
‘जनतालाई धोका दिनुभन्दा पहिला प्राणको बाजी लगाउन तयार छु’–सभामुख सापकोटा

दिनेश दुलाल
पुष २४, फुलपिङकोट (सिन्धुपाल्चोक) । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले जनतालाई धोका दिनु भन्दा पहिला आफूले प्राणको वाजी लगाउन तयार भएको बताएका छन् ।
आज जिल्लाको बलेफी गाउँपालिका–३ फुलपिङकोटको एक सहकारीको साधारणसभालाई सम्बोधन गर्न पुगेका सापकोटाले यस्तो धारणा राखेका हुन् ।
मिलीजुली मातृशिशु बचत तथा ऋण सहकारी संस्था लिमिटेको १२औं साधारणसभा तथा चौथो अधिवेशनलाई सम्बोधन गर्न पुगेका सभामुख सापकोटाले जनप्रतिनिधि भनेको जनताको निकै नजिकको सम्बन्ध भएकोले मुलक र जनताको लागि कहिल्यै धोका नदिने उदघोष गरे ।
दुनियाको कुनै तागतसंग आफू नझुकेको दावी गर्दै सभामुख सापकोटाले भने–‘ जनतालाई धोका दिनुभन्दा पहिला प्राणको बाजी लगाउन तयार छ ।’ आफूले सदाचारमा कहिल्यै सम्झौता नगर्ने उदघोष गर्दै सभामुख सापकोटाले जनताले गरेको विश्वास र भरोसालाई आफूले कहिल्यै धोका नदिने बाचा गरे ।
आफ्नो कार्यकालमा दुईपटक प्रतिनिधिसभाको विघटन भएको स्मरमण सुनाउँदै सभामुख सापकोटाले संविधानको रक्षाको लागि आफू पहरेदार बनेको बताए ।
आफूमा कमाउने र जमाउने कुनै लालसा नभएको स्पष्ट पार्दै सभामुख सापकोटाले आफ्नो व्यक्तिगत जीवन खुल्ला किताबको पाना जस्तै भएको सुनाए ।
कार्यक्रममा सभामुख सापकोटाले आफूले नभ्याएकै कारण सिन्धुपाल्चोक विकासमा पछि परेको स्विकार गर्दै आफूले जनताको बीचमा बोलेको बाचा आागमी दिनमा पुरा गर्ने बचन दिए ।
सहकारी आवद्ध सबै महिलाहरुमा जाँगर, उत्साह र तत्परता भएको आफूले पाएको बताए । महिलाहरुमा सहन सक्ने शक्ति ज्यादै भएकोले उनीहरु जुरुक्कै उठे समाज बदलिन समय नलाग्ने उनले बताए । सुझबुझ र ज्ञान भएको महिलामा असाधारण खालको परिणाम आउन सक्ने उनले ठोकुवा गरे ।
त्यस्तै कार्यक्रमा विशेष अतिथि माओवादी केन्द्रका केन्द्रीय सदस्य माधव सापकोटा ‘सुवोध’ले नेपालीहरुको सबैभन्दा ठूलो शत्रु भनेको एकाधिकार वित्तीय पूँजीवाद भएकोले त्यसलाई परास्त गर्नु माओवादी पार्टीको मुल लक्ष्य रहेको बताए ।
सहकारी समाजवादको भुण भएकोले वित्तीय पूँजीवादलाई रोक्न सक्ने तर्क पेश गरे । नेपाली जनतको आर्थिक जीवनस्तर माथि नउठेसम्म समाजवाद आउन नसक्ने धारणा राख्दै नेता सापकोटाले सहकारीलाई व्यवस्थित गरेर अगाडि लान सके यो व्यवस्थालाई पुर्नसंरचना गर्न सक्ने बताए । भर्खरै सम्पन्न माओवादी केन्द्रको महाधीवेशने प्रत्येक नेतालाई सहकारी माध्यम श्रममा जोड्दै उत्पादनमा लाग्न निर्देशित गरेको बताए । सामन्य प्रकृतिका खाद्यन्न समेत अन्य मुलुकबाट आयत गर्नुपरेको तितो यथार्थ प्रस्तुत गर्दै नेता सापकोटाले सहकारीले उत्पादनमा जोड दिन सुझाब दिए ।
कार्यक्रमका विशेष अतिथि प्रमुख जिल्ला अधिकारी बेदनिधि खनालले सहकारीलाई राज्यले आर्थिक नीतिको तीन खम्बा एउटा सार्वजनिक सरकार, अर्को नीजि क्षेत्र र अर्को सहकारीको क्षेत्रलाई पहिचान गरेको छ । सहकारीले नेतृत्व विकास, मातृशिशु लगाएत स्वास्थ्यमा लगानी, परिवार बन्नु, जग्गा भवन निर्माण हुनु तथा वित्तीय साँक्षरता बन्नु लगाएत सहकारीको नाफै नाफा भएको उनले बताए । सहकारीले मातृमृत्यु दर तथा शिशु मृत्युदर घटाउन गरेको योगदान प्रशंसनीय रहेको उल्लेख गरे ।
कार्यक्रममा विशेष अतिथि सिडिईसिएफका उपाध्यक्ष ईश्वरी अधिकारी, एमालेका बागमति प्रदेश कमिटि सदस्य डम्बरबहादुर थापा, विभिन्न वडाका वडाअध्यक्ष, विभिन्न पार्टीका प्रतिनिधि लगाएतले सम्बोधन गरेका थिए । २०६६ सालमा २५ जना शेयर सदस्यबाट सुरुवात गरेको उक्त सहकारीमा ८ सय शेयर सदस्य छन् ।
२ र ३ वडालाई समेटेर बनाईएको उक्त सहकारीमा आवद्व सबै शेयर सदस्य महिलाको सहभागि रहेको उक्त सहकारी संस्थाकी अध्यक्ष देवकी न्यौपानेले जानकारी दिईन ।
करिब दुईकरोड बचत रहेको उक्त सहकारीले बचत तथा ऋण प्रवाह मात्र नगरी ४ ठाउँमा आपतकालिन प्रसुती सेवाकोष, पोषणभत्ता कार्यक्रम, व्यवसायिक लगानी, प्रज्जनन स्वास्थ्य तथा यौनरोग, पाठेघरको समस्या, एचआईभि लगाएत स्वास्थ्यको बारेमा परामर्श दिने गरेको अध्यक्ष न्यौपानेले जनाकारी गराईन ।
सहकारी संस्थाले भूकम्प पछिको निजी आवास पुनर्निर्माणमा उक्त भेगका जनतालाई ऋृण दिएकै कारण जिल्लाकै तुतनामा उक्त वडाहरुले सबैभन्दा पहिला आवास निर्माण गर्न सकेको संस्थाकी प्रमुख व्यवस्थापक सरस्वती भण्डारीले बताईन । सहकारीले आगमी दिनमा उत्पादनका क्षेत्रमा लगानी गर्ने संस्थाकी सदस्य सर्मिला भण्डारीले बताईन ।
उनका अनुसार सहकारीको चौथो अधिवेशनबाट नयाँ नेतृत्व समेत चयन हुने छ ा कार्यक्रम उलेख्य महिलाहरुको सहभागितामा फुलपिङकोट माविमा भएको थियो । संस्थाले सोही कार्यक्रमको अवसरमा योगदान पु¥याउने विभिन्न व्यक्तित्वहरुलाई दोसाल्ला ओडाएर सम्मान समेत गरेको थियो ।