मेलम्ची नगरपालिकाको आफ्नै आन्तरिक स्रोतमा बन्यो नगर अस्पताल, स्थानीयमा छायो खुशी

माघ २, मेलम्ची (सिन्धुपाल्चोक) । मेलम्ची नगरपालिकाको आफ्नै आन्तरिक स्रोतमा नगर स्तरीय अस्पताल बनेको छ ।
नगरपालिकाभित्रका नगरवासी र तिनवटा छिमेकी पालिकालाई समेत सेवा प्रवाह हुनेगरि स्वास्थ्य जस्तो महत्वपूर्ण कुरालाई ध्यानाकर्षण गर्दै मेलम्ची नगरपालिकाको विशेष पहल र लगानीमा निर्माण भएको हो ।

मेलम्ची नगर अस्पतालको उदघाटन गर्दै बागमति प्रदेश स्वास्थ्यमन्त्री निमा लामा

मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्रलाई नगर स्तरीय अस्पताल तथा अप्रेसन सहितको प्रशुती सेवाको उदघाटन बागमति प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले गरेका हुन् ।

मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्रलाई मेलम्ची नगर अस्पतालमा स्तरोन्नती गर्दै मन्त्री लामाले आईतबार थप सेवा सुविधा सहितको मेलम्ची नगर अस्पतालको उदघाटन गरेका हुन । कार्यक्रमका प्रमुख अतिथि रहेका मन्त्री लामाले मेलम्ची नगर अस्पतालको उदघाटन गर्दै अब सो क्षेत्रका बिरामी ट्रमा सेन्टर र प्रसुती सेवाको लागि अन्तजान नपर्ने धारणा राखे ।

मन्त्री लामाले नगर अस्पताललाई प्रादेशीक अस्तपतालको रुपमा विकास गर्न आफुुले पहलगर्ने बताए । उनले उक्त अस्पतालमा मेलम्चीका मात्र नभएर अन्य पालिकाका नागरिकले पनि सेवा लिने गरेको उल्लेख गर्दै प्रादेशीक अस्पतालको लागि योग्य भएको बताए । यस क्षेत्रका नागरिकको लागि स्वास्थ्यमा थप पहुँच पु¥याउने गरी नगरले गरेको कार्यको समेत प्रशंसा समेत गरे ।

कार्यक्रममा मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्यालले प्राथमिक अस्पतालबाट नगर अस्पतालमा स्तरोन्नती गर्न पाएकोमा खुशि ब्यक्त गर्दै अपुग स्रोत र साधनलाई सुनिश्चित गर्न नगरपालिका प्रतिबद्ध रहेको बताए । उनले नगर अस्पताललाई प्रादेशिक अस्पताल बनाउन पहलका लागि समेत आग्रह गरे ।

कार्यक्रममा अर्यालले सल्याक्रिया सहितको प्रसुती सेवा, ट्रमा सेन्टर फार्मेसी तथा अन्य सेवाको लागि अब अन्यत्र जान नपर्ने ठोकुवा गरे ।
त्यस्तै उपप्रमुख भगवती नेपाल, मेलम्ची नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत अमृत कुमार धिताल, वडा अध्यक्ष रुद्र प्रसाद दुलाल लगायतले प्राथमिक स्वास्थ्य केन्द्र नगर अस्पतालमा स्तोन्नती भएपछि सेवा सुविधामा थप सहज हुने धारणा राखेका थिए ।

मेलम्ची नगरपालिकामा अस्पताल बनेसंगै स्थानीय निकै खुशी देखिएका छन् । मेलम्चीमै अस्पताल बनेपछि सर्वसाधारणलाई काठमाडौं धाउन पर्ने अवस्थाको अन्त्य भएको स्थानीय नवराज दुलाल बताउँछन् । उनका अनुसार मेलम्चीमा अस्पताल निर्माण भएपछि हेलम्बु, नवलपुर, भिमटार लगाएत वरपरका ठूलो भेगका स्थानीयलाई सहज हुनेछ ।