निम पासाङ शेर्पाकाे सपना पूरा गर्दै बाह्रबिसे नगरपालिका

माघ ९, बाह्रबिसे (सिन्धुपाल्चाेक) । स्वर्गीय निम पासाङकाे नाम सुन्ने बित्तिकै उनलाई चिन्ने जान्ने जाे सुकै स्तब्ध हुन्छन् । एमाले राजनीतिबाट सिन्धुपाल्चाेकमा ईमान्दार छवि बनाएका निम पासाङ बितेकाे २० अाै बर्ष हुन लागिसक्याे तर उनकाे लाेकप्रियता अझै सेलाएकाे छैन ।

साविककाे गाति गाविस मान्द्राका लाेकप्रिय नेता निम पासाङले गातीलाई बैकल्पिक कृषि सडककाे अब धारणा लिएर सडक खन्न सुरू गरेका थिए । तर उक्त सडक पूरा गर्न नपाई जनजाती नेता निम पासाङकाे अचानक निधन भएकाे थियाे । तर उनकाे सपनालाई उनका सहाेदर भाइ बाह्रबिसे नगरपालिकाका मेयर निमफुन्जो शेर्पाले पूरा गरेका छन ।

विगत विभिन्न समस्याको कारण खोल्न नसकीएकाे उक्त सडक पछिल्लाे समय बाह्रबिसे नगरपालिकाकाे पहलमा खाेलिएकाे मेयर शेर्पाले बताए ।
लगभग ३ सय मिटर नयाँ ट्रयाक खोल्न सफल भएकाे उनले जानकारी दिए ।
पहिरो, कडा चटान तथा ठूलाे भिरलाई छिचाेलेर सडकलाई गातिकै गुन्सा पुर्याई सकिएकाे स्थानीय शितल माेक्तानले जानकारी दिए ।
साबिक गाती गाबीस जाेडिने उक्त सडक स्वर्गीय निम पासाङकाे सपना मात्र नभई बाह्रबिसे सम्म बैकल्पिक कृषि सडकको रूपमा बिस्तार हने स्थानीयकाे भनाई छ ।
उक्त सडककाे शुभराम्भ नगरपालिकाका मेयर शेर्पाले अाईतबार गरेका हुन् ।