
दुईदेश बीच विश्वासको वातावरण बनाउन सके तातोपानी नाकालाई र्पूववत अवस्थामा फर्काउन सकिन्छ


तातोपानी भन्सार कार्यालय, सिन्धुपाल्चोक
मुलुककै राजश्व संकलन हुने मध्ये सबैभन्दा महत्वपूर्ण व्यापारिक नाका तातोपानी नाकाको अवस्था भूकम्प, बाढीपहिरो तथा कोरानाको माहामारी पछि केही मात्रमा सुध्रिएको छ । निकै चहलपहल हुने उक्त नाका पुरै ठप्प भएर यहाँका जनतालाई निकै निराशमय बनाएको अवस्थामा पछिल्लो अवस्थामा केही सुधार देखिएको छ । यद्यपि सर्वसाधारणको पहँुचको लागि अझै नाका सहज रुपमा खुलेको छैन् । पछिल्लो अवस्थामा तातोपानी नाका तथा भन्सारको प्रगति के कस्तो छ भनेर तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारद गौतमसंग सिन्धुज्वाला साप्ताहिकका सम्पादक दिनेश दुलालले लिएको कुराकानी सम्पादित अंश –सम्पादक
१) तातोपानी नाका तथा भन्सार कार्यालयको पछिल्लो अवस्थाको बारेमा जानकारी गरिदिनुहोस न ।
करिब करिब म आएर कार्यभार सम्मालेको ८ महिना जति भयो । त्यसबेलामा धेरै उत्तारचढावहरु आए । वर्षादको बाढीेले सडकमा ठूलो क्षति पु¥यायो । केही समय काममा अवरोध पु¥यायो तथापी असोज महिना देखि क्रमश ः सुधार भएर चीनबाट मालबाहक कन्टेनरहरु आईरहेका छन् । त्यसपछि राजश्व संकलन लक्ष्य अनुसार राम्रै भएको छ । मुख्य गरेर यो नाकाबाट स्याउ रेडिमेड कपडा, जुत्ता, रोलकपडा तथा गार्मेन्टको रुपमा प्रयोग हुने पदार्थहरु आईरहेको छ । नाका अहिले सम्म सञ्चालनकै अवस्थामै छ ।
२) यो वर्षको राजश्व संकलन कस्तो छ ? भन्सारले लक्ष्य कति गरेको थियो ?
गत बर्ष राजश्व संकलनमा हामी कमजोर अवस्थामा थियौं । लक्ष्यको जम्मा १८ प्रतिशत मात्रै राजश्व संकलन हुन सक्यो । त्यो बेला माहामारीको कारण नाका अवरुद्वको कारण तथा विविध कारणले गर्दा खेरी त्यति सुचारु थिएन । तर यो आर्थिक वर्षमा अर्धवार्षिक हुँदै गर्दा कार्गो र उक्त सामाग्रीहरु आयत भईरहेको हुनाले त्यसबाट राजश्व संकलन राम्रै भईरहेको छ । अहिले हामीले लक्ष्यको डबल राजश्व संकलन गर्न सफल भएका छौं । यसमा गाडीहरु जसले अत्याधिक राजश्व तिर्छ, रेडिमेड कपडाहरु, ईलेट्रोनिक लगाएतबाट अत्याधिक राजश्व संकलन भएको छ ।
३) भन्सार कार्यालयले यस वर्षको राजश्व संकलनको लक्ष्य कति थियो ?
लक्ष्य भन्नुपर्दा मासिक रुपमा हेर्दा साउन महिनाको ८ करोड ६६ मा ७ करोड २१ लाख असुल भयो । भदौ महिनामा ११ करोड ९३ लाखमा १२ करोड ८१ लाख संकलन भएर १०७ प्रतिशत भयो । असोज महिनामा ११ करोड ६६ लाख लक्ष्यमा ३२ करोड ८ लाख संकलन भएर २ सय प्रतिशत भयो । कार्तिक महिनामा ३९ करोड ७१ लाख संकलन भएर ३ सय ३२ प्रतिशत त्यहि महिनामा संकलन भयो । त्यस्तै मंसिरमा पनि १२ करोड ९९ सय लाख लक्ष्यमा ३७ करोड राजश्व संकलन भयो । त्यस्तै पुष महिनामा पनि हामी लक्ष्यको दुईगुना बढी राजश्व संकलन गरेका छौं । समग्रमा अहिले पुष मसान्त सम्मको लक्ष्य र असुलीमा हामी २ सय प्रतिशतको रेसियोमा छौं ।
४) यहाँहरुले राजश्व संकलनको जसरी लक्ष्य राख्नुभएको थियो । तर सडकको अवस्था र चीनबाट आयत हुने सामग्रीहरुको नियमितालाई हेर्दा यदि सहज हुँदा अझ लक्ष्य कति पु¥याउन सकिएला जस्तो लाग्छ ?
