घिच्चेत उसिदुम माविलाई चन्दादाताहरुको सहयोग, एकैदिन १७ लाख भन्दा माथि संकलन
दिनेश दुलाल
पुष २९, लिसंखु (सिन्धुपाल्चोक) । जिल्लाको लिसंखुपार गाउँपालिका अन्र्तगत घिच्चेत उसिदुम माध्यामिक विद्यालयलाई चन्दादाताहरुले उल्लेख्य मात्रामा सहयोग प्रदान गरेका छन् ।
चन्दादाताहरुले मंगलबार विद्यालयको ५३ औं वार्षिक उत्सवको अवसरमा सहयोग गरेका हुन् । खस्किएको विद्यालयको भौतिक अवस्था तथा गुणस्तरीय शिक्षाको लागि चन्दा दाताहरुको सहयोगमा खोलिएको अक्षकोषमा एकैदिन १७ लाख माथि रकम संकलन भएको विद्यालयका प्रध्यानध्यापक चतुर लामाले जानकारी दिए ।
उनका अनुसार सबैभन्दा बढी चन्दा त्याँहीका स्थानीय समाजसेवी केदार प्रसाद उप्रेदीले गरेका थिए । उनले ४ लाख ५ हजार चन्दा दान गरेका थिए । त्यस्तै हर्ष बहादुर श्रेष्ठले ३ लाख ६ हजार, भीमबहादुर श्रेष्ठ एकलाख ३१ हजार ५ सय गरेका थिए । भीमबहादुर श्रेष्ठ (राजु) भूपु शिक्षक तथा विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा शिक्षा प्रेमी हुन् । उनले दश वर्ष सम्मलाई वार्षिक १२ हजार दरले छात्रवृति प्रदान गर्दै आएका छन् । समाजसेवी श्रेष्ठले यसअघि उक्त विद्यालय सञ्चालनका लागि ४१ हजार भन्दा माथि चन्दा सहयोग तथा विद्यालयलाई दुईथान कम्युटर र एक थान साउण्डसिस्टम प्रदान गरिएको विव्यस अध्यक्ष लामाले जानकारी दिए ।
घिच्चेत उसिदुम मावि अक्षयकोष २०७८ पौष २५ गते उदघाटनका क्रममा सुरुवात गरिएको थियो ।
त्यस्तै उद्वव नेपाल खत्रीले एक लाख २५ हजार, धुव्र उप्रेती एकलाख १० हजार, हर्क बहादुर एक लाख १० हजार, युवराज श्रेष्ठ (गाविन्द) ५५ हजार, दीपक उप्रेती १० हजार, दीपक शाक्य ५ हजार, डिबी सिं लामा २५ हजार, कृष्ण (उसिदुम) ११ हजार, कृष्णप्रसाद उप्रेती ५ हजार ५ रुपैंया, लोकबहादुर शाक्य १५ हजार गरेका थिए ।
त्यस्तै बमकुमारी बम्जन ५ हजार, कृष्ण प्रसाद उप्रेदी १० हजार, मिलन श्रेष्ठ १० हजार, नविन शाक्य ५ हजार, कृष्णबम श्रेष्ठ ११ हजार, देवी प्रसाद उप्रेती १५ हजार, संजिव शाक्य २५ हजार ५ सय, राजेन्द्रप्रसाद उप्रेती १० हजार ५ रुपैंया, राजीवराम दमाई(भूपु प्रअ ५ हार एकसय, रामशरण उप्रेती १० हजार, सजिव श्रेष्ठ १० हजार, टेकनारायण श्रेष्ठ ५ हजार, भुपेन्द्र श्रेष्ठ (विक्रम), नारायण प्रसाद उप्रेती (सुनिल) ५ हजार एकसय, मिना योञ्जन ५ हजार, सावित्रा मैनाली ५ हजार, चतुर लामाले १० हजार सहयोग गरेका छन् ।
त्यस्तै राधा शाक्या ५ हजार, प्रमोद शाक्य ५ हजार, प्र्रदिप सुन्दास ५ हजार, प्रबत सुन्दास ५ हजार, पशुपति प्रसाद उप्रेती १० हजार, गिता उप्रेती ५ हजार, हस्तबहादुर शाक्य १० हजार, हरि उप्रेती १० हजार, काजी बहादुर लामा १० हजार, जितलाल श्रेष्ठ १० हजार, कर्मावाङछु लामा ५ हजार, राजेन्द्र प्रसाद उप्रेती १० हजार एकसय , रामबहादुर शाक्य १० हजार, रामप्रसाद उप्रेती १५ हजार, दिलीप कुमार ठाकुर ५ हजार सहयोग गरेका छन् ।
एकबर्षमा एक करोड पु¥याउने लक्ष्य लिएको विद्यालयले सहयोगलाई निरन्तर गरिने प्रअ चतुर लामाले बताए ।
स्मरण रहोस विद्यालयको लागी पहल गर्ने प्रअ लामा, समाजसेवी तथा व्यवसायी भीम बहादुर श्रेष्ठ लगाएतको ठूलो योगदान रहेको त्याहाँका स्थानीय बताउँछन् । चन्दादाताहरुलाई वार्षिक उत्सव कार्यक्रमको अवसरमा समामुख अग्निप्रसाद सापकोटाद्वारा सम्मान गरिएको थियो ।