धुपाल्चोकका अध्यक्ष गोपाल खड्का, अखिल(क्रान्तिकारी) का केन्द्रिय सदस्य मिलन लामाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । मन्तव्यका क्रममा कृष्णसेन इच्छुक र कञ्चन प्रीयदर्शीको चर्चापरिचर्चा गरेका थिए ।
त्यस्तै गोरखापत्रका पूर्व वोर्डसदस्य तथा सिन्धुका अग्रज पत्रकार सुरेश कसजु र रेडियो सिन्धुका स्टेशन म्यानेजर रत्न श्रेष्ठ साथै सेन्टरका जिल्ला सदस्यहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा लेखक संघ बाग्मती प्रदेशको उपाध्यक्ष हेमन प्रदान र सेन्टरकी जिल्ला सदस्य रस्मीला खत्रीले साहित्यीक प्रस्तुतीमार्फत चोटिलो प्रहार गरेका थिए ।
कार्यक्रम सेन्टरका जिल्ला सचिब सुन्दर सिरिषको उद्घोषण, कोषाध्यक्ष निर्मल बस्नेतको स्वागत मन्तब्य र उपाध्यक्ष दिपक खत्रीको सभाअध्यक्षतामा सम्पन्न भएको थियो ।