यहाँले बहुत सान्दर्भिक प्रश्न राख्नुभयो । यो नाका पूर्व अवस्थामा फर्कियो भने अहिलेको लक्ष्य एकदम न्युनतम हुन्छ । यस नाकाबाट १०÷१५ अर्ब नै राजश्व संकलन हुने अवस्था हुन्छ । यदि चिनिया तर्फबाट नेपाली व्यवसायीले चाहेको मात्रामा कन्टेनहरु नेपाल भित्र्याउन सकेको खण्डमा यो राजश्व संकलनको मात्र यो भन्दा कयौं गुणा बढाएर लैजान सकिन्छ । संकलन लक्ष्य पुरा गर्न सकिन्छ ।
तर अहिले हालको अवस्थाको बारेमा यहाँलाई भन्दा औसत दिनमा १० वटा कन्टेनरहरु आएको अभिलेखमा देखिन्छ । १० वटा कन्टेर आउँदाखेरी नेपाली २० कन्टेनर दैनिकी रुपमा आउँदा खेरी पनि लक्ष्य हाँसिल भएको अवस्था हो ।
पूर्ववत अवस्थामा भूकम्प भन्दा पहिले एकसय वटा कन्टेनरहरु तातोपानी नाकामा भित्रने रहेछ । नेपाली व्यवसायीले खासैमै गएर लोड गरेर भन्सारमा ल्याउने र भन्सारबाट चेकजाँच परिक्षण गराएर गन्तव्यमा पु¥याउने पहिलाको अवस्था थियो । कोभिडको कुरा र कार्गो हेन्डिलेन लगाएत अन्य कारणले गर्दा समस्या भएको थियो । अहिले अधिकतम हालको अवस्था भनेको कहिले १५ पनि आएको छ । कहिले ५ त कहिले २ पनि आउँछ । यसले गर्दा औसत सालाखाला चाँही १० गाडी नै आउँछ । तर हामीले अधिकतम अहिलेको वर्तमान सन्दर्भमा चीनबाट २० वटा कन्टेनर पु¥याईदिनुहोस न । कम्तिमा पनि हामी नेपाली व्यवसायीलाई सहजीकरणको लागि लामो समय लागि रहेको छ । समान होल्डिङ हुँदा लागत बढेको छ त्यसकारण कम्तिमा २० वटा पु¥याईदिनुस न भनेर नेपाल सरकारको लासामा रहेको माहावाणिज्य दुतावास, नेपाल पराराष्ट मन्त्रालय र हाम्रो स्थानीय सम्पर्क शुत्र मार्फत हामी आफैंले वार्ता हुँदा भर्चुअल विधिबाट अनुरोध गरिरहेका छौं ।
५) नेपाली व्यापारीहरुको लोड गरिएको सामाग्रीहरु खासा क्षेत्रमा थुप्रिएर बस्दा कतिपय सड्नेगल्ने हुँदा व्यापारीहरुले निकै नोक्सानी व्योहोरेको भन्ने खालका गुनासा पनि आउने गरेको थियो । वास्तविकता के हो ?
निश्चय पनि नेपाली व्यवसायीले धेरै समय हाम्रा सामाग्री त्याहाँ होल्डिङ भयो । हामीले सामान ल्याउन पाएनौं, लामो समय त्याहाँ बस्दा लागत बढ्यो भनेर गुनासो गरिरहनुभएको कुरा जानकारीमा आएको छ । मिडियाले पनि थाहापाईरहनु भएको छ । कतिपय अवस्थामा स्याउ विग्रिएर हाम्रो भन्सारमा आईुपुगेर हामीले नष्ट गरेको अवस्था पनि हो । किन यस्तो भईरहेको छ ? हामी पनि बेखवर छौं । अधिकतम गाडीहरु ल्याउन हामीले पहल गर्दा गर्दै सकिरहेका छैनौ । के कति कारणले हो भनेर फ्याट्ट हामीले भन्न सक्ने अवस्था छैन । फेरी पनि हामी कसैको आवात जावतको सम्भावना छैन् । त्याहाँ प्रत्यक्ष कति गाडी रोकिए भन्ने कुरा तपाई हामीले चीनतर्फ रोकियो भनेर हेर्न सक्ने अवस्था छैन् । यकिन तथ्याङक कुनै निकायले दिएको पनि छैन् । यो कुरा व्यवसायीहरुबाट मात्रै आएको कुरा हो । हाम्रो चाँही प्रयास के छ भने बढी भन्दा बढी त्याहाँ व्यवसायीले यो नाका प्रयोग गरेर आएको अवस्थामा चीनतर्फबाट सहज रुपमा आहोस भनेर नै हाम्रो स्थानीय टिममा, केन्द्र सरकार, अर्थमन्त्रालय, वाणिज्य राजदुताबास लगाएत निकायसंग हामीले निरन्तर रिर्पोटिङ गरिरहेका छौं ।
६) नाका पहिल्यैकै अवस्थामा सुचारु हुन मुख्यत सडकको अवस्था पनि देखाईन्छ । सडकको अवस्था दुर्दशा उस्तै छ । यो मात्रैे कारण हो की अरु पनि कारण छ ? यहाँलाई के लाग्छ ?
