जिल्ला कोभिड व्यवस्थापन समितिले ग¥यो यस्तो निर्णय, जनस्वास्थ्य मापदण्डको पूर्ण पालना गर्न अपिल

पुष ३०, चौतारा (सिन्धुपाल्चोक) । जिल्ला कोभिड व्यवस्थापन समिति (डिसिएमसी) ले देशभर नयाँ प्रजातीको भाईरस द्रुत गतिमा फैलन थालेको भन्दै सिन्धुाल्चोमा थप कदम चाल्ने रणनीति लिएको छ । सिन्धुपाल्चोकको आज बसेको बैठकले सिन्धुपाल्चोक बासीलाई जनस्वास्थ्य मापदण्डकोे पूर्ण पालना गर्न अपिल समेत गरेको छ ।

सिन्धुपाल्चोक जिल्ला कोभिड व्यवस्थापन समितिले आज २०७८ पौष ३० मा निम्न निर्णयहरु गरी सम्बन्धित सबै निकायहरुमा पत्राचार गरेको जनाएको छ । संक्रामक रोग नियन्त्रणमा सबैको सहयोग आवश्यक पर्ने भएकोले सम्पूर्ण जिल्लाबासी महानुभावहरुमा स्वास्थ्य सतर्कता अपनाउन तथा सहयोग गर्न गराउन अनुरोध समेत गरेको छ ।

आजको बैठकले जिल्लामा कोभिड–१९ को पछिल्लो संक्रमणको अवस्था र व्यवस्थापनको वारेमा समिक्षा गरिएको प्रमुख जिल्ला अधिकारी बेदनिधि खनालले जानकारी दिए । उनका अनुसार २०७८÷०९÷२७ मा यस जिल्लामा सक्रिय संक्रमितको संख्या २ रहेकोमा ३ दिन भित्रमै १९ पुगेकोले संक्रमण बृद्दिदर उच्च रहेको देखिएको हो ।

बैठकले कोभिड–१९ को संक्रमण थप फैलन नदिन तथा रोकथाम गर्न जिल्लाबासीहरुमा जनस्वास्थ्य मापदण्डको पूर्ण पालना गर्न, भिडभाडमा नजान, भौतिक दूरी कायम गर्न, मास्कको प्रयोग गर्न तथा बाह्य सम्पर्कमा आएपछि नियमित हात धुने गर्न आह्वान समेत गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

यस्तै बैठकले समुदायका जोखिम क्षेत्रहरु पहिचान गरी एन्टिजिन किटबाट परीक्षण गर्ने, परीक्षणको दायरा बढाउने, पहिचान भएका कोभिड–१९ केसहरुको उचित व्यवस्थापन (आइसोलेसन, उपचार, परामर्श) गर्दै जाने, आवश्यक समन्वय बढाउने निर्णय गरेको छ ।
यस्तै संक्रमित व्यक्तिहरुका नजिकका सम्पर्क भएका व्यक्तिहरुको पहिचान गरी क्वारेण्टिन तथा परीक्षण गर्ने, खोप लगाउन छुटेका लक्षित वर्गका व्यक्तिहरुलाई कोभिड–१९ विरुद्वको खोप लगाउन प्रोत्साहन गर्ने र लगाउने । व्यवस्थापन थप प्रभावकारी बनाउँदै जाने निर्णयमा उल्लेख गरिएको छ ।

यस्तै घरमै आइसोलेसनमा रहेका व्यक्तिहरुको उचित व्यवस्था एवं मापदण्ड पालनामा निगरानी बढाउने, एकै स्थानमा एकै पटक २५ जनाभन्दा बढी भेला हुन नपाउने व्यवस्था तथा संक्रमणको संभावनालाई मध्यनजर गर्दै विद्यालय संचालन÷पठन पाठनका लागि यस अगाडि शिक्षा मन्त्रालयबाट जारी सूचना बमोजिम गर्न गराउन सबै स्थानीय तहलाई अनुरोध गर्ने निर्णय समेत गरेको छ ।

यसैगरी सार्वजनिक सवारीबाट जिल्ला प्रवेश गर्ने नाकाहरुमा यात्रुहरुले मास्क लगाए÷नलगाएको चेकजाँच गरी मास्क लगाउन अनिवार्य गर्ने र स्थानीय तहसँग समन्वय गरी हेल्थडेस्क संचालन गर्ने निर्णय समेत गरेको छ ।

यस्तै संभावित संक्रमण दरलाई मध्यनजर गरी सबै स्वास्थ्य केन्द्रहरुमा तथा आइसोलेसन सेन्टरहरुमा आवश्यक पूर्वतयारी गर्दै जाने लगाएतका निर्णय गरिएको जिल्ला कोभिड व्यवस्थापन समिति सिन्धुपाल्चोकले जनाएको छ ।