पाँचपाेखरी थाङपाल गाउँपालिका जिल्लाकै उत्कृष्ट गाउँपालिका घाेषित
माघ ७, थाङपालधाप (सिन्धुपाल्चाेक) । पाँचपोखरी थाङ्पाल गाउँपालिका सिन्धुपाल्चोक जिल्लाकै उत्कृष्ट गाउँपालिका घाेषित भएकाे छ ।
लिजाले शुक्रबार गरेकाे स्व :मूल्यांकनमा उक्त गाउँपालिका उत्कृष्ट गाउँपालिमा दर्ज भएकाे हाे ।
गाउँपालिकाले ६२.७५% हासिल गरेका छ । पाँचपाेखरी सिन्धुपाल्चोक जिल्लामा उत्कृष्ट साथै देशै भरिमा अती राम्रो गाउँपालिकामा दर्ज भएकाे गाउँपालिकाका अध्यक्ष टासी लामा ह्याेल्माेले जानकारी दिए ।
उनका अनुसार स्व मूल्याङ्कन अध्यायनकाे सूचक अनुसार गाउँपालिकाले शासकीय प्रवन्ध ७७.७८ प्रतिशत, सगठन तथा प्रसाशन ६५.६३ प्रतिशत, बार्षिक बजेट तथा योजना व्यवस्थापन ६३.६४ प्रतिशत र वित्तीय एवं आर्थिक व्यवस्थापन ८१.८२ प्रतिशत हाँसिल गरेकाे छ ।
त्यस्तै सेवा प्रवाह ९०.६३ प्रतिशत, न्यायिक कार्य सम्पादन ८५.७१ प्रतिशत, भौतिक पूर्वाधार ४२.३१ प्रतिशत, सामाजिक समावेशीकण ४० प्रतिशत, वातावणीय संरक्षण तथा विपत् व्यवस्थापन ३८.८९ प्रतिशत र सहकार्य र समन्वय १६.६७ प्रतिशत प्राप्त गरेकाे छ ।
कुल प्राप्ताङ्क ६२.७५% औंसत प्राप्त गरेकाे गाउँपालिकाले समग्र स्थिति ६५.४८ प्रतिशत, प्रक्रियागत स्थिति ५१.४७ र परिमाणत्मक स्थिति ७०.०० प्रतिशत प्राप्त गरेकाे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश कुमार पाेखरेलले जानकारी दिए ।