खासगरी नाका सुचारु नहुनुमा वर्षातको अवस्था हुँदाखेरी सडको कारणले हो जस्तो लाग्छ । तर अहिले तत्काल सडकै कारणले मात्र यति सिमित कार्गोहरु आउनपर्ने अवस्था चाँँही अहिले होईन । किनकी सडक अहिले कतै रोकिने अवस्था छैन् । जाहाँ जाहाँ ड्यामेज भएको छ त्यो लगभग–लगभग सुधार भएको छ । भौगोलिक कठिनायी भएको अवस्थामा निरन्तर मर्मत गर्ने त्यसलाई सुधार गर्दै लाने कुरा नियमित प्रक्रिया हो । यो नियमति भईरहेको छ । पछिल्लो चरणमा यो बाटोले प्राथमिकता पाएको हामीले पनि देख्न सक्छौ । सडकको मर्मतको लागि टेन्डर प्रक्रिया लगाएतका कामहरु भइरहेका छन् । सडकको कारणले एउटा माईनर फ्याक्टर चाँही हो एकहदसम्म तर चीनतर्फबाट पनि कम सामान आएको अवस्थामा नाका चाँही पूर्ण सञ्चालनमा नआएको अवस्थामा हामीले दुईदेश बीचमै विश्वास बढाएर नै यो नाका सुचारु गनुपर्ने देख्छु ।
७) प्रसंग लार्चा सुख्खा बन्दरगाहको गरौं । चीनबाट जति पनि यो सुख्खा बन्दरगाहमा सामानहरु आउँदा त्यति तदरुपता नभएको अलि सुस्त र अनियन्त्रित भएको भन्ने कुरा बाहिर आएको छ वास्तविकता के हो ?
त्यस्तो छ जस्तोे त मलाई लाग्दैन । यहाँलाई भन्नुपर्दा हाम्रोमा अहिले कम्प्युटरराईज तथा शिस्टम बेसमा गइसकेको छ । व्यवसायीले कहिले फारम भरे, कहिले सम्म चेकचाँचको लागि कस्टमर इजिट भएर गयो लगाएत सम्पूर्ण कुरा चाँही शिष्टममा रेकर्डर हुन्छ । हामीले टाईम रिलिज स्टडी गर्छाै । टाईम रिलिज स्टडी भनेको कति प्रज्ञापनपत्र कति दिन लगाएर भन्सार जाँचपास गरेर भयो भन्ने यसको हरेक वर्ष अध्यायन हुन्छ । यो महिनामा पनि अध्यायन गर्न सकिन्छ ।
वार्षिक रुपमा पनि अध्यायन हुन्छ । अहिले यहाँँको डाटाको कुरा गर्दा व्यवसायीले भरेको प्रज्ञापन पत्र उहि दिन ८० प्रतिशत पास हुन्छ । जस्तै १० वटा फारम भरिएका छन् भने ८ वटा फारम नै उहि दिन पास हुन्छ । बाँकी अर्को ७ प्रतिशत फारम ३ दिन भित्र पास हुन्छ । र बाँकी फारम अधिकतम समय लागे १५ दिन सम्म लाग्छ । यो किन छ भन्दा जस्तो हामीले जाँचपास ग¥यौं । व्यवसायीले लाग्ने राजश्व बुझाउन सक्नु भएन भने त्यो सामान चाँही जाँचपास भएको देखिन्न । अर्को कुरो कतिपय व्यवसायीले सामान जाँपास गरेर भन्सारमा पेश गर्नुहुन्छ । तर त्यो जाँचपास पेश गर्न आवश्यक पर्ने कागतातहरुको निस्सा हुन्छ त्यसमा सपोर्ट डकुमेन्ट, प्रमाणका डकुमेन्ट, स्विकृत दिएका डकुमेन्ट, अनुमतिका डकुमेन्ट र परिक्षणका डकुमेन्ट राख्नुपर्ने हो त्यो देखिदैन । कतिपय अवस्थामा छुट भएको हुन्छ ।
कतिपय अवस्थामा व्यवसायीलाई जानकारी भएको हुँदैन । कसैले तौल गर्ने मेशिन लिएर आयो । त्यो लौल गर्ने मेशिन बजार लगेर बेच्नु प¥यो भनेत नापतौल विभागको सिफारिस त चाहियो नी त । उनीहरुले तौल मेशिन त ल्याउनु भयो तर नापतौल विभागको सिफारिस छैन भने त सिफारसि ल्याउनुहोस भन्न त प¥यो । त्यो अवस्थामा व्यवसायीको सामानहरु केही भन्सारमा रोकिन सक्छ । तर उहाँहरुले सिफारिस ल्याउनसाथ जान्छ । त्यो बाहेक हाम्रो टिमले डकुमेन्ट शिघ्र हेर्ने, व्यवसायीहरुलाई यो तरिकाले तयार गर भनेर आग्रह गर्ने र यो तरिकाले तिमीहरुले तयार गर भन्ने लगाएत कुरामा व्यवसायीलाई सहजीकरण गरिएको छ । त्यसकारण भन्सार कार्यालयले दिने सेवा चुस्त छैन भन्ने कुरामा म सहमत छैन ।
८) विगतमा व्यापारीहरुको समान तथा गाडी लामो समय भन्सार परिसरमा होल्ड भएर बस्ने तथा तोकिएको समय अवधि सकिदाँ नियम अनुसार कर तिर्न पर्ने हो तर त्यसो नभएको सुनिन्छ खास के हो ?
यहाँ आएको कन्टेनरको भाडा, गोदाम ईन्ट्रि गर्ने, बाहिर निकाल्ने वा व्यवसायीलाई हस्तान्तरण गर्ने तथा व्यवसायीलाई जाँचपाासको लागि सहजीकरण गर्ने लगाएत काम पारवहन तथा गोदाम व्यवस्थापन कम्पनीले गर्ने कुरा छुट्टै छ । कार्गो ह्यान्डलिङको काम सबै उनीहरुले गर्छन । उनीहरुले कमसेकम व्यवसायीको माग अनुसार र आफ्नो मापदण्ड अनुसार राजश्व शुल्क पनि लिन्छन् । यहाँ भित्र गाडी छिर्न साथ काउन्ट हुन्छ । त्यहि भएर कतिपय शुल्क पार्कबाट कन्टेनर जोगाउनको लागि पुल वारीपारी र माथि पनि राखेको देख्नुहुन्छ । भित्र प्रवेश गर्न साथ शुल्क तिर्न पर्ने हुनाले बाहिर नै गाडी राखेका हुन्छन् । कन्टेनरको अवस्था भन्नुहुन्छ भने चीनबाट आएका कन्टेनर कस्तो हुन्छ भने कानुनले ७२ घण्टाभित्र नेपालको वोर्डरमा गएर फर्किने सुविधा दिएको हुन्छ । त्यस अन्र्तगत यहाँ आएका कन्टेनर अनलोड गर्छन र तिनीहरु फर्किन्छन् । ति कन्टेनरलाई कुनै शुल्क लाग्दैन । तर अन्य व्यवसायी जसले सामान छुट्याएन लामो समय सामान गोदाममा राख्नुभयो भने उहाँहरुले व्यहोर्नु पर्छ । व्यवसायीले कहिले डकुमेन्ट बनाउन जाने, कहिले बैंकिङ लोनहरु स्विकृत गर्न जाने यि यावत कारणले गर्दा खेरी केही बिलम्ब भएको हुन सक्छ तर कस्टमको यस कुरामा प्रत्यक्ष संलग्न चाँही हुँदैन ।
९) केही महिना अघि मात्रै भन्सार जस्तो अति संवेदनसिल क्षेत्रमा पनि सुरक्षाको सबाललाई लिएर प्रश्न उठेको थियो । यहाँहरुले सुरक्षाको प्रत्याभूति कसरी दिलाउनु भएको छ ?
एकदमै सान्र्दभिक प्रश्न राख्नुभयो, यहाँलाई धन्यवाद छ । सम्पूर्ण भन्सार प्रशासन यहाँको काम कारवाही हुँदा हुन सक्ने अनेक किसिमका जोखिम न्युनिकरण लगाएतका विषयहरुमा भन्सारलाई सहजीकरण गर्नको लागि सशस्त्र प्रहरीको एउटा छुट्टै एउटा कमाण्ड छ । र पारबाहन तथा गोदाम व्यवस्थापनको पनि उसको आफ्नै सुरक्षा गार्डको टिम छ । अनी भन्सार गेटमा हाम्रो भन्सारकै कर्मचारीको र त्यसको रोहबरमा सशस्त्र प्रहरी र त्यसको गोदाम आसपासमा सुरक्षा गार्ड चौबिसै घण्टा गेटमा हुन्छन् । हामीले यहाँ थ्री लिएरको सेकुरिटी शिष्टम बनाएका छौं । यहाँले हेर्न सक्नुहुन्छ कस्टम बेरिअरमा आउनु भन्दा एउटा बेरिअर र भन्सार छिर्दा अर्को बेरिअर तथा पुलमा समेत गरी तीनवटा बेरिअर अर्थात चेकप्वाईन्ट राखिएको हुन्छ । केही दिन अघि केही मान्छेले भन्सार भित्र चोर्ने दुस्प्रयास ग¥यो । कसैले चोर्ने प्रयास त गर्छन । तर प्रयास गर्ने वित्तिकै पक्राउ गर्न सक्नु हाम्रो सुरक्षाको मजबुतीको एउटा उदाहरण हो । फेरी अहिले हामी हाई प्वाईन्ट पुरै निर्माण गर्न लागेका छौं । यसरी हामी भन्सार तथा व्यवसायीको साँच्चै सुरक्षाको प्रत्याभूति दिलाउने छौं ।
१०) भन्सार प्रमुख ज्यु अब जाँदाजाँदै यो तातोपानी नाकाको भविश्य कतिको देख्नुहुन्छ ?
राजधानी तथा धेरै जसो कमेरशियल उद्योगका, उत्पादनका सबै हिसाबले नेपालको सबैभन्दा ठूलो क्षेत्र भनेको काठमाडौं हो । काठमाडौंको लागि चीनसंगको सबभन्दा छोटो दुरी तातोपानी नाका हो । अहिले सडक निर्मामा बाह्रबिसे सम्म चीनले पनि सहयोग गर्छु भन्ने अवस्थाले गर्दा खेरी र अन्य सम्भाव्यताहरुलाई चाँही विश्लेषण गर्दा यो नाकाको भविश्य मैले देख्छु तर दुईदेश बीचको कुटनीनिति सम्बन्ध वार्ता सम्झौता, चीनले उठाएका पक्षमा नेपालले गर्नुपर्ने तदरुपता तथा प्रगती र हाम्रो पक्षबाट पनि त्यता पु¥याउने चीन तर्फलाई एक खालको अन्र्तराष्ट्रिय दवाव, कुटनीति दवाव, फ्रेन्डसीपको दवाव हुन्छ । त्यो अनुरुप हामीले काम गर्न सक्यौं भने नाकाको भविश्य राम्रो देख्छु ।
११) मिडिया मार्फत यहाँको भनाई अरु केही छ की ?
मिडिया वास्तवमा यो समाजको ऐना हो । समाजमा एउटा कार्यालय, अन्य कुनै निकाय, संस्था प्राईभेट सेक्टरहरु लगाएत जे जुनसुकै हुन् त्याहाँ गलत गतिविधि हुन्छन भने त्यहाँ मिडियाले उजगार नगरेसम्म समाज चाँही सुध्रदैन । यो मिडियाले गलत कुुराहरुलाई चाँही बाहिर ल्याउने, असल कुराहरुलाई प्रमोड गर्ने लगाएत निश्पक्ष ढंगले गर्नुपर्ने अबको दायित्व देख्छु । अब मिडियाले बाहेक अन्य क्षेत्रहरु चाँही खराब हुँदै गएको होलान । तर मिडिया बलियो तरिकाले आएन भने मुलुक सुध्रदैन । किनकी मिडियामा हुने मान्छे पनि आखिर यहि समाजकै हो । भनेपछि गलत ढंगले राज्यका प्रणालीहरु, अंगहरु चलेका छन् । नियम संगत तथा कानुन सम्मत छैनन् भने उनीहरुलाई मिडियाले जहिले पनि उजगार गर्न दिनरात तयार हुनुपर्छ । यसमा हामीेले पनि के गर्नुपर्छ हामीलाई पनि खवरदारी गर्नुहोस । यहाँहरुलाई हामीबाट के सुझाब चाहिन्छ । पारदर्शी ढंगले सूचना दिन मिडियासंग सहकार्य गर्न हामी तयार छौं । धन्यवाद ।